यी हुन् माओवादी फुटाउने नेत्रविक्रम चन्द

२०७१ मंसिर १२ गते, शुक्रवार १७:२५:२३ बजे
माधव बस्नेत
Netra_Bikram_Chand

काठमाडौ, मंसिर १२ - घटना ०५१ सालको हो। नेकपा एकता केन्द्रका बहुमत केन्द्रीय सदस्यले १६-२१ जेठ ०५१ मा चितवनमा प्रथम राष्ट्रिय सम्मेलन गरी निर्मल लामा, अमिक शेरचनहरूलाई कारबाही घोषणा गरे। यसपछि पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा रहेको यो समूहले  'जनयुद्ध' थाल्ने भन्दै आर्थिक संकलन तथा केन्द्रीय सदस्यहरूको निश्चित सम्पत्ति पार्टीकरण गर्‍यो। तर, वर्ष दिन बितिसक्दा पनि यही मितिबाट सशस्त्र संघर्ष थाल्ने भनेर किटान गरेन। बरू संकलन भएको आर्थिक स्रोत पनि नेताहरूले घरखर्चमै सिध्याए।

नेतृत्वले 'जनयुद्ध'को मिति तोक्न ढिलाइ गरेपछि अनेरास्ववियु (क्रान्तिकारी)का तत्कालीन उपाध्यक्ष नेत्रविक्रम चन्द, महासचिव गंगा श्रेष्ठ, मणि थापा, रवि कार्की, कुमार दाहाललगायत युवा 'बूढाहरूले जनयुद्ध सुरु गर्न ढिला गर्ने हो भने हामी आफैँ सुरु गर्छौं'  भन्दै दबाब दिन र हतियार संकलन गर्नतिर लागे। उनीहरूको चर्को दबाबकै परिणाम असार ०५२ मा एकता केन्द्रले चितवनमा तेस्रो विस्तारति बैठकमा नाम परविर्तन गरी नेकपा (माओवादी) राख्यो। अनि, 'जनयुद्ध' सुरु गर्न सैन्य योजनासहित नीति पारति गर्‍यो।

भदौ ०५५ मा भारतको पन्जाबमा भएको चौथो विस्तारति बैठकमा प्रचण्डले 'जनयुद्धको विकास र नयाँ चरणका कार्यभारहरू' शीर्षक प्रतिवेदन पेस गर्दै 'जनयुद्ध चाँडो सुरु गर्न केही युवाको समूहले तीव्र दबाब दिएको' खुलासा गरे। उनले संकेत गरेका ती युवा  खासमा चन्द, श्रेष्ठ, थापा आदि थिए। १ फागुन ०५२ बाट 'दीर्घकालीन जनयुद्ध' सुरु गर्न दबाब दिने तिनै चन्द अन्ततः 'एकीकृत क्रान्ति' गर्ने उद्घोष गर्दै फरक पार्टी गठनमा जुटेका छन्।

माओवादीले सशस्त्र विद्रोह सुरु गर्दा चन्द अनेरास्ववियु -क्रान्तिकारी)का उपाध्यक्षका साथै पार्टीको ललितपुर जिल्ला सेक्रेटरीको जिम्मेवारीमा पनि थिए। सशस्त्र विद्रोह थालनीको वर्ष दिन पुग्दानपुग्दै माओवादीका तत्कालीन जल्दाबल्दा नेता यानप्रसाद गौतम ' आलोक'सँग चन्दको कचमच पर्‍यो। खास गरी कार्यशैलीको विषयलाई लिएर आलोक र चन्दको अन्तरसंघर्ष चर्किएको थियो।

यसपछि चन्द गौतमको राजनीतिक फन्दामा परे। प्रचण्डका तत्कालीन विश्वासपात्र गौतमले उनलाई उपत्यका ब्युरोको जिम्मेवारीबाट एकैपटक कर्णालीको भूगोलमा हुत्याइदिए। तर, गौतमले दिएको सजाय नै चन्दका लागि वरदान साबित भइदियो। कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज भएर पार्टीमा क्षमता देखाउने अवसर पाए, चन्दले। त्यसयता आजपर्यन्त चन्दले एक खालको छवि बनाएका छन्।

११ फागुन ०२४ मा रोल्पाको इरबिाङ गाउँको केबरीमा जन्मिएका चन्द ०३९ सालदेखि तत्कालीन अखिल छैटौँ हुँदै राजनीतिमा जोडिन पुगेका थिए। ०४३ मा विद्यार्थीका रोल्पा जिल्ला अध्यक्ष भए। त्यही साल उनले एसएलसी पास गरे। त्यसपछि उच्च शिक्षाको  प्यास मेटाउन काठमाडौँ आएर नेपाल ल क्याम्पसमा भर्ना भए। यसै मेसोमा अखिल छैटौँको काठमाडौँ जिल्ला सचिव, अध्यक्ष, वाग्मती अञ्चल अध्यक्ष हुँदै ०४८ सालमा केन्द्रीय सदस्य भएर पार्टीको मूल प्रवाहमा समाहित भए। ०५४ सालमा चन्द कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज भएपछि नै पहिलोपल्ट सान्नीगाड प्रहरी चौकीमा धावा बोले। यसपछि कालीकोटको पदमघाट प्रहरी चौकी आक्रमण गरी १३ थान थ्री नट थ्री राइफल खोसे। कालीकोटमै महिलाहरूले प्रहरीको आधुनिक हतियार नियन्त्रणमा लिए। यी  घटनापछि चन्द पार्टीभित्र चर्चित हुँदै गए।

