आजको नेपालमा भोग्नुपरेका कुरा(कविता)

२०६८ पुस १२ गते, मंगलवार ११:५५:०१ बजे

झिसमिसे रातहरु बित्दै दिनहुँ उदाएका छन्
यहाँ नौलो मिरमिरे बिहानी कति सुन्दर शान्त
अनि निश्चल थियो पहिलेको नेपाल
तर खै कहाँबाट सुरु गरुँ आजको यो नेपालको कहानी
दिनहुँ सामानको भाउ आकासिदै गएको छ
महङ्गीले यहाँ लिएको छ ठूलो दर्जा
यदि यस्तै हुदै जाने हो भने भोली अबश्य नआउला भन्न
सकिन्न मान्छेले मान्छे खाने प्रथा
नेपालको कानुन ठूलावडाले जानुन्
साच्चै यो कुरा सही छ
आफुले नगरेका गल्ति पनि स्विकार्नु पर्ने
यस्तो हुदो रैछ कि यहाँ निल्दै
ननिलिने गाँस पनि निल्नु पर्दो रैछ
ठुलावडाहरुको अगाडि हात जोडेर देशमा शान्ति
र विकासको मुल फुटाउनु पर् यो भन्नुत केवल
मरेको सर्पलाइ लाठिले घोच्नु जस्तै हो आफ्नो देशमा आफैले
कडा परिश्रम गरी आनन्ददायी जीवन जिउँछु
भन्ने आशा राख्नु त केवल एउटा मुसाले विरालोको
घाटीमा घण्टी झुण्डाउछु भनेर सोच्नु जस्तै भो
राजतन्त्र हटेर लोकतन्त्र अनि गणतन्त्र आएपिन
मेरो गोरुको वाह्रै टक्का भनेझै वन्द हडताल अिन
ढुङ्गामुढा वम वारुद अनि गोली पड्कन छाडेको छैन
विचरा ति घाईते अनि सहिदहरुको आत्माले पनि 
कहिल्यै शान्ति पाउने भएन
गरिबी महङ्गी अशान्ति र अचेतनाले यहाँ सोझा साझा
नेपाली जनताहरु भित्रभित्रै पाकेका छन्
कागले कान लग्यो भनेर भो नदौडिउ त्यसको पछि
ठूलावडा भन्नेहरुले हामी नेपाली जनतालाई
हावाको महलमा सजाएर राखेका छन्
वाहिर ओठमा हाँसे पनि रोपिएका छन्
नेपालीहरुको मनमा छुरा
आहा  सोच्नुस् त कस्तो थियो
त्यो पहिलेको नेपाल तर यिनै हुन्
आजको नेपालमा भोग्नुपरेका कुरा !!!
 

-करिश्मा के.सी.

आँपपिपल ८

हाल,

बतासे गोरखा

 

 

यसमा तपाईको प्रतिक्रिया