धोका

२०६८ पुस १२ गते, मंगलवार ११:५५:१३ बजे
जसलाई मैले आफ्नो ठानी सहाराjagat acharya gorkha दिएको थिए
उसैबाट आज मैले  ठुलो  धोका पाए
एउटा झोला बोकी आउदा बस्न खान दिएथे
त्यतिले नि नपुगेर जागिर लगाई दिएथे
 सिर देखि पाउ सम्म लाउन सबै दिएथे
जागिर जादा बाटो भुल्ला भनि पुर्याउननि जान्थे
अस्ताएको जुन सरी मेरो  आशा बिलाई दियो
उसले सबै बिर्सिदियो मैले सम्झेर के काम भयो
बिगतको याद आउछ छाती दुक्छ घरि घरि
घाउ भयो यो जिन्दगि दुखि रहेछ सदै भरि
उसले लगाएको चोट मेरो नमेटिने घाउ भयो
मेरो आशु उसको लागि जिन्दगीको नाउ भयो
 
                   धन्यवाद !!
अधिवक्ता जगत प्रसाद आचार्य, हाल दुबई युएई
यसमा तपाईको प्रतिक्रिया