सञ्चार संबन्धि ऐन कानुन विभेदकारी : शाही

२०६८ पुस १२ गते, मंगलवार ११:३०:०९ बजे

सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मिनबहादुर शाहीले सञ्चार संबन्धि विद्यमान ऐन कानुनहरु प्रसारण माध्यमका लागि विभेदकारी रहेको बताउनुभएको छ । प्रशारण माध्यमको स्थापना नहुादै छापा माध्यमका लागि मात्र बनाइएको ऐन कानुनहरुले प्रशारण माध्यमहरु विभेलीमा परेको भन्दै त्यस्ता ऐन कानुनहरु समय सापेक्ष रुपमा संसोधन हुनुपर्ने उहाले बताउनुभयो ।

गोरखाको पहिलो रेडियो रेडियो गोरखा ९२.८ मेघाहर्जको चौथो वाषिर्क उत्सवको आज उद्घाटन गर्दै उहाले प्रशारण माध्यमका प्रतिनिधिहरुको सुझावको आधारमा सञ्चार संबन्धि ऐन कानुन संसोधन हुनुपर्ने धारणा राख्नुभएको हो । सामुदायिक रेडियोहरुको वृत्ति विकासका लागि तत्काल सामुदायिक रेडियो नियमावलीको आवश्यकता रहेको पनि उहाले बताउनुभयो । कुनैपनि ठाउको आर्गिक सामाजिक अवस्थाको ख्यालै नगरी रेडियो पिक्वेन्सी वितरण गर्दा रेडियोहरु समस्यामा परेको भन्दै अध्यक्ष शाहीले सामाजिक, आर्थिक र भौगोलिक अबस्था हेरेर पिक्वेन्सी वितरण गर्नुपर्नेमा जोड दिनुभयो । रेडियोमा समाचार लेखेको वा पढेको भरमा रेडियोकर्मीहरु असुरक्षित भइरहेको प्रति संकेत गर्दै उहाले सञ्चार क्षेत्रमा काम गर्नेको सुरक्षाका लागि सरकारलाई संवेदनशील हुन आग्रह गर्नुभयो ।

सो अवसरमा रेडियो गोरखाको सञ्चालक संस्था गोरखा विकास तथा सञ्चार केन्द्रका अध्यक्ष शित्तलकाजी मास्केले गोरखा र वरपरका नागरिकको सूचना पाउने अधिकारलाई सहयोग गर्न निरन्तर क्रियाशील रहने बताउनुभयो । उहााले श्रोता तथा शुभेच्छुकको चाहना र सुझाव बमोजिमका कार्यक्रमहरु रेडियोले प्रशारण गर्दैजाने प्रतिवद्धता जनाउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

थप लेख रचना