पवित्र महिना
२०६८ पुस १२ गते, मंगलवार ११:३०:१२ बजे
मुस्लिम धर्मावलम्वीहरुको महान् एवम् पवित्र महिना रमजान मंगलवारबाट सुरु भएको छ । इस्लामिक पात्रो हिजरी संम्वत अनुसार रमजान नवौ महिनामा पर्दछ । विश्वभरका मुसलमानहरु एक महिना भरिसम्म रोजा व्रत बस्ने गर्छन् । इस्लामका पाँच आधार स्तम्भहरु "कल्मा", " नमाजु (प्रार्थना), "हजु" (तिर्थ), "जकातु" (दान) मध्ये "रोजा" (ब्रत) एक महत्वपूर्ण र अनिवार्य स्तम्भ हो । अरु महिनाको तुलनामा रमजानको महिना एक पवित्र महिना हो ।
इस्लाम धर्मका प्रवर्तक तथा अल्लाहका सन्देश वहाक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहिवहसल्लमले रमजानका बारेमा भनेका छन् - "जब रमजान सुरु हुन्छ तव स्वर्गका ढोकाहरु खोलिन्छन् र नर्कका ढोका बन्द गरिन्छन् ।
रमजान महिनामा मुसलमानहरुले जकात दान दिनुपुर्छ । इस्लामी कानुन अनुसार कुन व्यक्ति ऋणमुक्त छ ऊ सँग दैनिक उपभोग्य वस्तुहरु आवश्यक सुविधा सम्पन्न घर जग्गा बाहेक साढे सात तोला सुन साढे वाउन्न तोला चाँदी वा त्यस वरावरको सम्पति छ भने त्यस्ता व्यक्तिका लागि जकात दान दिनु अनिवार्य रहेको छ । यसबाट उठेको रकम गरिव असहाय व्यक्तिलार्य दिने गरिन्छ ।
रमजानको महिनामा एक आपसमा वन्धुत्व सहानुभूति सहयोग सदभाव भाइचारा तथा पारस्परिक सु-सम्वन्ध कायम गर्ने एउटा प्रभावकारी उपाए हो । रमजानको महिनाको हामीलाई व्यक्तिको भोक कस्तो हुन्छ भन्ने कुराको अनुभव समेत दिलाउँछ । यी सवै कार्यले हामीलाई लाभैलाभ हुने गर्दछ । हामी भोकै बस्दा अल्लाहलाई कुनै फाइदा हुँदैन । उनले त हाम्रो लागि अनिवार्य गरेका छन् ।
रमजानको महिनामा कुरआनको बाचन गर्नु आफुले पढ्न नजानेको खण्डमा अरुले पढेको श्रवण गर्नु नमाज पढ्ने दान दिने गरिव एवम् विपन्न भएका व्यक्तिलाई सहयोग गर्ने पवित्र महिना हो रमजान । नावालिग अवस्था भोक तिर्खा सहन नसक्ने बढ्यौली अवस्था सिकिस्त विरामी रजश्वला भएको महिला र सुत्केरीका लागि भने रोजा व्रत अनिवार्य छैन । तर कुनै सक्षम व्यक्तिले रोजा नवसेमा उसले अल्लाहको आज्ञा उल्लङ्घन गरेको ठहर्छ र त्यसता व्यक्तिले नर्कमा सजाय भोग्नु पर्ने कुरा पवित्र धर्मग्रन्थ कुरआनमा उल्लेख गरिएको छ । कुरआनमा भनिएको छः-'यात्रा र विरामको अवस्थामा छुट भएको रोजालाई रमजान सकिएपछि फेरि बसेर पुरा गर्नुपर्छ ।' जानीजानी खानपिन गर्नाले वान्ता निन्लाले विर्य स्खलन हुनाले सलाइन पानी चढाउनाले अरुको कुरा काट्नाले झुटो बोल्लाले झगडा गर्नाले फजुल कुराकानी गर्नाले अनावश्यक चिज श्रवण गर्नाले रोजा व्रत भंग हुन्छ ।
रमजान महिनामा नै पवित्र धर्मग्रन्थ कुरआनको अवतरण भएको हो । सुर्यास्त भएपछि केहि खानेकुरा खाएर रोजा खोलिन्छ । जसलाई "इक्तारी" भनिन्छ । विशेष गरी रोजा व्रत खोल्दा खजुर पानी मिठाइ लगाएतका गुलिया खानेकुरा खाइन्छ ।
