सहिद स्मृति उच्च मा.वि. को स्वर्ण महोत्सवले हामीलाई जिम्मेवारी बोधको प्रेरणा प्रदान गरोस्
२०६८ पुस १२ गते, मंगलवार ११:२९:४१ बजेगोरखा जिल्ला बुंकोट गा.वि.स. स्थित श्री सहिद स्मृति मा.वि. अब उच्च मा.वि. समेत भइसकेको छ । यस विद्यालयको स्वर्ण महात्सव हामी मनाउँदैछौं यो अत्यन्त हर्षको कुरा हो ।
यो स्वर्ण महात्सवको सफलताको कामनाका साथ विद्यालयको उत्तरोत्तर प्रगति समुन्तीको कामना समेत गर्दछु । आजभन्दा पचास वर्ष पहिले सरकारी स्तरबाट बुंकोटमा विद्यालय स्थापना भएको थियो जग त्यो भन्दा अझ धेरै नै पहिले प्रारम्भ भएको थियो भन्दा न्याय संगत नै हुन्छ । विक्रम संवत् १९९६ साल तिर बाट मेरो पिताजी पंडित केदार प्रसाद वाग्लेले बुंकोको थियो जग त्यो भन्दा अझ धेरै नै पहिले प्रारम्भ भएको थियो भन्दा न्याय संगत नै हुन्छ । विक्रम संवत् १९९६ साल तिर बाट मेरो पिताजी पंडित केदार प्रसाद वाग्लेले बुंकोटका कतिपय चौताराहरुमा कतिपय डाँडाहरुका रुखका फेदामा र कतिपय व्यक्तिहरुको धन्सारमा निजी स्तरमा पढाउने कार्य प्रारम्भ गर्नुभएको थियो । त्यस्तो निजि स्तरबाट प्रारम्भ गरिउको पठनपाठनको प्रकि्रया निरन्तर भने रहेन । बीच बीचमा खण्डित हुँदै केही समयपछि पुनः सुरु गर्दै पढाउने कार्य भैरह्यो । पढाउने त्यस्तो प्रकि्रया एकै ठाउँमा केन्द्रित पनि रहेन । कहिले कुनै डाँडाको चौतारमा कहिले अकै। डाँडाको चौतारामा विदालय चल्दै रह्यो । पछि मेरा काकाहरु पंडित जीवनाथ वाग्ले र पंडित टेकनाथ वाग्ले तथा माष्टर फणिन्द्रबहादुर भण्डारीले पनि २०१५ साल भन्दा पहिले विभिन्न डाँडाका चौताराहरुमा निजी स्तरमा अध्यापन गराउनु भएको हो । पढे लेखेका केही परिवारले आफ्नै घरमा अध्यापन गराउने चलन त पुरानै भयो । सानै उमेरमा मैले पनि बुंकोटका आधा दर्नन भन्दा बढी ठाउँका चौतारा वा डाँडाका रुखमुन्तिर बसी पढ्ने अवसर लिएको हुँ । पठनपाठनको त्यो लामो श्रृखला र बुंकोटवासीले विद्यालयप्रति देखाएको चासो एवं जागरुकताका कारण नै बुंकोटवासीहर २०१५ सालमा सरकारी स्तरमा विद्यालय स्थापना गर्न सफल भएका हुन् । बुंकोटका सबै विद्यालयहरु हाम्रा अमूल्य सम्पत्ति हुन् । यिनै विद्यालयहरुमै बुंकोटको सुन्दर भविष्य रहेको छ । साथै बुंकोटले सफलता पनि शिक्षालाई माध्यम बनाइर मात्रै हासिल गर्न सक्छ ।
