गजल (रामचन्द्र कार्की)

२०६८ पुस २३ गते, शनिवार १०:०१:५३ बजे

 
फेरर खाँबो छाइदेउ बिन्ती पालीको गुनासो,
गोडेर मल हालिदेउ दाजै बालीको गुनासो ।

 

लाएन फल यसपाली रुखमा असिना पानीले,
नफल्या हागो नझुक्ने भयो डालीको गुनासो ।

 

रङ्गी र चङ्गी फुलहरूसंगै रसिला बिरुवा,
ब्यापार छैन कुहेर जान्छ मालीको गुनासो ।

 

बल्ल र तल्ल आकाछन् भेना यो ससुरालीमा,
घरकै गफमा जिस्कनु छैन सालीको गुनासो ।

 

हेर्दैनन् कोहि बोल्दैनन् पनि बोलाउनु ब्यर्थ भो,
मेकप पनि डुब्लिकेट हो की कालीको गुनासो ।

 


 
रामचन्द्र कार्की
आपँपिपल -४, राइगाउँ
गोरखा

 
यसमा तपाईको प्रतिक्रिया