विदेशिएको प्रेम

२०६८ पुस १२ गते, मंगलवार ११:५६:४१ बजे
आफ्नो गाउँको स्कूल कक्षा दशसम्म मात्र भएको कारण क्याम्पस पढ्न शहरतिरै जानुपर्ने भयो । सबैको सल्लाह अनुसार पार्वती दिदीको घर चितवन जाने लगभग निधो भयो क्याम्पस पनि नजिक त्यही कारण घरपरिवारको सल्लाह लिएर म चितवन दिदीको घरमा बसेर  क्याम्पस पढ्न थार्ले पढाई खर्चको लागि सानेतिनो नोकरी पनि पाएँ  अनि फुस्रदको बेलामा दिदीका छोराछोरीलाई पनि पढाउथेँ । यसरी तीन वर्ष पार्वती दिदीको घरमा बसेर पढेँ ।
कहिलेकाहिँ दिदीको काममा पनि मद्दत गर्थे । भेना नोकरीसँगै ठेक्कापट्टाको काम पनि गर्नु हुन्थ्यो । जो जहाँ नोकरी गरे पनि खाना नास्ता संगै बसेर खाइन्थ्यो । एक दिनको कुरा हो  सर्धै जस्तै पार्वती दिदी एक विहानै रातो चिया लिएर आउनु भयो । भेना दिदी र म चियाको चुस्की लगाउदै पत्रिका पढ्न लाग्यौ । दिदी चाहिँ खाली धेरैजसो पत्रिको हेडलाइन मात्र पढ्नु हुन्थ्यो। पढ्ने क्रमा पार्वती दिदीले एउता चटपदे खवर हेर्दै भन्नुभयो हेर्नुस त सानेका बा एउटा सत्तरी वर्षको कुवारा बूढोले बिहे गरेछ । भेनाले लामो सास लिदै भन्नुभयो जिन्दगीभरि त्यो मान्छेले राम्रो  समझदारीको काम गरेछ तर अन्तिममा आएर दिमागले काम गर्न छोडेछ त्यही कारणले विहे गरेछ विचरा भगवानले रक्षा गरुन् तिनलाई ।  दिदी पत्रिका फ्याँकेर भान्सतिर लाग्नु भयो । दिदी रिसाएको देखेर भेना तुरुन्तैै पार्वती दिदीलाई फकाएर लिएर आउनु भयो । दिदी भेनाको माया देखेर कहिलेकाहिँ मनमा सोच्थेँ । मलाई पनि घरबारे हुन पाए हुन्थ्यो ।  यत्तिकैमा भेनाले मेरो मनको कुरा थाहा भएझैँ मेरो विवाहको कुरा निकालिहाल्नु भयो । अब कान्छीको विहेको लागि एउटा केटा देखेको छु केटा राम्रो छ । हाम्रो कान्छीलाई राम्रोसँग पाल्छ । भेनाले किताबको पानाबाट फोटो निकाल्नु भयो । पहिला दिदीले हेर्नुभयो  तर केही भन्नुभएन । फेरि मलाई हेर्न दिनुभयो । फोटो देख्ने बित्तिकै मलाई भेनाप्रति धेरै रिस उठ्यो । किनकी केटाको त्यत्ति जिउडाल नमिलेको मसँग पनि नसुहाउने जस्तो । जो कि मैले कनैमनमा सजाएको राजकुमार यस्तो हुनै सक्दैन । मैले भेनालाई बिन्ती गरेँ मलाई अझै पढ्ने विचार छ हजुर भेना म माथि कृपा गरेर मलाई मेरो पढाई सक्न दिनोस् । भेनाले भन्नुभयो मैले केटा राम्रो छ भनेर मात्र तिमीलाई भनेको हो बाँकी तिम्रो इच्छा । यति भनेर भेना अफिसतिर लाग्नुभयो । १०-१५ दिनपछि मेरो नाममा एउटा चिठी आयो । त्यो चिठी त्यही फोटोवाला केटाले पठाएको रैछ । एक मनले च्यातेर फ्याकौँजस्तो लाग्यो । हतपतले लतपत हुनसक्छ भन्ने उखान याद आयो र मैले चिठी खोलेर हेरें लॆखेको रैंछ-
जिन्दगीमा हरेक केटीले आफ्नो मनमा सुन्दर सपना सजाएको हुन्छ कि आफ्नो जीवनसाथी राजकुमार जस्तै होस् । मीनाजी मलाई  मलाई थाहा छ म तिम्रो सपनाको राजकुमार जस्तो छैन तर यत्ति भन्न चाहन्छु दाम्पत्य जीवनमा सफलता पाउन चेहरा राम्रो मात्र नभइकन आपसी प्रेम र आत्मविश्वास हुन अत्ति जरुरी हुन्छ । म तिमीलाई धेरै माया दिएर राख्ने वाचा गछु । एकपटक मेरो बाहिरी अनुहारलाई नहेरिकन मेरो आन्तरिक सौन्दर्यलाई भित्रि आत्माले नियालेर हेर तिमीलाई तिम्रो सपनाको राजकुमार छर्लङ्ग देखा पर्नेछ ।
उही बैरागी माइलो 

पत्र पढेर म ऊप्रति प्रभावित भएँ । हुन त केटा जातिको कुनै भरोसा हुँदैन । मैले आफ्नो दौंतरीहरुको कहानी धेरै सुनेको छु । सुरु सुरुमा लब यू हमेसा भन्छन् रे ! फेरी पनि मलाई ऊसँग एक पटक भट्न इच्छा भयो अब मेनालाई त भन्न मिलेन । त्यसैले मैले चिठीको खाममा भएको ठेगानामा एक पटक मिल्नको लागि बोलाएँ । हामी दुबैकावे भावना त मिल्न गयो । तर मैले आफ्नो अझै पढ्ने इच्छा भएको बताएँ । मलाई पढ्र आफ्नै खुट्टामा उभिने इच्छा छ पढाई नसकी म बिहेको कुरा सोच्नै सक्दिन् । उनले मेरो निणर्यलाई समर्थन जनाए । मेरो भावनालाई बुझिदिएकोमा धन्यावाद दिएँ । फेरि उनले मसँग केही वर्षको लागि विदेशतिर जाने सल्लाह मागे । उनले भने तिमी आफ्नो पढाई पूरा गर्दा सम्म मपनि हाम्रो भविष्यको लागि केहि जोहो गनेए कोशिस गर्छु । मैले उनलाई रोक्न चाहिन कारण हामी त्यत्ति उहिराईमा पुगेका पनि थिएनौं । खाली एक अर्कालाई बुझ्ने कोशिश मात्र गरिरेका थियौं । यसै क्रममा उनको कतारको भीसा निस्केछ । केही दिनमै उनको कतार प्रवेश पनि भयो । महिनामा एकदुई पटक फोनमा कुरा भइरहन्थ्यो । गएको सात आठ महिनापछि फोन आउन बन्द भयो । भेनाले आफ्नो साथि मार्फत् खबर लिँदा बैरागी माइला त उतै फिलिपिनी केटीसँग बिहे पो गरेछन् । त्यो खबरले पार्वती दिदी र मेनालाई अलि कति झट्का लागेछ । मलाई भने खासै असर परेन किनकी मलाई आफ्नो पढाई सक्नु थियो तर यत्ति चाहिँ बुझेँ बिहे नगरे पनि जन्त गएको अनुभव भयो ।  

मीना खनाल खोप्लाङ गोर्खा
यसमा तपाईको प्रतिक्रिया