फेरिएको दैनिकीहरु

२०७१ मंसिर २२ गते, सोमवार ०७:४९:४२ बजे
सरिता श्रेष्ठ
म अछुतो छु तिमीले मलाई छुन नहुने बनाएको छौँ । घिन लाग्छ मलाई आज मानवताको गल्लीमा उभेर बाँच्नलाइर्, अनि लाज लाग्छ मानवताको त्यो रुप देखेर । समाज, साथीभाईको नजरमा त गिराउनु गिरायौ, घर परिवारको नजरमा पनि तिमीले मलाई नै दोषी ठह¥याइदियौँ । आखिर मैले तिम्रो के बिगार गरेको थिए र ? म त सधैँ तिम्रै प्रगतीनै प्रगतीको मात्र कामना गरिरहेकी थिए, हरेक पलमा, पाइला पाइलामा तिम्रो नै सफलता चाहन्थे ।
    म हरेक पलहरुमा तिम्रो नै खुसीहरु हेर्न चाहन्थे । सफलता नै सफलताको कामना गर्दथे । तर किन आज तिमी आफूले नै सिकाएको बाटो भुलिगयौँ, अरुलाई सम्झन नसक्नेगरी बिर्साइदियौँ । यो यादगार जीन्दगी जीउन नसक्ने अवस्था बनाएर छाडिगयौँ । म भुल्ने प्रयास त गर्दै छु तर मनमुटुमा ढुकढुकीमा तिम्रौ नै राज चढीरहेको छ । यो अवस्था तिमीले चाहिँ झेल्न नपरोस् ।
    इच्छा र चाहना हरेक मानिसहरुमा हुने गर्दछ । तर त्यस्ता इच्छा, चाहनाहरु क्षण भरमा मात्र सिमित र¥यो । गुपचुप बस्न सकिन, र त यी मनका वहहरुलाई यस्तरी पोख्दिए, सायद यो वहहरु पढेर तिम्रा मनहरु भक्कानेलान्, मुटुहरु झस्केला, आँखामा आँसुका आहाल होला, माफ गर मलाइृ, मैले पनि त यी कुराहरुलाई आफैमा मात्र सिमित राख्न सकिन अनि त सबै मार्फत पस्किदिए । तिमीले मलाई गाली गर्न भने पाउदिनौँ । तिमीले जे सिकाएका थियौँ । त्यसैलाई त आधार मानेकी थिए तर आज जीन्दगीले अर्को मोड लिइसकेछ ।
    तिमीले जुन कुरा सिकाएका थियौँ । सायद तिमिले विर्सिसकेको हुनुपर्छ । त्यसैले त आज तिम्रा दैनिकीहरुमा फरकता देखिएको छ, भिन्नताको आभास गर्न सकिन्छ । मानिसले एक, दुई गरी सयौँ पटकको गल्तीलाई माफी दिन्छन् तर तिमिले त एक पटकको गल्तीलाई नै जीवनको सर्वोश्व नै ठानिदियौँ । हुन त मान्छेको आ–आफ्नो वाध्यता र परिस्थिति हुन सक्छ । कुनै दिन ठेस लागेर अल्झिदा तिम्रा मनहरु विझाउन सक्छन्, मुटु छियाछिया भएर विझाउनेछन् याद गरेर राखी राख यो तिमीले हरेक अँधेरी रातमा देख्ने गरेको सपना भने कदापी होइन । मैले सपनाको कुरा गरेको होइन यो वास्तविकता हो, यो विपना नै हो नपत्याए आफैले आफैलाई सत्यता सावीत गरेर त हेर बल्ल थाहा पाउनेछौँ ।
    कुनै प्रतिस्पर्धा हँुदा म तिम्रो नै जित चाहन्थे । शिक्षकहरुबाट तिम्रो मात्र प्रशंसाको अपेक्षा गर्थे, साथी भाईको बीचमा तिम्रो कुरा हुँदा आनन्दको महसुस गर्थे, चिया पसलमा तिम्रो बारेमा कुरा चलिरहदा धेरै पटक तिम्रो कुरालाई लत्याउन नसकेर कुरामा कुरा थपीदिन्थे । समाजले तिम्रा अगाडि तेस्राएका औलाहरुलाई म सधैँ सत्य नै सावित गर्थे । त्यसैले त आज तिमि यो स्थानमा आइपुगेका छौँ ।
