गजल : रामचन्द्र कार्की
२०६८ पुस १२ गते, मंगलवार ११:५४:१३ बजेसमयले पोलेको डाम हेर ल,
उठ्नु न बस्नु भाको ठाम हेर ल ।
घनघोर जंगलको एक्लो यात्री म,
दिउसै डुब्न लागेको घाम हेर ल।
धकेल्ने र चिप्लाउने आए कति कति,
मन भरी बित्रिस्णाको जाम हेर ल ।
लोप्पासंगै धोका रुपी पोका भेटेसी,
सीता बिना एक्लिएको राम हेर ल।
जिन्दगी त सिसिफसको कथा रहेछ,
प्रयास मै शुन्य हुने काम हेर ल ।
रामचन्द्र कार्की
आपपिपल ४, राइगाउ गोरखा
हाल : पोखरा
यसमा तपाईको प्रतिक्रिया
थप साहित्य
- गजल (रामचन्द्र कार्की)
- मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी
- धोका
- मेरा सबै सम्झनाहरु (कविता)
- सौलको झरिमा नेपाली केटो (कविता)
- आजको नेपालमा भोग्नुपरेका कुरा(कविता)
- सबै मिली अघी बढे दुरी छिट्टै हल हुन्छकी
- मोही मकै खानेछु र स्कुल पढाउनेछु
- प्रेममा नै सबै समस्याको समाधान छ !
- झरीमा उभिएर सम्झना गर्दा
- काली मन पर् यो किन ?
- गजल: हाम्रो लिग लिग कोट
- शहिदको सम्झनामा
- सबै भन्दा खुकुलो त हाम्रो देशमा झेलको भाउ
- मेरो प्यारो गोरखा
- राष्ट्रिय गान
- जस्तो प्रश्न त्यस्तै उत्तर
- मेरो प्यारो गाउँ
- धोके बाज तिमी
- तेस्रो जनआन्दोलनको सुनामी आयो
धेरैले पढेको