मेरो पहिलो प्रेम
२०६८ पुस १२ गते, मंगलवार ११:५३:१५ बजे
यो पुरुष प्रधान समाजमा हामी
नारीले संधै शारिरीक र मानसिकरुपमा कुनै न कुनै प्रकारले पिल्सि रहेका हुन्छौं।
कहिले छोरी, कहिलेश्रीमती, कहिले वुहारी त कहिले आमा भएर आना इच्छा,आकांक्षा र भावनालाईदवाएर राख्न बाध्य छौं। यसोत सर्सर्ति हेर्दा यो कुनै
काल्पनिक उपन्यासकोहिस्सा वा किताबी कुरा जस्तो लाग्छ तर यो मेरा जिन्दगीको लागि सत्य तथ्यसावित भएको छ। यस्तै एक
घटनाले मेरो मन मष्तिस्कमा कहिल्यै नमेटिने छापवसालेको छ।
प्रसङ्ग आज भन्दा करिव ५ वर्षपहिलाको हो। म एस. एल. सि.
सकाएर भर्खर भर्खर कलेज जान थालेको थिएँ। मेरोमनमा एक प्रकारको खुशि र उमंग छाएको थियो। म
एकदमै उत्साहित पनि थिएँ।त्यही क्रममा नयाँ नयाँ साथीहरु संग चिनाजानी भयो ति मध्ये प्रायकेटीहरु नै थिए भने
केही केटाहरु पनि थिए। साथीहरु भन्थे म राम्री, हँसिलीर चन्चल छु। त्यही भएर हो कि किन हो धेरै जसो
केटाहरुले मलाई मनपराउँथे।धेरै प्रेम पत्रहरु आए। कोही त म विना वाँच्न सक्दिन
भनेर पनि मरि हत्तेगर्थे। कयौंले विवाहको प्रस्ताव राखे। यी मध्ये एकजना राजेश नामको केटाअलि वढी नै आकर्षित
थियो म प्रति। मलाई मन पराउने केटाहरु साग धेरै पल्टझगडा पनि गर्थ्यो। मलाई नराम्रो नजरले हेर्ने
हरेक केटा उसको लागि दुश्मनलाग्थ्यो। एक प्रकारले उ मेरो अंगरक्षक नै थियो। त्यही
कारण कसैले पनिमलाई अभद्र व्यवहार गर्न सक्दैनथ्यो किनकि उ खराब केटा थियो। साथीहरु सागग्या वनाएर गुण्डा
गर्दि गर्दै हिँड्थ्यो। झैगडा गर्नु उसको लागि सामान्यकुरा थियो। हातका चुरोट कहिल्यै पनि खालि
हुँदैनथ्यो। अरुको लागि उजतिसुकै नराम्रो भए पनि मलाई राम्रै व्यवहार गर्थ्यो।
उसले मलाई असाध्यैमाया गर्थ्यो। मेरो लागि उ जे पनि गर्न तयार थियो। मेरो हरेक कुराको खयालगर्थ्यो। तर मलाई उ
रत्तिभर पनि मन पर्दैनथ्यो। उसले जति सुकै माया गरेपनि मलाई उसको पटक्कै माया लाग्दैन थ्यो। बरु
उल्टो उ प्रति विस्तारै घृणाजाग्न थाल्यो।
उसको ठिक विपरित स्वभावको एउटा केटा
थियो, सागर। उ सालिन स्वभावको
शान्तप्रेमी
केटा थियो। उ कसै साग नि धेरै नवोल्ने, मेहनती र जेहन्दार थियो।यही कुराले मेरो मन प्रभावित हुँदै गएको थियो। हामी
वीच साधारण चिनजानमात्र थियो। उ म साग खासै कुरा गर्दैनथ्यो। तैपनि मलाई उ साग कुरा गरिरहुँ जस्तो लाग्थ्यो।
उसको सामुन्ने वसि रहुँ जस्तो लाग्थ्यो। दिन प्रतिदिन मेरो मन उ प्रति मोहीत हुँदै गएको थियो।
एक दिन उसलाई नदेख्दा पनिमेरो मन छटपटिन्थ्यो। यही मोह र छटपटि विस्तारै मायामा
परिणत हुँदै गएकोथियो जुन कुराको उसलाई हेक्का थिएन। म उ साग नजिकिन चाहन्थें तर यसको ठिकविपरित उ म देखि टाढिन
चाहन्थ्यो। राजेश को डरले हो वा म नै मन नपरेर होमैले वुझ्न सकेकि थिइन। म चाहन्थें उ मेरो
नजिक आओस् र मेरो प्रेमलाईवुझेर मलाई स्वीकारोस् किनकि म आईमाइ मान्छे. कसरी