कणर्ालीको फौजी सफलतापछि चन्दको व्यक्तित्वले पनि उचाइ चुम्यो। कतिसम्म भने भदौ ०५५ मा भएको चौथो विस्तारति बैठकबाट मणि थापा, रवीन्द्र श्रेष्ठ, चन्द्रप्रकाश खनाल, हितमान शाक्य, वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई मात्र केन्द्रीय समितिमा  तान्न लागेका थिए, प्रचण्ड नै कर्णाली उपक्षेत्रीय ब्युरोका तर्फबाट चन्दको रपिोर्टिङ सुनेपछि यति प्रभावित भए कि उनलाई पनि केन्द्रीय सदस्य बनाए। यसपछि उनी केही समय प्रचण्डको विश्वासपात्र मात्र बनेनन्, ०६१-६२ सालतिर रोल्पा, रुकुमलगायत केही  भूगोललाई समेटेर बनाइएको केन्द्रीय आधार इलाकाका ब्युरो इन्चार्ज नै भए।

त्यसो त प्रचण्डका कमजोरीलाई जिब्रो नचपाईकन बताइदिने स्वभावका कारण चन्द लामो समय पि्रय भइरहन सकेनन्। त्यसपछि चन्दलाई पर धकेल्दै प्रचण्डले वर्षमान पुन, शक्तिबहादुर बस्नेतलगायतलाई धाप दिन थाले। स्वाभाविक थियो, त्यसले  उनीहरूबीचको दूरी झन् बढ्यो। जानकारहरूका शब्दमा ५ मंसिर ०६३ मा सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतापछि प्रचण्ड, बाबुराम भट्टराईलगायत नेतासँग चन्दको विश्वास टुटेको तथा दूरी बढेको हो। पार्टी केन्द्रीय समितिको बैठक  नराखी, नेतृत्व पंक्तिमा कुनै छलफल/बहस नगरी विस्तृत शान्ति सम्झौतामा 'जनयुद्धको अन्त्य' भन्ने बुँदामा हस्ताक्षर गरेपछि चन्दले उनीहरूसँग अन्तरविरोध मात्र बढाएनन्, त्यसयताका प्रत्येक भेला र बैठकमा फरक मत राख्दै आए।

१८-२२ साउन ०६४ मा राजधानीको बालाजुमा सम्पन्न पाँचौँ विस्तारति बैठकमा चन्दकै अगुवाइमा बहुमत प्रतिनिधिले विद्रोहको कार्यनीतिबाट नेतृत्व पछि हटेको भन्दै कोलाहल मच्चाए। त्यहाँ मोहन वैद्यलगायत वरिष्ठ

नेताहरूले उनलाई साथ दिएका थिए। प्र तिनिधिहरूको खबरदारीपछि प्रचण्डले सरकारबाट हट्ने निर्णय पनि लिए। माओवादी मन्त्रीहरूले राजीनामा पनि दिए। तर, तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले राजीनामा स्वीकृत गरेनन्। बरू थामथुम पारेर फिर्ता लिन लगाए।

मंसिर ०६५ मा भक्तपुरको खरीपाटीमा भएको राष्ट्रिय भेला र पालुङटारको छैटौँ विस्तारति बैठकमा पनि चन्दकै अगुवाइमा प्रचण्डमाथि निरन्तर खबरदारी गरयिो। भलै, त्यस समयमा उनलाई मोहन वैद्यले पनि साथ दिएका थिए। त्यसैले चन्दभन्दा वैद्यकै नाम  अघि आउँथ्यो। पछिल्लो समयमा भने वैद्य, रामबहादुर थापा, सीपी गजुरेलजस्ता 'क्रान्ति' पक्षधर नेतालाई पनि पछि पार्दै चन्द 'एकीकृत क्रान्ति'को सपना देख्दै छन्। यद्यपि, त्यो क्रान्ति कस्तो हुन्छ र त्यसलाई कसरी सम्पन्न गर्ने भन्ने व्याख्या चन्दले गर्न सकेका  छैनन्।

चन्द अखिल क्रान्तिकारीका उपाध्यक्ष हुँदाका महासचिव गंगा श्रेष्ठ (हाल एमाओवादी पोलिटब्युरो सदस्य)को बुझाइमा, नेपाली समाजको विश्लेषण गरएि अनुरूप कार्यनीतिको तादात्म्य नहुनु चन्दको राजनीतिक/वैचारकि कमजोरी हो। श्रेष्ठ भन्छन्, "उनको  जीवनशैली र स्वभावमा सरलता छ। दृढ र साहसी पनि छन् तर सँगसँगै महत्त्वाकांक्षी पनि।"

