नेपाल भ्रमण वर्ष २०११ वारपाक र सेभेन सिस्टर
२०६६ फागुन २० गते, विहिवार ००:००:०० बजे
गोरखा, फागुन २० गते ।
गोरखा जिल्लाकै संभवत सुन्दर र पर्यटकीय गाउँ मानिएको वारपाक नेपाल भ्रमण वर्ष २०११ को तयारीको लागी जुटन थालेको छ र त्यसको पुरै तयारीको लागी सेभेन सिस्टरको समूह भनेर चिन्न सकिने दल कुमारी घले सहितको टोलीको ठुलो हात छ ।

इतिहासले घले राज्यको उपमा पएको यो गाउँलाई गजे घलेको नाम वाट पनि चिन्न सकिन्छ । दोस्रो विश्व युद्वमा वहादुर प्रर्दशन गरेको भन्दै वि्रटीस सरकार वाट भिक्टोरीया क्रस पाउने गजे त अहिले छैनन तर पनि यो गाउँलाई गजे घलेको गाउँ भन्दा कसैको दुई मत नरहला ।
सामान्यतया तपाइ घुम्न जाँन मन लागेका कस्तो ठाउँको कल्पना गनु हुन्छ सफा सुन्दर र मिलन सार मानिस भएको स्थान । जहाँ जाँदा स्वर्गीय आनन्द आवस । अग्लो भिरमा वसेर चारै चिर हिमाल देख्न पाइयोस । हो यस्तै यस्तै कल्पना गर्नेहरुका लागी घरर्तीकै स्वग हो भन्दा हुन्छ वारपाक ।
गोरखा समरमुकाम देखी उत्तरमा रहेको यो गाउँमा घले गुरुङ्ग र परियार जातीको विशेष वसोवास रहेको छ । वडा नम्वर ४ ५ ६ ७ ८ र ९ गरी छ वटा वडा मिलेर वनेको गाउँ नै वारपाक गाउँ हो । पहिले पहिले गोरखा वजार देखी हिडेर जानुपर्ने यो गाउँमा केही साता अगाडी देखी हलुका सवारी साधन समेत चल्न थाले पछि यहाँ घुम्म जानेहरुको भिड नै लागेको छ ।

वारपाकको सुन्दरताको वर्णन सायदै कसैले गर्न सक्ला । लेखक पनि ३३ वर्षको उमेरमा पहिलो पटक ०६६ साल फागुन १० गते वारपाक पुग्दा र गाउँलाई नजिकै वाट नियालेर हेर्दा अचम्मैमा परेको थियो । के यती विकट ठाउँमा पनि यति ब्यवस्थीत गाउँ हुन सक्छ के यस्ता मिलनसार मानिस गाउँमा हुन सक्छ यस्तै यस्तै कुराले भिजेको दिमागलाई दुई दिने वसाइमा त्यहुका मानिसले मनै पग्लने गरी स्वागत विदाई गरे पछि कल्पना भन्दा वाहिरको गाउँ रहेछ वारपाक भन्ने लागेको हो ।
यही गाउँमा हुर्की वढेकी हुन दल कुमारी घले । यी नै हुन वारपाक गाउँलाई नेपाल भ्रमण वर्ष २०११ को तयारीको लागी दिन दुई गुणा र रात चार गुणा काम गरी रहेका छन । उनले यही गाउँलाई चिनाउनका लागी केही महिना अगाडी मात्र वारपाक र वरपर रहेको पर्यटकीय स्थलको डकुमेन्ट्री समेत निर्माण गरी सकेकी छिन । उत्त कार्यका लागी नेपाल पर्यटन वोड पोखराले पनि सहयोग गरेको थियो ।
अहिले उनी वारपाकमा नै वसेर कसरी आफ्ना गाउँका दाजुभाई तथा दिदीवहिनीहरुलाई विदेशी तथा स्वदेशी पर्यटक गाउँमा भित्रउदा के फाइदा हुन्छ भनेर दैनिक भलाकुसारी गर्ने गर्छीन भने अन्य वहिनीहरु काठमाण्डौंमा वसेर वारपाककी आमाहरुलाई पौढ कक्षा संचालन गर्दै छन । पुष्पा भिमकुमारी खेमकुमारी आशा पुर्णीमा र दिल कुमारी जस्ता उनका होनाहार वहिनीहरुले उनका यो कार्यलाई सहयोग गरी रहेको छ ।