पहिले प्रस्ताव राख्नसक्थें। यता म सागरको प्रेममा तडपिरहेको थिएँ भने उता
राजेश मलाई पाउनअधिर भई पागल झै भएको थियो।
एकदिन मेरो घरमा एक्कासि मेरो विहेको
कुरा चल्यो। कुरा राजेशको घरवाट आएकोरहेछ। त्यति खेर म साहै दोधारमा परें। एकातिर मेरो
अव्यक्त प्रेम जुन मेरोजिन्दगी र खुशि थियो भने अर्को तिर मेरो बुबाआमा
प्रतिको आदर थियो। पहिलात मैलै इन्कार गरें तर राम्रो र सम्पन्न खानदानवाट
कुरा आएकोले मेरोसुनिश्चिन भविष्य देखेर बुबाआमा मान्नु भएन। मैले लाख कोशिस गर्दा पनिउहाँहरु मान्नु भएन र
आखिरमा मेरो विवाह पक्का भयो। मेरो अगाडी अरु कुनैवाटो थिएन। कसको सहारामा मैले विद्रोह गर्थें।
जसलाई सोचेर मैले इन्कारगरेको थिएँ उसलाई यसको कुनै खवर नै थिएन न त उसलाई
कुनै चासो नै थियो।बुबाआमाको करले गर्दा मैलै नचाहादा नचाहादै पनि मलाई मन नपर्ने केटा सागमेरो विवाह भयो। शायद
भाग्यमा यही लेखेको रहेछ। भनिन्छ जीवनमा खुशि रहनुछभने विवाह आफुले माया गर्ने साग होइन आफुलाई
माया गर्ने साग गर्नु पर्छ।यो सिद्धान्त मेरो जिन्दगीमा लागु भयो र सत्य सावित
भयो। किनकि उहाँलेमलाई असाध्यै माया गर्नु हुन्छ। मेरो हरेक इच्छा आकांक्षाको खयालगर्नुहुन्छ। हाम्रो
विवाह भए पछि उहाँ मा धेरै परिवर्तन आयो। उहाँव्यवहारिक हुँदै आउनु भयो। पहिला त मलाई साहै
गाहो भएको थियो सागरलाईविर्सन तर विस्तारै उहाँको मायाले सागरको याद हराउँदै
गयो। मेरो मुहारमाहाँसो देखेपछि मात्र उहाँ खुशि हुनु हुन्छ। कहिल्यै पनि मेरो आँखामा आँशुआउन दिनु हुन्न वहाँले।
म पनि उहाँको खुशिकोलागि आफुलाई खुशि पार्नथालें।
अहिले हाम्रो एउटा सुन्दर संसार छ र हामी
यो सुखि संसार मा रमाएका छौं।हाम्रो संसारलाई अझ सुगन्धित बनाएको छ हाम्रो छोराको
जन्मले। हाम्रो मायादिन प्रति दिन प्रगाढ हुँदै गएको छ। मेरो तन मनमा मात्र मेरो श्रीमानराजेश छ। म सिर्फ
उनैलाई प्रेम गर्छु। तर कहिले काँही कुनै क्षण सागरकोयाद भने आउँदो रहेछ। अझै पनि मनको कुनै कुनामा
उसको लागि सानो ठाउँसुरक्षित नै रहेछ। त्यसैले होला भन्ने गरेको मान्छे ले पहिलो प्रेमलाईविर्सन सक्दैन।
danda p.d bhatta : kokhe taple 3
dherai ramro6.
- गजल (रामचन्द्र कार्की)
- मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी
- धोका
- मेरा सबै सम्झनाहरु (कविता)
- सौलको झरिमा नेपाली केटो (कविता)
- आजको नेपालमा भोग्नुपरेका कुरा(कविता)
- सबै मिली अघी बढे दुरी छिट्टै हल हुन्छकी
- मोही मकै खानेछु र स्कुल पढाउनेछु
- प्रेममा नै सबै समस्याको समाधान छ !
- झरीमा उभिएर सम्झना गर्दा
- काली मन पर् यो किन ?
- गजल: हाम्रो लिग लिग कोट
- शहिदको सम्झनामा
- सबै भन्दा खुकुलो त हाम्रो देशमा झेलको भाउ
- मेरो प्यारो गोरखा
- गजल : रामचन्द्र कार्की
- राष्ट्रिय गान
- जस्तो प्रश्न त्यस्तै उत्तर
- मेरो प्यारो गाउँ
- धोके बाज तिमी