बुंकोट गा.वि.स. को वडा नं. ६ को शिर्षस्थापनामा साचालित राम्चेदेवी प्रा.वि.वि.सं. २०२८ सालमा नि.मा. वि. मा परिणत भइसकेपछि समयको कालखण्डसँगै हामीले बुंकोटमा मा.वि. संचालन गर्ने निधो गर् यौं । २०३४ सालबाट मा.वि. संचालन गर्ने कुराको छलफल हामीले चलाएका थियों । २०३५ सालमा गएर भवन निर्माणको कार्य पनि प्रारम्भ भयो । बुंकोट वडा नं। ६ छापथोकमा संचालित विद्यालयलाई हामीले खाब्दी भाज्याङको चाँपेमा स्थानान्तरण गर्नुका साथै विद्यालयको नाउँ सहिद स्मृति नै राख्ने सन्दर्भसंग नेपालकै प्रथम सहिद लखनथापा मगरको सन्र्दभ पनि जोडिन आउँछ ।
लखनथापा मगरका साथ सहिद भएका जैिसंह चुमी लगायतका सातजना मगर समुदायका व्यक्तिहरु विक्रम संवत् १९३३ फागुन २ गते नेपाली जनताको स्वतन्त्रता र जनता नै सम्प्रभु हुनु पर्दछ भनी स्पष्ट दृष्टिकोणका साथ गरिन थालेको जनविद्रोहका कारण सहिद भएका थिए । राज्यसत्ता जनताको हातमा हुनु पर्दछ र राज्यको सम्प्रभु स्वयं जनता हुन् भनी नेपालमा सर्वप्रथम जनआन्दोलन वा विद्रोह वि.सं. १९३३ भन्दा पहिले नै जनातले प्रारम्भ गरेका हुन् । त्यस्तो विद्रोह गोरखाबाट नै सुरु भएको थियो । त्यसका नायक चाहीँ नेपालका प्रथम सहिद लखन थापा मगर थिए र उनी बुंकोट निवासी थिए । जनताका हक अधिकारका लागी आजभन्दा करिब १३२ वर्ष पहिले नै आन्दोलन प्रारम्भ भई १९३३ मा लखनथापा मगर लगायत सातजना मगर समुदायका व्यक्तिहरु बुंकोटमा नै सहिद भएर अमरत्व प्राप्त गरेका थिए । लखनथापा मगर सहिद भएकै वर्ष वि.सं. १९३३ मा जन्मनु भएका मेरा हजुरबा जिम्वावाल पं. नन्दलाल वाग्लेदेखि अहिलेसम्म आइपुग्दा मेरो नातिको पुस्ता पनि आइसक्यो ।
लखनथापा मगर त मेरो हजुर बाभन्दा पनि पहिलो मात्र होइन अझ पहिलो पुस्ताको व्यक्ति हुन् । यसरी हेर्दा ६-७ पुस्ताको जनताका हक अधिकारका लागी वलिदान गरिसक्यो । यो लामो कालखण्डमा हामीले जनक्रान्तिद्धारा राणाशासन समाप्त गर् यौं । त्यस्तै जनआन्दोलनद्धारा तीस वर्षे पाचायती शासन र २०५९ असोज १८ पछिको राजाको प्रत्यक्ष्य शासनलाई पनि हामीले समाप्त गरेर मुलुकमा लोकतन्त्र स्थापना गर् यौं । २००७ सालको जनक्रान्तिबाट उठेको संविधान सभाको निर्वाचनको सवाल २०६२-०६३ को महान् जनआन्दोलनबाट नेपाली जनताले प्राप्त गर् यो । त्यसको परिणाम स्वरुप धेरै लामो परम्परा बोकेको राजसंस्था समाप्त भई देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । तोकिएको समयावधिभित्र संविधान निर्माण गरी २०६२-०६३ को आन्दोलनको उपलब्धिहरुलाई संस्थागत रुपमा सुदृढ गर्नु पर्दछ । त्यस्तो गर्न नसके पुनः अधिकारकै लागी संघर्षरत हुनुपर्नेछ । बहुदलीय लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने नेपाली नागरिकहरुमा सामुन्ने अहिले नै पनि जनअधिकारका सम्बन्धमा अनेक चुनैतिहरु आइरहेका छन् । आफूभन्दा बाहेक अरुका स्वतन्त्र गतिविधिलाई निषेध गर्ने सोचबाट लोकतन्त्रको संस्थागत विकास