यातायात साचालन हुने सो सडक अहिले सुनसान

२०६८ पुस १२ गते, मंगलवार ११:५७:५८ बजे
गोरखा, २७ भदौ
सँधैको दशैँमा यात्रुले खचाखच देखिने आरुघाट टिकट काउण्टर अहिले चकमन्न छ । धमाधम दशैखर्च जुटाउने बेलामा गाडी नचल्दा समस्यामा परियो एकदिनको बाटो हिँडेर सामान किन्न सदरमुकाम आइपुगेका पन्द्रुङ्गका महेश्वर थापाले भने अब दशै कसरी मान्ने  सवारी नचल्दा देश विदेशबाट आउनेहरु पनि समस्यामा छन् । गाडीमा जान पाइन्छ भनेर ठूल्ठूला झोला र भारी ल्याइयो अब कसरी लैजाने  तीनवर्षपछि कतारदेखि दशै मान्न घर आएका बोर्लाङ्गका ज्ञानबहादुर श्रेष्ठले भने । उनीहरु मात्र होइन दशैँ नजिकिँदै जाँदा उत्तरी गोरखाका दर्जनौँ गाबिसका बासिन्दाहरुमा दैनिक उपभोग्य बस्तुको अभाव देखिन थालेको छ । असार महिनादेखि गोरखा-आरुघाट सडक खण्डमा यातायात साचालन नहुँदा उत्तरी भेगका गोरखालीहरु समस्यामा छन् ।ग्रामीण पुर्वाधार विकास तथा जीविकोपार्जन सुधार कार्यक्रम डि्रल्पले गोरखा आरुघाट सडक खण्डमा स्तरोन्नतीको काम गर्न थालेपछि सो सडकमा अहिले यातायात बन्द छ । दशैका लागि समान ओसार्ने बेलामा यातायात बन्द भएपछि यो क्षेत्रमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । दशैको बेलामासामान किन्न सो क्षेत्रबाट दैनिक हजारौँको संख्यामा गाउँलेहरु सदरमुकाम आउने गर्थे । बिगतका बर्षहरुमा दैनिक दर्जनौँ यातायात साचालन हुने सो सडक अहिले सुनसान छ । सदमुकामबाट लगेको दैनिक उपभोग्य बस्तुमा निर्भर जिल्लाको ताप्ले फिनाम मसेल अश्राङ बोर्लाङ धावा तान्द्राङ आरुचनौटे आरुआर्बाङ्ग आरुपोखरी पन्द्रुङ्ग पाँचखुवा लगायत उत्तरी गोरखामा दशैको मुखमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । सो क्षेत्रमा
सदरमुकामबाट उपभोग्यवस्तुको ढुवानी गर्ने एकमात्र बाटो वर्षा र स्तरोन्नतीका कारण असारको सुरुवातदेखिनै संचालनमा आउन नसकेको छैन । लामो समय यातायात साचालन नहुदा गाउँमा यसअघि लगिएका उपभोग्य वस्तुहरु सकिन थालेको अश्राङ्गका पितमबहादुर श्रेष्ठ बताउँछन् । ब्यवसायीहरुसंग परामर्श नै नगरी एक्कासी बाटोको स्तरोन्नती र सम्याउने काम थाल्दा गाउँमा मालसामान ढुवानी हुन नसकेको यातायात ब्यवसायी समितिका महासचिव रामहरि केसीको भनाइ छ । बाटो स्तरोन्नतीका क्रममा धेरै माटो निकालेको र ट्याक्टरले ठुला खाल्डा बनाउदा सडक तत्काल खोलेपनि वस चल्न सक्ने संभावना नभएको केसीको भनाइ छ । दशै अगाडि सो बाटो साचालनमा आउन नसकेमा सो क्षेत्रमा चाडबाडको मुखमा खाद्य संकट हुन सक्ने संभावना रहेको उनले बताए । वर्षा सकिएपछि सदरमुकाममा मालसामान खरिद गर्न आएका सो क्षेत्रका ब्यापारीहरु बाटो साचालन हुन नसकेपछि रित्तै फर्कन थालेका छन् । उता डि्रल्पका सामाजिक परिचालक सीताराम श्रेष्ठले भने गोरखा आरुघाट सडक खण्ड ग्रावेल गर्ने काम अन्तर्गत बाटो सम्याउने काम भइरहेकाले तत्काल यातायात साचालनको सम्भावना नरहेको जानकारी दिए । निर्माण अबधीभर बाटो साचालन हुन नसक्ने भन्दै उनले दशैको अबधीमा ब्यवसायीहरुसंगको सल्लाहमा केही दिन साचालन गर्ने तयारी भइरहेको बताए । सन् २०११ सम्ममा गोरखा आरुघाट सडक खण्ड
ग्रावेल गर्ने जिम्म् पाएको डि्रल्पले यसै महिनादेखि काम सुरु गरेको हो । तर ब्यवसायीहरुले दशै अगाडि यातायात साचालन गर्न पाउनु पर्ने माग गरेका छन् । सो सडकमा यातायात रोकिएमा गोरखाका क्षेत्र नंबर ३ का अधिकांश गाविस र १ का अश्राङ बोर्लाङ ताप्ले लगायतका वासिन्दा यातायात सेवाबाट बिचत हुनेछन् ।
यसमा तपाईको प्रतिक्रिया