    आज घरीघरी तिम्रा ती तिखा वाणहरु सम्झनाको कोसेली बनेको छ । तीखा वचनहरुले जीन्दगीको यो युगमा मात्र होइन सयै सयै जुनीमा काम गर्ने जाँगरलाई अल्मल्याइदिएको छ । सधै खुसी रहने जीवनलाई एकै झड्कामा घोच्याइदिएको छ । यो जुनी त यसै गयो अब सायद अर्को जुनीमा चाहिँ तिम्रो असल साथी भएर सावित गर्नेछु । यो मेरो वाचा हुनेछ । तिमीले चाहेका हरेक कुराहरुलाई अनुमोदन गर्नेछु । तिमीले सिकाएका पाठहरु, बाटाहरु अनुरुप नै काम, कर्तव्यलाई अगाडि बढाउने प्रयास गर्नेछु ।
    सायद अब म कसैको पनि छुन लायकको हुने छैन । मत सोच्थे यो मानवले बनाएको नियम हो तर आज यस्तो अनुभुति पैदा गरिदिएको छ साँच्चै यो प्रकृतिको नियम नै रहेछ । हाँस्दा, रुदा, दुख सुखको भावनात्मक सारथी सम्झन्थे मैले जुगौजुगौँका लागि रोजेकी थिए तर एकै जुनीमा लागि पनि हुन सकेन । यस्तै हो भनी मनलाई शान्त पारिदिने छु ।
    वारम्वार भइरहने तिम्रो र मेरो झगडाले आज विर्सन नसक्ने क्षणको अनुभूति पैदा गरिदियो । सायद अब यो नै हामीबीचको अन्तिम क्षण हुनेछ । यसैलाई नै जीवनको महत्वपूर्ण सम्झनाको रुपमा स्वीकार गर्नुपर्ने जस्तो लाग्दछ । दुरी जति नै टाढीदै गयो त्याति नै यादहरु नी बढिरहदो रहेछ ।  तिमीले सिकाएको अनुभूतिलाई सदिऔँसम्म संगालेर राख्ने प्रयासमा छु । अंगालेर राख्ने प्रयासमा छु । तिमीले मायारुपी दिएको वचन, उपहार स्वरुप दिएको आशुका धाराहरु, हरपलका तितामिठा सम्झनाका कोशेलीहरुलाई सजाएर राखिराख्नेछु, दुरी जति टाढा राखेपनि तिमी र म बीचको मित्रताको साइनो कयौ जुगसम्म अटल रहनेछ ।
    प्रश्नै प्रश्नले उब्जिएको यो अवस्थामा उत्तरको अपेक्षामा जति बसेपनि कल्पनामा नै सिमित दिखियो । सयौँ वर्ष बाच्ने आशा हरेक मानिसमा हुन्छ तर आशा मात्र राख्नु उपयुक्त हुनेछ । मर्ने बाँच्ने क्रम प्रकृतिको नियम हो यसलाई हामीले छेक्न सक्दैनौँ । सायद मानिसले नै यसको सार्थकतालाई परिमार्जन गर्न सक्छन् होला । यादहरु जोख्न मिल्ने भए, सम्झनालाई नाप्न मिल्ने भए, आशुलाई मेटाउन मिल्ने भए साँच्चै आज नयाँ अदुभुती पैदा हुन्थ्थे होला तर हुन सकेन ।
    एउटा नेपाली उखान नै छ नी चौक्टा खान गएको बुढी झोलमा ढुबेर मरी, हो यस्तै भएको छ जीन्दगीमा मेल खान गयो । अकस्मात त्यो सफलतामा कसैको आखाँ गड्यो । सफलता मात्र हेर्न चाहने त्यो आखाँमा आसु नै आसुले धारो मात्र बगीर¥यो । आँखामा आसुँको धारो मात्र चुहिर¥यो । तिम्रा ती सफलताले जुनी भरी नै उत्साह जगाओस् । आँटेका कामहरु पूरा होस्, यति मात्र कामना गर्न सक्दछु । अरु त मेरो तर्फबाट के नै हुन सक्दछ र । तिम्रा लागि अन्तिम कोसेली स्वारुपको यो भावना पस्केकी छु मनन गरौँ ।
यसमा तपाईको प्रतिक्रिया