केवल तिम्रो सम्झनामा

२०६८ पुस १२ गते, मंगलवार ११:५६:५२ बजे

Subash Shrestha gorkhali
तिमीलाई सम्झनाको सौगातस्वरूप असीम प्यार र जुनी-जुनीको माया। मेरो यो जलिरहेको अनि उदास जीवनको सानो पलबाट तिमी हाँसी-खुसी रहनु यही मेरो शुभकामना छ। हुन त हाम्रो भेट कक्षा नौमा पढ्दा भएको थियो। हाम्रो मित्रता नै झगडाबाट सुरु भएको थियो। त्यतिखेर करिब बिहान 0९:३० बजे हामी ठोकिएका थियौँ। त्यतिखेर तिमीले ओ मिष्टर, आँखा छैन ? कि केटी देखेर आँखा अन्धो भयो ? र मैले भनेको थिएँ म्याडम आँखा त थियो तर अन्तै हेरियो र तपाईंसँग ठोक्कियो।

त्यसको लागि म माफी माग्न चाहन्छु भन्दै मैले तिम्रो किताब उठाइदिएको थिएँ। त्यतिखेर तिमीले मुस्कुराउँदै 'थ्याङ्क यू' भनेको र मैले 'वेल कम' भनेको थिएँ। तिमी ब्याड ब्वाई भन्दै कक्षामा गएकी थियौ। र पछि फ्रेन्डसीप गरेकी थियौ। तर अहिले आएर तिमीले त्यो फ्रेन्डसिप त्यो माया सब छोडेर मबाट टाढा भयौं।

तिमी भन्थ्यौं कि म तिमीबिना बाँच्न सक्दिन। तिमी बिनाको जीवनको कल्पना गर्न सक्दिन। किताबका प्रत्येक अक्षरमा तिमीलाई नै देख्छु। अरूले बोल्दाखेरी तिमीले बोलेको झैं लाग्छ। तिमीलाई म जीवनभरी साथ दिन्छु। तिमीबाहेक अरू कसैलाई पनि माया गर्न सक्दिन। जति म आफ्नो आमाबुबालाई पनि गर्दिन। जुनी-जुनीसम्म पनि साथ दिन्छु भनेर भगवान् साक्षी राखेर कसम खाएका थियौँ तर तिमीले सबै कसम तोडिदियौ। हुन त तिमीले म जस्तो गरीब दुःखीसँग आएर के नै पाउँछौ र ? खाली माया मात्र पाउँछौ। मायाले त न त खाना दिन्छ न त लाउन दिन्छ।

तिमीले बिर्सियौ कि क्या हो तिमीलाई थाहा छ कि छैन यो छोटो प्रेममा तिमीले दिएका प्रेमपत्र अनि मेलामा खिचिएका फोटो मैले आफ्नो मुटुमा सजाएको थिएँ। तर आज त्यो सबै बिर्सिन खोज्दैछु। तिमी जति नै टाढा भए पनि मलाई धोका दिए पनि तिम्रो जीवन सुन्दर र पवित्र होस यही मेरो लाखौँलाख शुभकामना छ।
यसमा तपाईको प्रतिक्रिया