आफूसमेत रहेको वैद्य नेतृत्वको नेकपा-माओवादी 'कोल्याप्स' हुने अवस्थामा पुगेको ठम्याइमा छन् चन्द। वैद्यमा मध्यमार्गी अवसरवाद, बादलमा अकर्मण्यता र सीपी गजुरेलमा सुधारवाद हावी भएको र उनीहरू सबैलाई प्रवक्तासमेत रहेकी पोलिटब्युरो सदस्य  फम्फा भुसालले घुमाउने गरेकाले फरक पार्टी गठन गर्नुपरेको चन्दले निकटवर्तीसँग बताउने गरेका छन्।

पछिल्लो समय छिमेकी मुलुक भारत र चीनका अधिकारीहरूसँग चन्दको सम्बन्ध धेरैका लागि चासोको विषय बनेको छ। यस्तो सम्बन्धबारे पार्टी पंक्तिबाट जिज्ञासा राखिँदा उनले 'प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापालगायतका नेताले ती देशका  अधिकारी भेट्न हुन्छ भने मैले किन नहुने?' भनेर जवाफ दिने गरेको माओवादीका एक केन्द्रीय सदस्य बताउँछन्।

चन्दलाई पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले मात्र साथ दिएका छन् यतिबेला। उनले पोलिटब्युुरोबाट कुलबहादुर केसी र धर्मेन्द्र बास्तोलाले साथ दिने अपेक्षा गरेका थिए। तर, उनीहरू अहिलेसम्म खुलेका छैनन्। कुनै समय माओवादी नेताहरूले नै चन्द,  विश्वकर्मा, केसी र शक्तिबहादुर बस्नेतलाई 'ग्याङ अफ फोर' भन्थे। बस्नेत त्यो समूहबाट पहिल्यै बाहिरसिकेका छन्। केसीले पछिल्लो समयसम्म साथ दिएका थिए। तर, अहिले विश्वकर्मा मात्र नजिक छन्।

वैद्यको अगुवाइमा एउटा तप्का एमाओवादीमै समाहित हुने तथा युवाको बहुमत हिस्सा आफूसँगै आइपुग्ने र उनीहरूकै आडमा लडाइँ लड्न सकिने विश्वासमा छन् चन्द। असोज ०५७ मा डोल्पा सदरमुकाम दुनै, ८ मंसिर ०५८ मा दाङको घोराही, दाङकै  सत्ावरयिा, म्याग्दीको बेनीलगायत माओवादीले गरेका ठूलठूला फौजी आक्रमणमा चन्द प्रत्यक्ष संलग्न थिए। तीमध्ये कतिपय आक्रमणका योजनाकार उनी आफैँ थिए। यी अनुभवका कारणले पुनः सशस्त्र संघर्षको नेतृत्व गर्न सकिन्छ भन्ने विश्वासमा छन् उनी।  चन्दसँग लामो संगत गरेका अर्का नेता मणि थापा भन्छन्, "यदि चन्दले क्रान्तिकारी पंक्तिप्रति बेइमानी गरे भने प्रचण्ड-वैद्यको भन्दा बढी र पहिले उनको व्यक्तित्व धराशयी हुनेछ ।"

चन्दका उतार-चढाव

    ०३९ अनेरास्ववियु (छैटौँ)मा आबद्ध भई विद्यार्थी राजनीति प्रारम्भ

    ०४३ अनेरास्ववियु (छैटौँ)का रोल्पा जिल्ला अध्यक्ष

    ०४७ नेकपा एकता केन्द्रको सदस्यता प्राप्त

    ०४८ विद्यार्थी फाँटका केन्द्रीय सदस्य

    ०४८ पार्टीमा पूर्णकालीन

    ०५२ ललितपुर जिल्ला सेक्रेटरी

    ०५३ उपत्यका ब्युरो सदस्य

    ०५४ कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज

    ०५५ केन्द्रीय सदस्य

    ०५७ वैकल्पिक पोलिटब्युरो सदस्य

    ०५९ पोलिटब्युरो सदस्य

    ०६१/६२ केन्द्रीय आधार इलाका ब्युरो इन्चार्ज

    ०६३ अध्यक्ष प्रचण्डसँग टक्कर सुरू

    ०६४ बालाजु विस्तारित बैठकमा असहमति

    ०६५ खरीपाटी भेलामा असहमति

    ०६६ पालुङटार विस्तारित बैठकमा असहमति

    ०६९ नेकपा-माओवादी गठनमा महत्त्वपूर्ण भूमिका

    ०७१ कात्तिक आफ्नै नेतृत्वमा पार्टी गठनको पहल

साभार ई कान्तिपुर
यसमा तपाईको प्रतिक्रिया

थप व्यक्ति / व्यक्तित्व