सबै भन्दा खुकुलो त हाम्रो देशमा झेलको भाउ

२०६८ पुस १२ गते, मंगलवार ११:५४:३५ बजे
सरकारको भउ सरी बढ्यो फेरि तेलको भाउ,
त्यो भन्दा नी अझै बढ्यो देशमा चलखेलको भाउ ।
 
साझै पार्न नपाउदै डिनर भित्र नेता मिल्छन्,
जनतामा कति सास्ती छोइनसक्नु छ सेलको भाउ ।
 
एक थरी झुलाउछन अर्काथरि अड्काउछन्,
सबै भन्दा खुकुलो त हाम्रो देशमा झेलको भाउ ।
 
बजार भाउ यसै उच्च काचै खानु पर्ने भो झन,
जति बढोस् के मतलब भो कौवालाई बेलको भाउ ।
 
 
रामचन्द्र कार्की
आपपिपल ४, राइगाउ
गोरखा
यसमा तपाईको प्रतिक्रिया