रमजानको महिनामा दिनमा पाँच पटक नमाजका अलावा बेलुका इशाको नमाज पछि विस (२०) रकातको नमाज पढ्नुपर्छ । जसलाई 'तरावीहु' भनिन्छ । यो नमाज पनि अनिवार्य रुपमा पढ्नुपर्छ । यो नमाज पनि सामूहिक रुपमा पढ्ने चलन रहेको छ । तरावीहु नमाजमा पवित्र धर्मग्रन्थ कुरआनको तीस ३० बटै खण्ड इमामले पढेर सुनाउँछन् ।
रोजा ब्रत को सुरुका दश १० रात अति महत्वपूर्ण रहेका छन् । यी दश १० रातहरुलाई रकमतु विशेष कृपाको रात उल्लेख गरिएको छ । वीचमा दश १० रातहरुलाई मग्फीरतु विशेष माफीको रात भनि उल्लेख गरिएको छ । यी वीस २० दिनमा ठूला ठूला पाप कार्य गर्नेलाई पनि अल्लाहले माफी दिन्छन् भन्ने कुरा पवित्र धर्मग्रन्थ एवम् इस्लामिक कितावहरुमा पर्याप्त आधारका साथ वर्णन गरिएका छन् । त्यसै गरि अन्तिम दश १० रात पनि अति नै महत्वपूर्ण रहेका छन् । ती रातहरुका बारेमा भनिएको छ कि यी दश १० दिनमा धेरैभन्दा धेरै मानव जातिलाई नर्कबाट मुक्ति पास हुन्छ अल्लाहले क्षमा गरि दिन्छन् र स्वर्गमा प्रवेश गराइ दिन्छन् । तसर्थ मुस्लिम समुदायले रोजालाई अत्यन्तै महत्व दिनु उनीहरुको मौलिक हक हो ।
रोजाको समाप्तिसँगै अल्लाहले "इदुलफित्रु"को रुपमा खुशी प्रदान गरेका छन् । रमजानको अन्तिम दश रातमा अन्तिम सन्देष्टा हजरत मोहम्मदसल्ललाहु अलैहिवहसल्लम विशेष ध्यान "एतकाफु" मा बस्नु हुन्थ्यो । र "इदउलफित्रु"को चन्द्रमा देखिने बित्तिकै बाहिरिनु हुन्थ्यो । रमजान सकिएको भोलिपल्ट मुसलमानहरुले धुमधामले "इदु" मनाउने गर्छन् ।
- ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म
- इतिहास र नौ
- सञ्चार संबन्धि ऐन कानुन विभेदकारी : शाही
- माओवादीलाई पुराना पार्टिको रोग सर् यो : डा. भट्टराई
- डक्टर बाबुराम भट्टराईलाई खुलापत्र
- देह ब्यापार पिडा आ-आफ्नै
- पत्रकारले कुनै पक्षप्रति Position लिनुहुदैन -पत्रकार नारायण श्रेष्ठ
- अमेरिका, ओबामा र सपना : नारायण श्रेष्ठ
- पर्यटनको सम्भावित गन्तव्यस्थल लिगलिगकोट अझै ओझेलमा
- गोरखा राज्यको आवश्यकता र् माग सहितको नयाँ संघिय नेपाललाई एक पत्र!!!
- माओका योगदान र नेपाली क्रान्तिको कार्यभार
- पर्यटन बर्ष'११' सँगै लम्केको गोरखा
- बडादसैँको राग मालश्री,रामशरण दर्नाल
- सहिद स्मृति उच्च मा.वि. को स्वर्ण महोत्सवले हामीलाई जिम्मेवारी बोधको प्रेरणा प्रदान गरोस्
- गोरखा राज्य र पृथ्वी नारायण शाहको जीवनकाल
- नेपाल भ्रमण वर्ष २०११ वारपाक र सेभेन सिस्टर
- The ways of learning English
- गोरखामा तिन पार्टीको हैकम
- नेपालको सामुदायिक वन र कार्वन व्यापारको सम्भावना
- रमजान