संविधान नबन्ने भो आमा

२०७१ पुस १९ गते, शनिवार १०:१३:३५ बजे

प्रदिप सुबेदी
आमा !
खै यसपाली पनि संविधाननबन्ला जस्तो छ 
तिम्रो छोरो घर नफर्केला जस्तै छ 
ब्यर्थमै सपना देखेछु 
ब्यर्थैमा कसम खाएछु आमा 
देसले संविधान पायो भने 
तिम्रो छोरो 
मरुभुमिमा उँट चराउन छोडेर 
आफ्नै गोठको गाई चराउन आउनेछ भनेर 
 
यती बेला 
घाम डाँडा माथि अस्ताउन लागिसक्यो 
शायद चराचुरुङीहरुले बास खोज्न थालिसके होला 
इजरायलमा भएकी कान्छी बहिनीले 
झोला किने दाई देस फर्किने भन्थी 
साउदीमा हुने साइलोले 
दाई छिट्टै तयारी गर्नु है घर फर्किने भन्दै थियो 
उता कुबेत मा हराएकी डाँडाघरे उजेली 
भेटिएर घर फिर्दै छे रे माघ आठमा 
 
मलेसियामा बसेको पल्ला गाउँको झिल्के पनि 
यो साला अब नफर्किने गरी देसा आउँदैछ रे 
म बबुरो तिम्रो छोरो 
कतारको मरुभुमी मा उँट चराउँदै 
देसमाथि घोडा चढिरहेका 
बाउरामहरु, छबिलालहरु, बाउदेब र खाउदेबहरुलाई 
च्यालेन्ज दिएर 
कसम खाए आमा 
बरु संविधानन लेखेर उनीहरुले केही बिगारेनन् 
 
कसम खाएर मैले गल्ती गरेछु 
उनीहरु संविधानबनाउन नसके पनि 
सधैं नेता भएर फुल माला पहिरिएर हिंड्न पाउने भए 
 
आमा 
म गरीब भएर त्यसमाथि कसम खाएर 
जिन्दगी भरी मरुभुमिमा उँट चराउन पाउने भए 
आखिर भाग्य आफ्नो आफ्नो रहेछ आमा 
मैले पठाउने रेमिट्यान्स आओस 
तर म जस्ता युबाहरु फर्केर देसा नआउन भनेर नै 
संविधान नबन्ने भो 
 
हो आमा 
यसपाली पनि तिम्रो छोरो नफर्किने भो 
अझै लेख्न मन थियो आमा 
मेरो त काममा जाने पो बेला भो .......!!


साभार सेतोपाटी
यसमा तपाईको प्रतिक्रिया