मेरा सबै सम्झनाहरु (कविता)

२०६८ पुस १२ गते, मंगलवार ११:५५:०९ बजे

Narayan Shrestha, Gorkha, Nepal(BBC Repoter)मेरा सबै सम्झनाहरु
झरीको पानीमा रुझेका छन्
झरीको पानीमा उभिएर झिजेका छन्
बलेसीमा ओत लागेर
सय हन्डर छिचोलेका बुढा वा,
जिन्दगी बिसाउनै लागेकी आमा
सायद खोज्दै होलान्
पानीका थोपा-थोपामा
आफ्नै ढुकढुकीहरु
यही थापामा पग्लिएको छु म
र सम्झन्छु गाउँको मेलापात र खहरे
चप्प-तप्प थोपामा
सम्झना भइँभरि खस्छ
सम्हालेर समेटिँदैन
सलल्ल बगेर जान्छ
छेकेर छेकिँदैन
मेरो सम्झना, मेरो सपना
हेरक वर्ष बर्षाको भेलसँगै बगेर जान्छ ।

यसमा तपाईको प्रतिक्रिया