शहिदको सम्झनामा

२०६८ पुस १२ गते, मंगलवार ११:५४:३७ बजे
निरङ्कुश सत्ता ढाल्नु नै थियो कसिए जनहरु,
आफ्नै देशरोको के हेर्न सक्थे नेपाली मनहरु ।
हसिया लौरो बोकेर उठे बाल बच्चा नभनि,
हातको मसाल के बल्थ्यो बरु मन बल्थ्यो दन्दनी ।

कलंकी संगै रुकुम उठ्यो फिदिममा त्यै हाल,
गोर्खाली वीर लडी नै रहे रगतको भो ताल ।
पुलिसको गोली हावा झै बग्थे आखामा अश्रु ग्याँस,
भोकले काम्थ्यो निर्बल शरीर कसरी भर्ने प्यास ।



सात साल त्यस्तै छत्तिस संगै छयालिस यस्तै भो,
हामी नै लड्यौ बैसठ्ठिसालमा सडक नै ब्यस्त भो ।
सहिदको रगत सिन्चित भुमी घाइतेको आँशुमा,
धिक्कारि राछन सहिदहरुले म क्यारी हाँसु म ।

देशका लागि छात्तिमै गोली थापेर गएका,
पुस्ताका लागि मुटुका घाउ पेलेर सहेका ।
न गर्न सक्यौ सपना पूरा सधैंको झगडा,
शहिदका आँशु सुकेर गए सत्ता नै तगडा ।

गङालाल लडे, शुक्रराज लडे, झुन्डिए दशरथ,
चेतना आओस जनमा भनि गरेका कसरत ।
हिमाल पग्ल्यो, तराई तात्यो जनता उर्लिए,
अगाडी नबढ आदेश छ भन्दै निरङ्कुश कुर्लिए ।

यसरी आयो परजातन्त्र रगतको भल बगाइ,
सहिद भए फुकेका मुटु रत्तिभर नडगाइ ।
बर्षौ सम्म सहिदका आशा आकाशका फल भए,
न सम्झ्यौ सहिद तिनका पुस्ता बचन छल भए ।

हरेक बर्ष आशामा आउछ सहिद दिवस,
माथिका घुम्छन कुर्सिका आड हामी छौ बिवस ।
सतीले जस्तै सहिदले पनि सरापछन होला है,
यस्तै नै भए माघ १६ संगै जेठ १५ रोला है ।

Ram Chandra Karki
Anppipal 4, Raigaun Gorkha
यसमा तपाईको प्रतिक्रिया