देह ब्यापार पिडा आ-आफ्नै

२०६८ पुस १२ गते, मंगलवार ११:३०:०२ बजे

Sita Adhikari, hansapur-3, gorkha, nepalहंसपुर -३, गोरखा


पानी परिरहेको बेला छ झमक्क साँझ परेको हुनाले वीर हस्पिटल अगाडीको मलिनो बत्तिको छायाँले सडक छेउमा घुर्मैलो छायाँ देखिन्छ । छायाँको नजिक पुगेर कुरा गर्न खोज्दा आकृति पन्छिन खोजे झैं गरि आत्तिदैनमात्र अपशब्दको पनि ओईरो हाल्छ कारण हो उनको अहिलेको बाध्यता । उक्त आकृती अर्थात रुश्मा राई नाम परिवर्तन ले गत मंसिरमा भर्खर २९ वसन्त पार गरिन् । लाउँलाउँ र खाउँखाउँको वयमै धरान -२ घर भएकी रुश्माको जीवनमा अनगिन्ती उतारचढाबहरु आए । उनले धरानकै स्थानिय विद्यालयमा ९ कक्षामा अध्यायन गर्दागर्दै १६ वर्षे जबानीको जोसमा जीवनमा आईपर्ने मोडहरुको ख्यालै नगरी भर्खर आँकुरिदै गरेको प्रेमलाई मूर्त रुप दिन आफैंले रोजेको मनको राजा असिम मगरसँग भागी बिवाह गरिन् । विना जागिरको काठमाण्डौको बसाईं उनीहरुको प्रेममा भाँजो बन्न पुग्यो । फलतः आफैंले रोजेको मनको राजा अशिमले उनलाई बिचैमा एक्लै छोडेर भागेपछि प्रेमको कोपिला पुूलमा परिणत हुन नपाउँदै ओईलाएर झर्न पुग्यो । उनीसँग घर फर्कनुको बिकल्प थिएन तर घर फर्कने ढोका त्यतीबेलै बन्द भईसकेको थियो जतिबेला उनी परिवारको स्विकृती बिना नै घर छाडेर भागेकी थिईन् ।कामको खोजीमा यताउता नभौंतारिएकी होईनन् तर कसैले शिक्षा नुपगेको कुरा गरे त कसैले उनको बैंशमाथि आँखा गाड्दै अश्मिता लुट्ने प्रयास गरे । आर्थिक समस्याको चक्रब्युहमा फसेको अबश्थाको फाईदा उठाउँदै एक जना न्यूरोड पिपलबोटमा किराना पसल साचालन गर्दै आएका व्यापारीले उनको पसलमा जागिर लगाईदिने प्रलभनमा पारेर पसलमैं संसाझै बलात्कार गरे । बिवष उनले न त यसको प्रतिकार नै गर्न सकिन् न यो पिडालाई स्विकार गर्न नै सकिन् । पाईलै पिच्छे मौकाको खोजिमा रहेका नरपिचासहरुको बिचमा उनले सबै कुरा भुलेर आफैंलाई बदलिदिईन् । उनी भन्छिन् खै के सोचें बरु त्यस्तो जागिरको लागि शरिर लुटाउन भन्दा त यस्तै काम गर्छु भन्ने पो लाग्यो । जे गरियो पछुतो त छैन तर यस्तो काम गर्छे भन्ने थाहा पाएपछि कसैले पनि डेरा दिन मान्दैनन् । कैले त महिनै पिच्छे कोठा सर्नु पर्छ । भन्ने उनको गुनासो छ । राई केवल एउटा प्रतिनिधी पात्र मात्र हन् । यसरी विविध कारणले देह व्यापारमा लाग्ने क्रम शहरी क्षेत्रमा दिनप्रतिदिन बढिरहेको पाईन्छ । यसरी देहव्यापारमा लागेका देशसेविकाहरुको विवषता भने फरकफरक छन् ।
ओखलढुड्ढकी शुश्मा बलामी अहिले ठमेलको एउटा मसाज सेन्टरमा काम गर्छिन् । बसाईं सरेर ओखलढुड्ढा पुगेका शुश्माका बुबाले शुश्मालाई पढ्नका लागि भनेर मामासँगै काठमाण्डौ पठाईदिए । उनका मामाले काठमाण्डौ सोरखुट्टेको भर्ना पनि गरिदिए र ढिलै भए पनि कक्षा ७ मा पढ्न थालिन् पनि । उनले आफ्नो बाबु समान सम्मान गर्ने उनका मामा नरपिचास निक्ले । पढ्न सुरुगरेको केहि महिना बित्न नपाउँदै एकरात रक्सीको नशाले लट्ठ भएका मामाले उनको मुख थुनेर बलात्कार गरे । घरबाट भाग्न खोजिन् तर उनीसँग न त भाग्ने पैसा नै थियो न त घर पुग्ने बाटो नै थाहा थियो । बिभिन्न प्रलोभन देखाएर मामाले शोषण गरिरहे पनि उनीसँग चुप रहनुको बिकल्प थिएन । लागातारको यौन सम्पर्क पश्चात उनको महिनाबारी रोकिएको थाहा पाएपछि गर्भपतन गराउन अनेकौ दवाव र धम्कि िदंदै गर्भपतन गराईछाडे । मामाले नै आफूलाई मसाज सेन्टरमा जागिर लगाईदिएको उनी बताउँछिन् । मसाज सेन्टरमा यौन शोषण हुन्छ भन्ने ज्ञान नभएकी शुश्मालाई कामको