सम्भव हुँदैन । यही असहज अवस्थाबाट आज नेपाली समाज गुज्रदैछ । लोकतन्त्रलाई संस्थायत रुपमा व्यवस्थीत गर्न सकिएन भने नेपाली जनता र नेपाल राष्ट्रले अलपकालीन संकटको सामना गर्नु पर्ने भयावह अवस्था उपस्थित हुनेछ । नेपालक सबै राजनितिक पक्षहरुको सल्लाह र सहमतिमा मात्रै हामीले नेपालको वर्तमान समयको उचित निकास निकाल्न सक्ने छौं । चिन्ताको विषय हो कि त्यस तर्फ मुलुक अग्रसर भईरहेको छैन ।
नेपालका प्रथम सहिद लखनथापा मगरदेखी आजसम्म आइपुग्दा नेपाल आमाको हजारौं सन्ततिहरुले प्राप्त गरिसकेका छन् । ती सबै सहिदहरुको भावनालाई सहिद स्मृतिकै शब्द विचारले अङ्गीकार गरेको छ । हामीले हाम्रा पूजनिय सहिदहरुको स्वतन्त्र सम्बृद्ध र लोकतान्त्रिक नेपाल राष्ट्र बनाउने उच्च एवं पवित्र भावनालाई पूरा गराउने गहन जिम्मेवारी बहन गर्नु परेको छ । समाजमा अनेक विचारहरु आउँछन् ती सबै विचारहरुलाई सम्मान गर्दै जनताको अभिमतद्धारा राज्य संचालन गर्ने पद्धतिलाई हामीले मा वचन र कर्मले अङ्गीकार गरी अघि बढ्ने मानसिकता बनायौं भने मात्र भविष्यमा मेरो नातिको पुस्ताले पुनः लोकतन्त्रको लागी संघर्ष गनुपर्ने छैन ।
यसमा तपाईको प्रतिक्रिया
थप लेख रचना
- ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म
- इतिहास र नौ
- पवित्र महिना
- सञ्चार संबन्धि ऐन कानुन विभेदकारी : शाही
- माओवादीलाई पुराना पार्टिको रोग सर् यो : डा. भट्टराई
- डक्टर बाबुराम भट्टराईलाई खुलापत्र
- देह ब्यापार पिडा आ-आफ्नै
- पत्रकारले कुनै पक्षप्रति Position लिनुहुदैन -पत्रकार नारायण श्रेष्ठ
- अमेरिका, ओबामा र सपना : नारायण श्रेष्ठ
- पर्यटनको सम्भावित गन्तव्यस्थल लिगलिगकोट अझै ओझेलमा
- गोरखा राज्यको आवश्यकता र् माग सहितको नयाँ संघिय नेपाललाई एक पत्र!!!
- माओका योगदान र नेपाली क्रान्तिको कार्यभार
- पर्यटन बर्ष'११' सँगै लम्केको गोरखा
- बडादसैँको राग मालश्री,रामशरण दर्नाल
- गोरखा राज्य र पृथ्वी नारायण शाहको जीवनकाल
- नेपाल भ्रमण वर्ष २०११ वारपाक र सेभेन सिस्टर
- The ways of learning English
- गोरखामा तिन पार्टीको हैकम
- नेपालको सामुदायिक वन र कार्वन व्यापारको सम्भावना
- रमजान
धेरैले पढेको
- The ways of learning English
- इतिहास र नौ
- गोरखा राज्य र पृथ्वी नारायण शाहको जीवनकाल
- देह ब्यापार पिडा आ-आफ्नै
- पवित्र महिना
- ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म
- पत्रकारले कुनै पक्षप्रति Position लिनुहुदैन -पत्रकार नारायण श्रेष्ठ
- रमजान
- माओका योगदान र नेपाली क्रान्तिको कार्यभार
- गिरिजाबाबु, प्रचण्ड र लक्ष्मणबाबु