माओवादीलाई पुराना पार्टिको रोग सर् यो : डा. भट्टराई
२०६८ पुस १२ गते, मंगलवार ११:३०:०७ बजेगोरखा, असार २५ गते
एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफैमा खुट्टा तान्ने पुराना संसदवादी दलको प्रवृत्ति अहिले माओवादीमा देखिएको बताएका छन् । पार्टिभित्र पनि अर्को माथि जाने हो की भनेर खुट्टा तान्ने प्रवृत्ति छ गोरखामा पत्रकार महासंघले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै भट्टराईले भने पुराना संसदवादीको आपसमा झगडा गरेर नमिल्ने रोग अहिले माओवादीमा सरेको छ।
केही समययता माओवादीको आन्तरिक झगडाले शान्ति प्रकि्रया अगाडी बढ्न नसकेको भन्न थालिएको भन्दै उनले संसदीय अभ्यासमा भर्खर आएकाले माओवादीलाई कांग्रेस एमालेको रोग सरेको टिप्पणी गरे । धेरैलाई भन्ने बाहना पनि भएको छ ,माओवादीको आन्तरिक झगडाले शान्ति प्रकि्रया विथोलियो तर खुला परिवेशमा आएपछि यस्तै हुँदो रहेछ कांग्रेस एमालेका जुन रोग थियो आपसमा झगडा गर्ने मिल्दै नमिल्ने त्यो रोग हामीमा अलिकति सरेकै हो अलिअलि रहेपनि हामी विगि्रसकेका छैनौ किनकी माओवादी अर्कै धातुले बनेको प्राणी हो -"भट्टराईले भने ।
पार्टिभित्र मात्र नभइ पार्टिपार्टिवीच पनि अर्कोको खुट्टा समातेर अघि बढ्न नदिने प्रचलनले डेढ महिनादेखि शान्ति प्रकि्रया गतिहिन भएको उनले बताए । दलहरुवीच एकले अर्कोको खुट्टा तान्ने प्रवृत्ति बढेकाले ५ बुँदे सहमति कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । उनले पाँचबुँदे सहमति कार्यान्वयनको विकल्प नभएपनि दलहरुवीचको एकले अर्कोलाइृ अघि बढेन नदिने प्रवृत्तिले कार्यान्वयन हुन नसकेको बताए ।
डा. भट्टराईले प्रमुख दलले शान्ति संविधान र सरकारको विषयमा प्याकेजमा सहमति गर्नुपर्ने बताए । उनले भने प्रमुख दलले सेना समायोजन संविधान निर्माण र सरकारको विषयमा प्याकेजमा सहमति गर्नुपर्छ ।"केही दिनभित्र मुलुक सकारात्मक दिशातिर उन्मुख हुने उनले जानकारी गराए ।
सोही कार्यक्रममा बोल्दै डा। भट्टराईले विकासको नाममा जथाभावी सडक निर्माण गर्ने क्रमलाई रोक्न पनि जिल्लाका राजनीतिक दलहरुलाई सचेत गराए । "धेरैधेरै डोजर लगाएर कोदोबारी नष्ट नगरौं" उनले भने योजनावद्ध रुपमा विकास गर्नुपर्छ । आजभोली घरघरमा सडक लैजाने क्रम बढेको र यसले विकास भएको नमानिने भन्दै डा भट्टराईले गाउँको अफ्ठेरो भीर पाखामा सडक पुर् याउन"उपयोगी नहुने सुझाव दिए । उनले जिल्लाको विकासका लागि बेनिघाट आरुघाट हुँदै लार्के सडक र पालुङटार छेपेटार हुँदै आरुघाट पुग्ने सडकलाई प्राथमिकता दिनुपर्ने बताए । "जथाभावी सडक खन्नुभन्दा यी सडकहरुलाइ प्राथमिकता दिनुपर्छ मुख्य बाटोलाई आधार मानेर सहायक बाटो बनाउनुपर्छ पुर्वाधार विकास योजनावद्ध ढंगले गरौं भद्रगोल ढंगले होइन" -उनले भने । उनले जिल्ला विकास समितिमा आएको रकम राजनीतिक दलले दुरुपयोग गरेको छ भनेर सुनिन"दुखद भएको पनि टिप्पणी गरे ।
यसमा तपाईको प्रतिक्रिया
थप लेख रचना
- ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म
- इतिहास र नौ
- पवित्र महिना
- सञ्चार संबन्धि ऐन कानुन विभेदकारी : शाही
- डक्टर बाबुराम भट्टराईलाई खुलापत्र
- देह ब्यापार पिडा आ-आफ्नै
- पत्रकारले कुनै पक्षप्रति Position लिनुहुदैन -पत्रकार नारायण श्रेष्ठ
- अमेरिका, ओबामा र सपना : नारायण श्रेष्ठ
- पर्यटनको सम्भावित गन्तव्यस्थल लिगलिगकोट अझै ओझेलमा
- गोरखा राज्यको आवश्यकता र् माग सहितको नयाँ संघिय नेपाललाई एक पत्र!!!
- माओका योगदान र नेपाली क्रान्तिको कार्यभार
- पर्यटन बर्ष'११' सँगै लम्केको गोरखा
- बडादसैँको राग मालश्री,रामशरण दर्नाल
- सहिद स्मृति उच्च मा.वि. को स्वर्ण महोत्सवले हामीलाई जिम्मेवारी बोधको प्रेरणा प्रदान गरोस्
- गोरखा राज्य र पृथ्वी नारायण शाहको जीवनकाल
- नेपाल भ्रमण वर्ष २०११ वारपाक र सेभेन सिस्टर
- The ways of learning English
- गोरखामा तिन पार्टीको हैकम
- नेपालको सामुदायिक वन र कार्वन व्यापारको सम्भावना
- रमजान
धेरैले पढेको
- The ways of learning English
- इतिहास र नौ
- गोरखा राज्य र पृथ्वी नारायण शाहको जीवनकाल
- देह ब्यापार पिडा आ-आफ्नै
- पवित्र महिना
- ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म
- पत्रकारले कुनै पक्षप्रति Position लिनुहुदैन -पत्रकार नारायण श्रेष्ठ
- माओका योगदान र नेपाली क्रान्तिको कार्यभार
- रमजान
- गिरिजाबाबु, प्रचण्ड र लक्ष्मणबाबु