धोके बाज तिमी

२०६८ पुस १२ गते, मंगलवार ११:५३:५७ बजे
हाँसो खुसी छैन यहाँ, आँशु मात्र भेल बन्छ,
स्वर्गरूपि संसार पनि मेरो लागि जेल बन्छ
फुलैफुलको मौसम होस् कि, सुनैसुनको खानी
मेरो पाइलो सधैं उँदो, तिमीले तानी?तानी

न देखिन्छ मनको घाउ, छिया छिया मुटु
जिउँदो लास झैं अचल शरीर, खैं कसरी उठूँ
न ओखतीले भेट्छ बरै, बढदै गयो घानी
खोला खोलै बगें म त, हुदैं पानी?पानी

बगैचाको बास मेरो, मरुभुमि भयो
यो जुनिको इच्छा मेरो कल्पनामै रह्यो
हरेक लक्ष्य विफल बनें, हात भरी हानी
तिमीले नै धोका दियौं, मलाई छानी?छानी

नदी बनें सागर भेट्न, बादल आकाश छुन
पसिना र आँशु सगैं, धेरै बग्यो खुन
बिष पनि अमृत देखें, तिम्रो साथमा सानी
त्यही बिषमा डुबाईदियौं, तिमीले जानी जानी ।


रामचन्द्र कार्की
आपपिपल ४, राइगाउ गोरखा
हाल : पोखरा
यसमा तपाईको प्रतिक्रिया