तिमीहरु माया गर्न जान्दैनौ

२०७१ पुस २० गते, आईतवार ०७:४६:२७ बजे
किशोर सापकोटा
कथा
नर्टन अडोवन हस्पिटलको सातौ तलावाट तल जंगलतर्फ आंखा लगाए। जोडी हरिण घांस चरिरहेका थिए। रमाइलो लाग्यो। क्षणभरका लागि पीडा विर्सिए। लुइभेल डाउन टाउन, ओहायो नदी र आंखै अगाडि जस्तो उडिरहेका विमानहरु हेरेर केही वेर भुलिए। पर भित्ताको स्कुलमा विद्यार्थीहरु खेलिरहेका थिए।
 
किशोर, तिमी यहाँ – मेरो वार्डमा छिर्दै गर्दा मेरीले भनी।
 
म पनि यतिका वर्षपछि मेरीलाई भेट्दा केही रोमाञ्चित भए। अमेरिकी महिलाहरुको कमन नाम हो – मेरी। मेरा लागि भने कुनै समयमा यो अत्यन्त विशेष नाम थियो।
 
हो – मैले औपचारिकताको लागि उसको आंखामा आंखा मिलाउंदै वोले – यतिका वर्षपछि भेट्न पाउंदा रमाइलो लाग्यो।
 
नेपालीहरु झुटो वोल्छन् भन्ने प्रमाण यही हो – उसले आरोप लगाइ। 
 
किन? – मेरो सामान्य प्रश्न थियो।
 
तिमीलाई भेट्दा मलाइ रमाइलो लागेन, तिमीलाई कसरी लाग्यो? – उसले फेरि प्रश्न गरी।
 
सांच्चै, मलाइ भेट्दा तिमीलाई नरमाइलो लाग्यो? – मैले प्रश्न नै फाले।
 
रमाइलो नलाग्नु र नरमाइलो लाग्नु फरक कुरा हुन् – उसले व्याख्या गरी – तिमीलाई भेट्दा ती पुराना दिनहरु सम्भि्कए। सम्झन चाहन्नथे। 
 
त्यो समय। मेरी र म एकअर्काका लागि प्रेम गर्नका लागि नै जन्मिएका जस्ता थियौ। मैले उसलाई यो वीचमा धेरै पटक सम्भि्कए होला तर ऊ मलाइ सम्झन चाहन्नथी रे।
 
तर मैले तिमीलाई सयौ पटक सम्भि्कए – मैले फ्याट्ट भन्दिए। 
 
ऊ मेरो वेड छेऊको कुर्सीमा वसी। उसले उसको लागि आएका नर्स र नर्स एडहरुलाई केहीवेर कुरा गर्न चाहेको संकेत गरी। मैले वुझे। ऊ पनि मेरो पल्लो वेडमा अवका केही दिन रहन्छे।
 
म विगत सम्भि्कएर रुन चाहन्न, वर्तमानमा रमाउंछु र भविश्यपट्टी मात्रै सोच्छु – उसले पहिला भन्ने गरेको कुरालाई नै दाहोर्‍याइ – तिमी नेपालीहरु पटक पटक विगत सम्भि्कएर किन रुन्छौ? रुंदा रमाइलो लाग्छ? 
 
उसले मेरो देशसंग नै मलाइ जोडेर प्रश्न गरी।
 
सवै नेपाली त्यस्ता नहोलान् तर म कहिलेकांही विगत सम्भि्कएर रुन पनि मन पराउंछु – मैले भने।
 
त्यही त झुठो वोल्छौ – ऊ फेरि वोली – तिमीहरु वर्तमानमा रमाउन नै जान्दैनौ अनि वहाना वनाउंछौ।
 
यी तर्क टुंगिने खालका थिएनन्। जुन समय हामी मायामा थियौ, तर्क यस्तै हुन्थे। तर्क केही समयका लागि त्यो वेला मात्रै रोकिन्थे जुन वेला हामी तातो तातो श्वास फेरिरहेका हुन्थ्यौ।
 
सांच्चै, तिमीले मलाइ सम्भि्कयौ? – मेरीले प्रश्न त्यहां अड्काउन चाही।
 
हो – मेरो छोटो जवाफ थियो।
 
फेरि नर्स र नर्स एड देखा परे। ऊ केही वेरका लागि आफ्नो वेडमा गइ। आवश्यक प्रक्रियाहरु पुरा गरी। फर्किएर आइ।
 
तिमीलाई के भएको छ? – मैले सोधे।
 
तिमीलाई के भएको छ भनेर मैले सोधे? – फेरि प्रश्न गरी।
 
अं हं सोधिनौ – मैले सोझो जवाफ दिए। 
 
हो, हस्पिटलको वेडमा देखेपछि मैले तिमीलाई सन्चो छैन भनेर जाने तर के भएको छ भनेर सोधिन किनकी यो व्यक्तिगत गोपनीयताको अधिकारभित्र पर्छ। 
 
उसले सम्झइ। म नाजवाफ भए। हामी नेपालीहरु विरामीको वारेमा सवै सुचना लिन वानी परेका हुन्छौ। कहिलेकांही त कुनै व्यक्तिको प्राइभेट एरियामा समस्या भएपनि हेर्न तम्सिन्छौ।
 
अं भनन – फेरि उसले प्रश्न नै सुरु गरी – कुन कुन समयमा मलाई सम्झियौ? 
 
काममा, घरमा, ड्राइभिङमा – मैले भने – त्यति नजिक भएको मानिसलाई प्रत्येक क्षण सम्झिन्छ।
 
तिम्रो पत्नीको अंगालोमा भएको वेला पनि मलाइ सम्भि्कयौ? – उसले मेरा लागि भयानक प्रश्न गरी। 
 
मेरीका प्रश्नको वाढी सुरु भएको थियो। यी प्रश्नहरु हामीले तातो तातो श्वास नफेरुन्जेलसम्म रोक्न संभव छैन भन्ने मैले वुझिसकेको थिए तर त्यो अवस्था अव रहेन। त्यसैले मैले उत्तर दिनुपर्थ्यो। 
 
अं हं – मैले भने – त्यस्तो वेला कसरी अरुलाई सम्झन संभव हुन्छ? 
 
फेरि झुठो वोल्यौ – उसले मेरा आँखामा आंखा जुधाएर भनी –जो आजीवन एउटै महिलाको अंगालोमा वांधिने प्रयास गर्छ वा त्यो नाटक गर्छ नि, चरम सुखको अवस्थामा समेत अरु महिलाको अंगालोको कल्पना गर्छ।
 
म वहसमा उत्रिन चाहिन। यो नटुंगिने वहस हुन्थ्यो। 
 
उसले दावाका साथ भनी – ल रिसर्च नै गरौ, तिमी झुठो ठहरिन्छौ।
 
उसका लागि डाक्टर आए। ऊ वेडमा गइ। मैले प्रश्नहरुका वाढीवाट मुक्ति पाए।
 
यो केटीलाई जवानीका दिनमा भेटेको हुं। सहपाठी थिइ। नजिकको मेचमा वस्दावस्दै कुनवेला दिलमा छिरिछे पत्तै पाइन। हाम्रो पढाइ हुन्जेल लिभिङ् टुगेदरमा वस्यौ। सुरुमा हाम्रो सहयात्रा कति अगाडि जान्छ भनेर मैले पनि सोधिन। उसले पनि चासो गरिन। अधिकांस अमेरिकी केटीहरु एकैपटक विवाहको वारेमा सोचिहाल्दैनन जस्तो लाग्छ। व्वाइ फ्रेन्ड र ग्रल फ्रेन्डको रुपमा संगै वस्यो, पछि उचित लाग्यो भने विवाह गर्‍यो, नलागे छुट्टियो भन्ने उनीहरुको मान्यता वसीसकेको छ।
 
इन्जिनियरिङको पढाइ सकिन लाग्दा मात्रै वैवाहिक जीवनको खाका तयार गर्ने वारेमा सोचे। उसको विचार वुझ्न मैले एकदिन प्रश्न गरे।
 
मेरी, यो छोटो वसाइलाई जीवनभर लम्व्याउन तयार छौ? तिमी मसंग विवाह गर्छ्यौ? 
 
उसले विलम्व नगरी उत्तर दिएकी थिइ – तिमी जत्तिको मान्छेसंग एकजुनी होइन, सात जुनी विताउन तयार छु।
 
मसंगै नेपाल जान तयार छ्यौ? – अर्को प्रश्न फेरि गरे।
 
विवाह नै गरेपछि तिमीसंग जान के आपत्ति भयो र? – उसले स्वभाविक रुपमा लिइ।
 
अव मेरो काम उसलाई मेरो देशको परिवेश वुझाउनु थियो। मेरो देशको प्रचलन अनुरुप उसका केही व्यवहारहरु परिवर्तन गर्नुथियो।
 
मेरी, मेरो देशमा गएपछि तिमीले केही वानीहरुमा परिवर्तन गर्नुपर्छ – मैले अलि आदेशात्मक रुपमा नै भने।
 
जस्तै? – उसले छोटो प्रश्न गरी।
 
मैले उसले मेरो परिवेशमा के के परिवर्तन गर्नुपर्छ भनेर मनमनै गुने। हामी संगै कलेज जान्थ्यौ तर केही कक्षाहरु अलग हुन्थे। अर्को कक्षामा जान छुट्टिने वेलामा समेत हामी ओठ जोडेर माया गर्थ्यौ। फेरि अर्को कक्षामा भेट हुन्थ्यो। फेरि ओठ जोडेर माया गर्थ्यौ। मायालु आंखाहरु एक अर्कामा जुध्नासाथ माया साटिहाल्थ्यौ। यो चराले चुचो जोड्ने जस्तो काम दिनमा दर्जनौ पटक हुन्थे। कक्षामा, रेष्टुरेन्टमा, सिनेमा घरमा सर्वत्र। ऊ निस्पि्कक्री मसंगै चुरोट पिउथी। डिस्कोमा संगै नाच्थ्यौ। पिउथ्यौ। यी कुनै पनि आदतले मलाइ असजिलो पारेको थिएन। वरु साथसाथमा हुंदा रमाइलो नै भएको थियो।
 
नेपाल गएपछि सार्वजनिक स्थलमा माया गर्न, चुरोट र मदिरा पिउन रोक्नुपर्छ – मैले भने – अनि, यो डिस्कोमा नाच्न पनि जान पाइदैन।
 
उसले मेरो अनुहारमा गम्भीरताका साथ हेरेकी थिइ। 
 
अनि माया कहां गर्नु नि? – उसले प्रश्न गरी – घरभित्र? 
 
घरभित्र, त्यो पनि आफ्नो कोठामा – मैले मेरो परिवेश अनुरुपको जवाफ दिनुपर्थ्यो र उसलाई तयार वनाउनुपर्थ्यो – परिवारका अगाडि पनि मायालु ओठहरु जोड्न पाइदैन।
 
आफ्नै कोठाभित्र? – उसले दोहोर्‍याइ – आफ्नै वेडमा? 
 
हो – मैले छोटो जवाफ दिए।
 
तिमीहरु माया गर्न जान्दैनौै, केवल काम वासना पुरा गर्छौ – उसले ठाडो जवाफ फर्काइ – या त तिमीहरु एकआपसमा माया नै गर्दैनौ।
 
तिमी मेरो देशको परिवेश वुझ – मैले सम्झाउने प्रयास गरे।
 
पढेपछि परिवार, परिवेश र पुरै देश परिवर्तन गर्ने तिम्रो जिम्मेवारी हो, मलाइ सम्झाउने जिम्मेवारी होइन। त्यो सक्छौ भने म विवाहका लागि तयार छु नत्र भने म पढेर पनि अनपढ हुने तिमीजस्ता व्यक्तिसंग मेरो जीवन वर्वाद गर्न सक्दिन – उसले एक निमेष पनि नसोची आफ्नो निर्णय सुनाइ।
 
यति ठुलो निर्णय कति चांडै लियौ – मैले सम्झाउने प्रयास गरे – तिमी पछि पछुताउंछ्यौ।
 
म विवेकले देखेको निर्णय गर्छु र कहिलेपनि पछुताउंदिन – उसले भनी। 
 
म नाजवाफ भए। उसलाई हेरीरहे।
 
तिमीहरु आफ्ना छोराछोरीलाई सार्वजनिक स्थलमा चुम्वन गर्छौ कि गर्दैनौ? – मैले गर्छौ भन्ने संकेत दिएपछि फेरि प्रश्न गरी – आफ्नो पत्नी वा प्रेमिकालाई किन गर्दैनौ?
 
उसंग तर्क गरेर वुझाउन संभव थिएन। अमेरिकी समाजमा हुर्किएकी एउटी केटीलाई मेरो समाज केही घण्टामा वुझाउन असंभव देखियो। मौन रहे।
 
प्रेम र कामवासना फरक कुरा हुन् – उसले मलाइ पढाइ – तिमी कुनै पनि यौनकर्मीसंग कामवासना पुरा गर्न सक्छौ तर उसलाई सार्वजनिक रुपमा माया गर्न सक्दैनौ। यदि तिमी आफ्नी पत्नी वा प्रेमिकालाई सार्वजनिक रुपमा माया गर्दैनौ भने तिमीले आफ्नी पत्नी वा प्रेमिकालाई पनि यौन व्यवसायीको दर्जामा मात्रै राखेका छौ।
 
मैले मनमनै सोचे। शायद उसको परिवेशमा ऊ ठिक छे र म मेरो परिवेशमा सोचिरहेको छु। तर्क गर्न चाहिन वा मसंग तर्कको खडेरी परेको थियो। म संग विवाह त नगर्ने निर्णयमा ऊ पुगीसकेकी थिइ तर उसलाई मेरो परिवेश वारेमा उत्सुकता भने देखियो।
 
तिमी तिम्रो देश गएर सार्वजनिक स्थलमा चुरोट वा मदिरा पिउंछौ? 
 
हं हं – मैले छोटो जवाफ दिए।
 
तिमी मन लाग्यो भने डिस्को गएर नाच्छौ?
 
हं हं – मेरो उत्तर छोटै थियो।
 
तर तिमीले विवाह गर्ने पत्नीलाई यी अधिकार हुंदैनन् होइनत?– उसले फेरि दोहोराइ।
 
मैले उसका प्रश्नमा सहमति जनाए।
 
तिमीहरुले महिलालाई आफु समान सोेचेका नै छैनौ, तिमीहरुलाई एउटी पत्नी वा जीवनसाथी होइन, तिमीहरुलाई एउटा दासी वा यौनदाशी मात्र चाहिएको रहेछ – उसले आफ्नो निश्कर्ष सुनाइ – मलाई माफ गर म यौनदाशी हुन सक्दिन।
 
मेरी त्यसपछि मेरी रहिन। हाम्रो जीवनको वाटो अलगअलग भयो। म नेपाल फर्किए। सांच्चै अन्योलमा थिए। मनले मेरीलाई खोजी रहन्थ्यो। मेरो सोचलाई भने मेरो परम्परा र समाजले जकड्याएर राखेको थियो। लामो समय नेपाल वस्न सकिन। एकदिन फर्किए। अमेरिका
पुग्नासाथ पहिलो कल मेरीलाई गरेको थिए।
 
उसले फोन उठाइ। 
 
म खुसी भए , तिमीले पहिलो रिङमा नै मेरो फोन उठायौ – मैले भने।

तर म खुसी भइन, किनकी तिमीले मेरो जीवनमा हस्तक्षेप गर्‍यौ – उसले जवाफ फर्काइ।
 
मेरी सीधा रेखा होइन भन्ने मलाइ जानकारी थियो नै। मैले उसलाई सम्झाए। 
 
अव म सदाका लागि तिमीसंगै रहन्छु, मैले मेरा सारा मान्यताहरुलाई छाडेर यही वस्न आए – मैले प्रष्ट पारे।
 
समयले तिमीलाई नै कुरेर वस्छ भन्ने तिमीले कसरी सोच्यौ? – उसले प्रश्न गरी – म अहिले अर्कै मान्छेसंग रमाइरहेकी छु।
 
मेरा सपना भत्किए। 
 
हामी एक पटक भेट गर्न सक्छौं? – मैले अन्तिम प्रश्न गरे।
 
अं हं – उसले सोझो जवाफ फर्काइ – म जोसंग छु, जति समयका लागि छु, ऊसंग इमान्दार रहन्छु। तिमीलाई दिने समय म उसलाई नै दिन्छु।
 
त्यसपछि मेरीसंग अहिले मात्रै मेरो संवाद भएको हो। हस्पीटलको वेडमा। यो वीचमा मैले विवाह गरे। छोराछोरी हुर्काए। आरामकै जीवन गुजारीरहेको छु। मलाइ छाडेपछि मेरीले तीनजना पुरुषहरुसंग जीवन विताइ। त्यो पनि सुरुका दिनमा साथीभाइ र पछि फेसवुकवाट थाहा पाएको हो। मैले उसलाई कुनै न कुनै रुपमा पछ्याइरहे। तर उसका कुरावाट थाहा हुन्छ, उसले मलाई कुनै दिन पनि सम्भि्कन वा सम्भि्कन नै चाहिन।
 
पछिल्ला दिनमा फेसवुक आएपछि उसका गतिविधि नियाल्न सहयोग पुग्यो। उसको समाज र उसको मानसिकताको प्रतिविम्व उसका फेसवुक स्टाटसमा प्रतिविम्वित हुन्थे।
 
म कामवाट फर्किएपछि आफ्नो छोरा लिएर घर जान चाहन्थे, घरमा रमाउन चाहन्थे तर मेरो छोराको वावुले कहां लिएर गयो, फोन समेत उठाउंदैन – एकदिन उसले आफ्नो स्टाटसमा दिक्दारी मान्दै लेखेकी थिइ।
 
मलाइ अमेरिकी संस्कृति विचित्रको लाग्छ। कतिपय अमेरिकी महिलाहरु काममा जाने वेलामा आफ्नो वच्चालाई हेरचाहका लागि उसको वावु(पूर्वप्रेमी)कोमा पुर्‍याउंछन् र कामवाट फर्किएपछि आफुसंग लैजान्छन्। संगै नवसेपनि सम्वन्धमा धेरै तिक्तता ल्याउंदैनन्, वालवालिकाको विद्यालयमा हुने कार्यक्रममा वा वालवालिकासंग जोडिएका विषयमा संगै सहभागी हुन्छन्। छोराछोरी आमासंग वसे वावुले चाइल्ड सपोर्टका नाममा आर्थिक सहयोग गर्छन।
 
यस्तै परिवेशमा मेरीले तीनवटा छोराछोरी हुर्काइ। यही वीचमा मेरो पनि तीन वटा नै छोराछोरी हुर्किइ सकेका थिए।
 
हस्पीटलमा मेरा परिवारका सदस्य, नातेदार र साथीभाइ आउने जाने क्रम जारी रहन्थ्यो। कोही न कोही संगै वसेका हुन्थे। तर मेरीकोमा आक्कल झुक्कल छोराछोरी आउंथे। फुल दिन्थे। सुस्वास्थको कामना गर्थे र जान्थे। मलाइ अहिले मेरो समाज र परिवेश मन पर्न थालेको थियो। मेरी साह्रै अभागी र दुखी भएको जस्तो महसुस भएको थियो।
 
मेरो विराम कम भयो। चिकित्सकले घर जानका लागि विदा दिए। छोराछोरी र पत्नी घर लैजान तयार भएका थिए। शायद अव म काममा फर्कन सक्दिन तर मेरो परिवारले मलाई वाच्ाुञ्जेल स्याहार सुसार गर्लान्। मेरीसंग विदाइ भेट गर्न म उसको वेड छेऊ पुगेको थिए। उ चिकित्सकसंग फोनमा कुरा गरिरहेकी थिइ। उसको कुराकानी टुंगियोस् भन्ने उदेश्यले म छेऊमा उभिइरहे। 
 
डाक्टर, मेरो उपचार स्थगित गर्नुहोस् – उसले आफ्नो निश्कर्ष सुनाइ – अव मलाइ पीडा नहुने र मृत्यु वरण गर्न सहज हुने औषधिमात्र दिनुहोला।
 
म आश्चर्य चकित भए। उसले उपचार स्थगित गरेर मृत्युको वाटो रोजेकी थिइ।
 
उसले फोन राखी। म उसलाई केही सोध्न सक्ने हैसियतमा थिइन र शायद यो पनि उसको व्यक्तिगत गोपनीयतको अधिकारभित्र पर्थ्यो।
 
मेरी,अव म घर फर्कन लागे — मैले भने। 
 
गुडवाइ – उसले आंखाभरी आंसु भरेर भनी – अव हाम्रो भेट हुने छैन।
 
म वोलिन। सांच्चै वोल्न सक्ने अवस्थामा थिइन। दुइवर्ष संगै जीवन विताएकी सहयात्री थिइ। नेपाली परिवेशमा भन्ने हो भने त ऊ मेरी पूर्वपत्नी थिइ। उसलाई एक्लै मृत्युको पर्खाइमा छाडेर घर फर्कदै थिए।
 
तिमी मलाई मूर्ख ठान्छौ होला है – म फर्कनै लागेको वेला उसले नै रोकी – छंदाछंदैको जीन्दगी अन्त गर्ने मान्छेलाई धेरैले मूर्ख नै ठान्छन्।
 
म वोलीन। मेरा आंखाले ऊप्रति माया दर्शाइरहेका थिए।
 
मलाइ चिकित्सकले जानकारी दिए कि मलाइ उनीहरु वचाउन सक्छन् तर म काममा भने फर्किन सक्दिन – मैले नसोधी उसले आफ्नो वारेमा वताइ – मेरा तीनवटा छोराछोरी छन् तर उनीहरुको आफ्नै जीन्दगी छ। 
 
ऊ केहीवेर रोकिइ। वोल्ने साहस जुटाइ वा छोराछोरी सम्भि्कइ। 
 
एकवार पाउने यो जीन्दगीमा मेरा छोराछोरी रमाउन भन्ने म चाहन्छु – ऊ फेरि वोली – म मेरा छोराछोरीलाई मेरो स्याहार सुसारमा वाध्य पारेर उनीहरुको जीन्दगी विगार्न चाहन्न। 
 
अलिकति कोल्टे फर्किइ। पानी पिइ।
 
म नर्सिङ होममा पनि वांकी जीवन त विताउन सक्छु तर मेरा छोराछोरीलाई आमा सधै पीडामा छिन् भन्ने अनुभूति भइरहन्छ नि, आमालाई समय दिन पाइएन, आमालाई आफैं स्याहार गर्न पाइएन भन्ने त ग्लानी भइरहन्छ नि – उसले आफ्नो मनोदशा वताइ – मलाइ उनीहरुले एकक्षणमा गुमाउन र जीवनका वांकी क्षण खुसीले विताउन भन्ने म चाहन्छु। 
 
केहीवेर वातावरण शान्त रह्यो।
 
म यो सव किन गरिरहेकी छु भन्ने तिमी वुझ्छौ नि – उसले भनी – किनकी म उनीहरुलाई साह्रै माया गर्छुं।
 
गुडवाइ – उसले विदाइका हात हल्लाइ र आंखा चिम्ली। उसका वन्द आंखावाट भने आंसु वगीरहेका थिए। फर्कदा कानभरी उसको आवाज गुन्जिरह्यो – तिमीहरु माया गर्न जान्दैनौ।

साभार सेतोपाटी
यसमा तपाईको प्रतिक्रिया