दल कुमारीकै प्रयासमा अहिले वारपाकमा होम स्टे अर्थात पाहुना घरको अवधारणा अनुसार २० घर भन्दा वढी घरमा एक देखी दुइ वटा कोठा छुट्टाइएको छ भने त्यसमा चाहिने सामानको तयारी समेत भै रहेको छ । अन्य घरहरुमा पनि यस्तै काम गर्ने तयारी उनको भै रहेको छ । धेरैले कुरा वुझदैनन । सम्झाउदैमा दिन जान्छु दल कुमारी घलेको गुनासो छ । हामीले वारपाक सम्वन्धी व्रोसर समेत तयार गरी सकेका छौ घलेले भनिन ।

वारपाक गाउँमा ८ सय भन्दा वढी घर भएको अनुमान गरीएको छ । एक घर देखी अर्को घर सम्म जाने सवै वाटो आँगन र पार्खल सफा सुन्दर र ढुङ्गाले विच्छाएर सफा राखीएको छ । के बालक के वृद्वा सवैले सरसफाइमा दैनिक समय दिने गरेकै कारण यो गाउँ नेपालकै सुन्दर र सफा गाउँ हो भन्दा गलत हुने छैन ।
प्रत्येक घरमा दुई जना पर्यटक राख्ने तयारीको साथ योजना तयार गरेकी घलेका अनुसार विदेशी पर्यटक भने वर्षेनी भाद्र देखी कात्र्तिक सम्म मात्र आउने भएकाले अन्य समयमा स्वदेशी पर्यटकलाई आउने वातावरण तयारी जुटेको वताइन । वारपाक गाउँ वाट देखीने ठुलै हिम श्रृखला यसको मुख्य आकर्षक केन्द्र हो भने ठुलो वस्ती र जातिय विभेष विना नै भाइचारा सम्वन्धमा सवैको जातीको वसोवास हुनु अर्को महत्वको विषय हो ।
यो गाउँ वाट धार्चेको लेक मनास्लु घ्याच्चोक नारदपोखरी का साथै मनाङ्ग हुदै लम्जुङ्गको सदरमुकाम वेशिसहर जान सकिन्छ भने गोरखा सदरमुकाममा नै आउनको लागी लाप्राक गुम्दा आरुआरवाङ्ग हुदै आरुघाट वजार भएर धादिङ्ग वा गोरखा सदरमुकाम समेत आउन सकिने भएको कारण पनि यसले पर्यटकीय सम्भावना धेरै वोकेको छ ।
२०११ मा ठुलै पर्यटक भित्राउने तयारीमा रहेकी घलेले विभिन्न खालको तालिमको ब्यवस्था गरेकी छिन स्थानिय गाउँलेलाई । ग्रामिण पर्यटनका लागी हो । पाँच तारे होटलको जस्तो सुविधा दिन सकिदैन तर पनि हामी कुनै पनि पर्यटकलाइ निरास वनाएर पठाउदैनौ दल कुमारी घलेको दावी थियो । पर्यटककालागी स्थानिय खाना भेषभूषा र संस्कृतिको विषयमा जानकारी दिने तथा स्थानिय संस्कृतिमा प्रख्याती कमाएको मारुनी चट्का र रोधी तथा घाटु नाँच देखाइने तयारी पुरा भै सकेको छ ।
यही कार्यका लागी उनले अहिले स्थानिय र वाहिरी संघ संस्थाको सहयोग लिने प्रयास गरी रहेकी छिन । हामीले उनलाई वारपाकमानै भेटदा पनि उनी यही कार्यमा ब्यत्त भएको देख्न पाइयो । सायद उनी संग समय नभएर होला उनलाई भेटन हामीले गरेको प्रयास रात ९ वजे मात्र सफल भएको थियो । उनले त्यती धेरै समय गाउँमा खर्चदा समेत नेपाल टुरीजम वोर्ड भनेको कुन पार्टीको हो भनेर स्थानिय गाउँलेले सोध्दा भने समय खर्चेकोमा कहिले काँही दुख लाग्ने गरेको समेत दुखेसो पोखीन ।
