जस्तो प्रश्न त्यस्तै उत्तर

२०६८ पुस १२ गते, मंगलवार ११:५४:०८ बजे
हाम्रो सोसाईटी पनि अचम्मको छ खाना खाईरहेको देखिरहेको छ तर पनि सोध्छन, खाना खादै हो ? सुतिरहेको देखेर पनि प्रश्न गर्छन सुतिरहनु भएको हो? सबै कुरा आफ्नै आँखाले देखेर पनि यस्ता फन्टुस प्रश्न गर्ने साथीहरु ले एक त आफ्नै समय बर्बाद गरिरहेका छन्, भने अर्को हाम्रो समय पनि सित्तैमा खाईरहेका छन् त्यसैले आउनुहोस जस्तालाई त्यस्तै जवाफ दिउ :-

प्रश्न : कपाल काटेर आएको देखिरहेको छ तरपनि सोध्छन, कपाल काटेर आउनु भएको हो ?
उत्तर : होईन हिजो नगरकोट गएको थिएँ भयंकर हुरी चलेर मेरो सबै कपाल उडाएर लग्यो
प्रश्न : तपाई खाना खादै हो ?
उत्तर : होईन ढुंगा चपाएर दात एक्सरसाईज गर्दै छु
प्रश्न : ओहो भाउजु मन पराएरै बिहे गर्नु भएको होत ?
उत्तर : होईन सासु मन पराएको थिएँ तर उनि मानिनन्
प्रश्न : ओहो बाबु तिमी त कति ठुलो भएछौ ?
उत्तर : ओहो तपाई त कति सानो कहिले जन्मिनु भएको ?
प्रश्न : ( शवयात्रामा ) ए गोपाल काका बित्नुभएछ है ?
उत्तर : होइन उहाँ सुत्नको सौखिन हुनुहुन्छ त्यसैले सुताएर तीर्थयात्रा गराउन लागेको
प्रश्न : आज त कस्तो जाडो छ है ?
उत्तर : कहाँ जाडो हुनुनी मत देउता लागेर कामिरहेको छु
प्रतिक्रियाहरू

तेज बकस मिया : हर्मी १ बयापानी गोर्खा

हसाउने खाल्को रमाइलो रहेछ।


यसमा तपाईको प्रतिक्रिया