शिलसिलामा प्रयोगात्मक ज्ञान नै प्राप्त भयो । केहि दिन त काम छोडेरै भागिन् पनि तर पुनः मसाज सेन्टरमै काम गर्न थालिन् । उनका मामा अहिले कतारमा छन् । उ मलाई बिगारेर कतारमा पुगेको छ मलाई पत्नी स्विकार्न मान्दैन जिन्दगीभरी कतारमै बसेर त नुपग्ला नी फर्के पछि त मैले पनि न्याय पाउँला भन्ने आषा छ । भन्ने उनको भनाई छ । हाडनाता करणीको अभियोगमा किन मुद्दा नहालेको त भन्ने प्रश्नमा प्रतिप्रश्न गर्दै उनले भनिन् - पर्खरै काठमाण्डौ आएको बेला तपाईंलाई परेको भए के गर्नहुन्थ्यो त्यसमाथी पनि मैले मद्दा हालेको भए मेरै बईज्यत हुन्थ्यो सबैले मैलाई उस्तो ठान्थे । त्यिहं माथी पनि उ बाहेक काठमाण्डौमा मेरो कोहि पनि थिएन । मलाई ललाई फकाई गरेर अब हामी सँगै बस्ने भन्थ्यो म पनि चित्त बुझाएर चुप लाग्थें । उनको एउटै धोको छ - मसाज सेन्टसमा मसाजको नाउँमा हुने शोषणको पदौफास गर्ने नयाँलाई यस्तो कोठरीमा नआउन सचेत गराउँने ।
यता नुवाकोट त्रीसुलीकी लिला श्रेष्ठनाम परिवर्तनको भने कहानी अर्कै छ । नयाँ वसपार्क शान्तिनगर स्थित एउटा क्याविनमा काम गर्ने श्रेष्ठका श्रीमानको भारतको फलाम उद्योगमा काम गर्नै क्रममा मृत्यु भयो । नेपालटारमा राम्रैसँग बसेको श्रेष्ठ परिबारको एक मात्र छोरा अनिश नेपालटारकै एउटा निजी विद्यालयमा अध्यायनरत छ । के गर्नु श्रीमानको मृत्यु पछि त्यसै बसेर छोराको पढाई शासु छोरा र मेरो खर्च धान्न धौ धौ भो मैले काम नगरे कस्ले गर्ने क्याबिनमा काम गर्दा सुरुमा रक्सी खाने मान्छेलाई चाहिने चिज थप्ने त हो नी भन्ने ठानेर काम सुरु गरेकी उनलाई क्याबिनको साहुले नै ग्राहकसँग जान भनेपछि पहाडले किचेजस्तै भयो । पापी अपशब्द प्रयोग हरुले तीन जनाले निशास्सिएर ज्यान जान लाग्दा पनि छोडेनन् । मलाई जे भए पनि मेरो छोराले राम्रो गरे पछि मेरो दुख देख्थ्यो होला । भनिरहँदा उनको आँखामा आँसु टिल्पिलाईरहेको देखिन्थ्यो । यस्ता क्याविनहरुमा हुने यौन शोषण एकदमै असुरक्षीत हने उनको दाबी छ । अर्काको ईच्छाअनसार चल्नुपर्छ के को ढाल साल जे भन्यो मान्नै पर् यो । भन्ने उनको भनाई छ । पढ्न पाुको भाुत जागिर खाईन्थ्यो होला नी ? खै मिहिनेत गर्छु भन्दा पनि कमाउन सकिन्न ओराली लागेको मृगलाई वाच्छाले लनि लखेट्छ भन्छन् कस्ले के पो गर्ला र भन्ने श्रेष्ठ बताउँछिन् । तपाईलाई के थाहा कस्तो हुन्छ भनेर एक दिन म सँग बसेर हेर्नोस् न अनि थाहा हुन्छ भन्ने उनको दुखेसो छ । वास्तवमा हाम्रो समाजमा अशिक्षा गरिवी वेरोजगारी र दण्डहिनता नै यस्ता समस्याका प्रमुख कारण हुन् । अशिक्षा गरिवी वेरोजगारी बढ्दो शहरीकरण महंगि लगायतका बिभिन्न बाध्यताका कारण नेपालीचेलीहरु देहसेविका बनिरहेका छन् । काठमाण्डौमा मात्र यसरी देहब्यपारमा लाग्ने देहसेविकाहरुको संख्या दश हजारभन्दा माथी रहेको एक तथ्याङ्कले देखाएको छ । अर्काको वाध्यतामा चल्नुपर्ने हुँदा उनीहरुले असुरक्षीत यौन सम्पर्क गर्ने गरेको पाईएको छ । सरकारको कानुनी प्रावधान फितलो हुनु क्याविन डान्सवार मसाज लगायतका अबैध धन्दा हुने अखाडाहरुलाई वन्द गर्न नसक्नु देहसेविकाहरुलाई पुनः स्थापनाको राम्रो पहल हुनु नसक्नु जस्ता कारणहरुले गर्दा यो समस्या कम हुनुको सट्टा झन् झन् चर्किंदै गएको हो । धेरै व्यक्तिसँग हुने असुरक्षीत यौन सम्पर्कले निम्त्याउन सक्ने खतराका बारेमा सचेत गराउँदै पुनः स्थापनाका लागि पहल गर्न सकेको खण्डमा यस्ता कार्यमा कमी आउँने देखिन्छ ।
सदस्य संचारिका समुह नेपाल

यसमा तपाईको प्रतिक्रिया

थप लेख रचना