उनको मनमा दुखका धेरै पोकाहरु छन तर पनि खोलेर केही हुदैन थाहा छ । नचाहदा नचाहदै पनि उनलाई जाती र पार्टीका कुरा लिएर ज्यान जान सक्ने सम्मको धम्की खपी सकेकी छिन । घले राजाका पाला देखी वोल्दै आएको भाषाका विषयमा केही समय अगाडी देखी विवाद आएको कारण उनलाई यस्तो धम्की आएको हो । घले र गुरुङ्ग जातीको वाहुल्यता रहेको यो गाउँमा घले राजाका पाला देखी वोल्दै आएको भाषाका विषयका घले गुरुङ्ग समुदाय विच विवाद उत्पन्न हुन थाले पछि जो कोही पनि यसको विषयमा खुलेर वोल्न चाहदैनन ।

राडी पाखी वाँसको काइयो र ढाकाको कपडामा वारपाकको चिनो भनेर पर्यटकलाई दिने तयारीका साथ केही सातामा नै तालिम चलाउने तयारी पनि पुरा गरेकी छिन दल कुमारीले । ढाकाको कपडा आफ्नो समाज र जातीको पहिचान नभएता पनि विश्व स्तरमा नै पहिचान वनाइ सकेको ढाका कपडामा वारपाक भनेर लेखेर दिन सकियोभने त्यसले पनि छुट्टै चर्चा पाउनेमा उनको दाउ रहेको छ ।
चलन चल्तीमा वारपाकमा रहेकी रोशनी आमा र सेभेन सिस्टरको समूहले गाउँमा प्रवेश गर्ने र गाउँ वाट जानेलाई स्वागत र विदाई दुवै गर्ने गर्दै आएको छ । ठुलै सम्मानका साथ स्वागत र विदाई गर्ने यो चलनले जो कसैलाइ पनि एक पटक फेरी वारपाक जाने इच्छा जागृत हुने निश्चित छ । गाउँमा प्रवेश गर्ने जो कोही पुरुषलाई रोशनी आमाले छोराको उपनामले वोलाउने गर्दछ भने सवै संग आत्मीय सम्वन्ध पनि राख्ने गदछीन ।
नेपाल भ्रमण वर्ष २०११ मा वारपाकमा ठुलै आन्तरीक तथा वाह्य पर्यटक जाउन । शुभ कामना वारपाक लाई र अनि रोशनी आमा र दल कुमारी घलेलाई उनको कार्यको लागी सलाम जस्ले वारपाकको चिनाउनका लागी ठुलै योगदान गर्दै छ ।
Nirjan budhathoki : Arupokhari- 5 Gorkha.
mero griha jilla gorkha ho ta pani maile mero jilla ko barema dherai kura bujheko chhaina . jilla koadhikansha thau haruko barema malai thaha chhaina .ahile google bata merojilla ko barema news padhana paudha khusilagdachha.himal ko mutu maq raheko barpak gaon ko samachar barpakbharman barsha 2011 padhda atini khushi lagyo.didi dal kumari ghale lai mero namaskar .dhanyabad chha.
Himal ghale : Dhading
It is really nice village of Barpak, I enjoyed to watch the picture of this village, Well, I was hearing about this village since childhood, but I never had been here, So if I get chance to visit here I will feel ready lucky myself, Thank you so much related of this side, Himal ghale
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने