गजल: हाम्रो लिग लिग कोट

२०६८ पुस १२ गते, मंगलवार ११:५४:३९ बजे

नआओस् है हिमाल छेक्न बादलुको टाटो,
घाऊ जति सुक्दै जाउन बन्दै आओस् खाटो ।

लिग लिगबाट नेपाल राज्य शुरु भए सरि,
विश्वभरी बास्ना छर्न सकोस हाम्रो माटो ।

मर्स्याङ्दी र दरौदीले बेथितीलाई बगाइजाउन्,
न्याय पाउन बोल्न सकोस मुख बाउदै लाटो ।

गोरखनाथ छिम्केस्वरी राइनास थानिमाइ
पालुङ्टार छेवेटार रमाइलो छ पाटो ।

डाँडाकाँडा खुलेका छन् स्वर्गसरी टुक्रा,
गाडी गोडा मनमोहक त्यहा पुग्ने बाटो ।

लालिगुराँस काफलु र ऐसेलुले मुख मिठो,
ढिडो गुन्द्रुक मकै भट्ट जेठोबुढो साटो ।
 
 
रामचन्द्र कार्की
आँपपिपल -४ राइगाँउ
गोरखा
यसमा तपाईको प्रतिक्रिया