मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी
२०६८ पुस १२ गते, मंगलवार ११:५५:१५ बजे
मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी,
गाली तितो पाए पनि त्यहि बातै सिरानी ।
अन्धकारमा खोजी हिंड्दा लडबडिदैं कतै,
भेटें भने तिमीलाई त्यहि रातै सिरानी ।
तिर्खा लाग्यो भौतारिंए खोज्न पानीलाई,
थोपा नआउने कुवा भेट्ने मेरो आंतै सिरानी ।
पठाउन तिमिलाइ लेखें कत्ति पत्र,
भेटिएन हल्कारा चिट्ठीको खातै सिरानी ।
ओखलमा निदाउन के सख्थें र म त ?
छाम्दा भेटिए कुनाको त्यहि जांतै सिरानी ।
रुंदा-रुदा सुके मेरा आँखा भने पनि,
सम्झनामा आउने तिम्रा घातै सिरानी ।
कालो बादल मडारिदां झर्ने यत्रा असिना
नछेकिने हातमा भाको छातै सिरानी ।
लैला-मजनु, मुना-मदन कस्ता कस्ता कथा
नजोडिने तिम्रो मेरो अनौठो नातै सिरानी ।
मुक्का खाएं, धोका खाएं, के नै छ र बांकी ?
सडकमा सबले हान्ने कठोर लातै सिरानी ।
हल्लाउंदैं खुट्टा सडकमै हिंड्न कति मज्जा,
कुनो-काप्चो ठोक्काउने रक्सीको मातै सिरानी ।
प्रेम भनि कन्दमुल खोज्दै हिडें बनमा,
भेटिएका घसेटा र स्याउलाका पातै सिरानी ।
मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी
गाली तितो पाए पनि त्यहि बातै सिरानी ।
गोकुल ढकाल
गोरखा - १०, श्रीडांडां ।
हाल : लस एन्जलस, अमेरिका ।
- गजल (रामचन्द्र कार्की)
- धोका
- मेरा सबै सम्झनाहरु (कविता)
- सौलको झरिमा नेपाली केटो (कविता)
- आजको नेपालमा भोग्नुपरेका कुरा(कविता)
- सबै मिली अघी बढे दुरी छिट्टै हल हुन्छकी
- मोही मकै खानेछु र स्कुल पढाउनेछु
- प्रेममा नै सबै समस्याको समाधान छ !
- झरीमा उभिएर सम्झना गर्दा
- काली मन पर् यो किन ?
- गजल: हाम्रो लिग लिग कोट
- शहिदको सम्झनामा
- सबै भन्दा खुकुलो त हाम्रो देशमा झेलको भाउ
- मेरो प्यारो गोरखा
- गजल : रामचन्द्र कार्की
- राष्ट्रिय गान
- जस्तो प्रश्न त्यस्तै उत्तर
- मेरो प्यारो गाउँ
- धोके बाज तिमी
- तेस्रो जनआन्दोलनको सुनामी आयो