रमजान
२०६८ पुस १२ गते, मंगलवार ११:२५:५६ बजे
इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड हो- रमजान । रमजान महिना मुसलमानका लागि शुभलाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ । मुसलमानहरूको पाँच महत्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् । घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ-आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्छ । दिनभर केही पनि खान नहुने भएकाले ठूला मानिसहरूले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नु पर्ने हुन्छ । जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति सवाव (धर्म) पाउँछ भनेर ठूला मानिसहरूले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन् । शरीर र मन दुवै शुद्ध रहनु पर्ने रोजामा महिलाहरूको महिनावारी सुरू भएमा त्यो महिलाको रोजा हुँदैन र महिनावारी रोकिएपछि पुनः रोजा बस्नु पर्ने हुन्छ । रोजाको समयमा श्रीमान् र श्रीमतीबीच शारीरिक सम्पर्क गर्न हुँदैन । मुसलमानहरूले रोजा अवधिभर नियमित नमाज पढछन् भने रातीको नमाजपछि कतिपय मस्जिदमा तरावी नमाज पढ्ने गर्छन् । तरावी नमाज मुसलमानहरूको विशेष प्रार्थना हो । यो दुई किसिमको हुन्छ- तरावी र खत्तम तरावी । यी दुवै नमाज २० रिकातको हुन्छ, जसमा इस्लामी ग्रन्थ कुरानको अक्षरसः पढनुपर्छ । खत्तम तरावी कुरानका पूरै हरफहरू कण्ठस्थ पारेर पढ्नु पर्छ । तरावी कुरान कण्ठस्थ भएका मौलाना वा हाफिज दुवैले पढाउन पाउँछन् । आर्थिक रूपमा सम्पन्न मुसलमानले रोजाको समयमा गरिब, दीनदुखीहरूलाई दान गर्नु पर्छ । दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढी भने हुँदैन । रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पतिको अढाइ प्रतिशत जकात (कर) निकाल्नु पर्छ । यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि "इद" को नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम निकाल्नुपर्छ, जसलाई फित्तरा भनिन्छ । यो नियम संसारभरीका मुसलमानमा लागू हुन्छ । यसरी निकालिएको रकम गरीब दीनदुःखीहरूलाई बाँड्नुका साथै फित्तरा र जकात मुसलमानहरूको पाठशाला (मदरशा) सञ्चालनमा प्रयोग गरिन्छ । तीस दिनको रोजा पूरा गरेपछि पुरूषहरू इदगाहमा र महिलाहरू एकान्त ठाउँमा गएर सामूहिकरूपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एक आपसमा अागालो मारेर इदमुवारक भन्दै बधाई साटासाट गर्छन् । नमाजको समयमा शरीरसँगै लुगाफाटो पनि शुद्ध राख्नु पर्ने कडा धार्मिक नियम छ । नेपालमा लगभग १० लाख रहेका मुसलमान राजधानी, पहाडी जिल्ला गोरखा र तराईका विभिन्न जिल्लामा छरिएर बसेका छन् ।
यसमा तपाईको प्रतिक्रिया
थप लेख रचना
- ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म
- इतिहास र नौ
- पवित्र महिना
- सञ्चार संबन्धि ऐन कानुन विभेदकारी : शाही
- माओवादीलाई पुराना पार्टिको रोग सर् यो : डा. भट्टराई
- डक्टर बाबुराम भट्टराईलाई खुलापत्र
- देह ब्यापार पिडा आ-आफ्नै
- पत्रकारले कुनै पक्षप्रति Position लिनुहुदैन -पत्रकार नारायण श्रेष्ठ
- अमेरिका, ओबामा र सपना : नारायण श्रेष्ठ
- पर्यटनको सम्भावित गन्तव्यस्थल लिगलिगकोट अझै ओझेलमा
- गोरखा राज्यको आवश्यकता र् माग सहितको नयाँ संघिय नेपाललाई एक पत्र!!!
- माओका योगदान र नेपाली क्रान्तिको कार्यभार
- पर्यटन बर्ष'११' सँगै लम्केको गोरखा
- बडादसैँको राग मालश्री,रामशरण दर्नाल
- सहिद स्मृति उच्च मा.वि. को स्वर्ण महोत्सवले हामीलाई जिम्मेवारी बोधको प्रेरणा प्रदान गरोस्
- गोरखा राज्य र पृथ्वी नारायण शाहको जीवनकाल
- नेपाल भ्रमण वर्ष २०११ वारपाक र सेभेन सिस्टर
- The ways of learning English
- गोरखामा तिन पार्टीको हैकम
- नेपालको सामुदायिक वन र कार्वन व्यापारको सम्भावना
धेरैले पढेको
- The ways of learning English
- इतिहास र नौ
- गोरखा राज्य र पृथ्वी नारायण शाहको जीवनकाल
- देह ब्यापार पिडा आ-आफ्नै
- पवित्र महिना
- ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म
- पत्रकारले कुनै पक्षप्रति Position लिनुहुदैन -पत्रकार नारायण श्रेष्ठ
- रमजान
- माओका योगदान र नेपाली क्रान्तिको कार्यभार
- गिरिजाबाबु, प्रचण्ड र लक्ष्मणबाबु