डक्टर बाबुराम भट्टराईलाई खुलापत्र

२०६८ पुस १२ गते, मंगलवार ११:३०:०४ बजे

Uttambabus Shrstha, America

 (December 21st, 2008)

आदरणीय बाबुराम दाइ,


तपाईका बारेमा, ?तपाईबाट केहि सिकौं ? भन्ने शिर्षक राखेर केहि लेखुँला भन्दै थिए, तर तपाईको शब्दमा ?प्रतिभा पलायन? भएर भागेको यो ठिटो अमेरिकाको परिस्थतीमा चाहँदा चाहँदै पनि मन वाध्न विवश थियो । चाहेको समयमा चाहेको यस्ता कामहरु गर्न नसक्नु सायद परदेशी जीवनको यर्थाथ हो । के गर्ने यहाँ यस्तै छ । हिजो मात्र औपचारीक पढाईका परिक्षाहरु सकाएर केहि हलुका भएको छ । यसो समाचारहरुमा आँखा दौडाउँदा शुक्रवारको जनदिशा दैनिकमा प्रकाशित तपाई सम्बन्धित समाचार र शनिवारको नयाँपत्रिकामा प्रकाशित तपाईको लेखले मन उद्वेलित भइरहयो । केहि समय थाँति राखेको मेरो भावनाहरुलाई समट्दै यो पत्र लेख्दैछु ।
समाजमा बिग्रेका, अन्य क्षेत्रमा केहि काम नलाग्ने भएका मान्छेहरुले मात्रै हो गर्ने हो राजनिति भनिने नेपाली समाजमा औपचारीक पढाईमा सधै अब्बल र अर्न्तराष्ट्रीय जगतले नै पढैया ठानेको तपाई जस्ता व्यक्तित्वको प्रवेश आफैमा एउटा उदारणीय र गर्वको विषय हो । निशन्देश, तपाई ? तपाईले लिनु भएको विचारलाई आत्मासाथ गर्ने, नगर्ने ? सबै पक्षका नेपाली युवाहरुको आकर्षण र चासोको केन्द्र हुनुहुन्छ । तपाईको फेसवुक खाता खोलिएको एक महिना जतिमा नै फेसवुकले प्रदान गर्ने अधिकतम ५००० साथी बनाउन पाउने सुविधा भन्दा तपाईको साथीको संख्या अत्याधिक बढि कटेबाट त्यो केहि हदसम्म प्रमाणित हुन्छ । मानिसहरु ?ब्राइट? बावुरामको ?जिनीयस? हेर्न, सुन्न चाहन्छन् । तपाईलाई राष्ट्र निर्माणमा सहयोग, सल्लाह र सुझाव दिन चाहन्छन् । विचार र वाटो फरक भएर के भयो र आखिर सबै नेपालीको चाहना भनेको शान्त र समृद्घ नेपाल नै हो भन्दै । त्यसमा तपाईहरुको अगुवाईले के फरक पार्छ र ? चिनीयाँ उखानमा भनिए जस्तै ? विरालो कालो होस या गोरो त्यसको रंगले ले के फरक पार्छ र ? जबसम्म त्यसले मुसा मार्दछ भने ।
माओवादीको भुमिगत राजनितिमा ? एउटा शहरिया वौद्विक जमात (जस अर्न्तगत धेर थोर म पनि पर्दछु) जसले करियरको अर्थ त्याग होइन, पैसा, धनदौलत मानसम्मान आदी ठान्दछन् ? तीनीहरुले जीन्दगी दोश्रो नभएको तपाई यो मायावी संसारलाई लात हानेर जीवन हत्केलामा राखेर शोषित पिडित जनताको मुक्तिको लागि हिडेको देखेर अचम्भीत हुन्थ्ये । वास्तवमा त्यो आफैमा एउटा अकल्पनिय घटना थियो विशेष गरि हाम्रो जस्तो सामन्ति अवशेष भएको समाजको लागि । अर्कातिर तपाईका पार्टीका अधिकांश कार्यकर्ताहरु माओवादीमा वौद्विक जमातको कमि भएको कुरा आँउदा तपाईका एक नाम लिएर त्यसको वचाव गर्दथे । वैचारिक हिसाबले नखारिएकाहरु कयौं मानिसहरु तपाईहरु जस्ता हिडेको वाटो राम्रै होला भनेर हिडेका पनि भेटिए । खैर, करीब १४००० मान्छेको ज्यान लिएको जनयुद्वको अन्त्य वानेश्वरको हलमा त्यति शान्तिपूर्ण रुपमा होला भन्ने सायद मान्छेले कल्पना गरेका थिए तर तपाईकृत ?चुनवाङ डट्रिन? कामयावी भयो प्रचण्डले त्यसको नेतृत्व गरे । राजतन्त्रलाई फाल्नको लागि अन्य पार्टी संगै मिलेर जानु पर्छ भन्ने तपाईबाट सिर्जित विचार (कार्यनिती) को विजय भयो नेपाली जनताले लामो स्वास फेरे शान्तिको नेपालको राजतन्त्रलाई तालि बजाएर सधैको लागि बाटो कर्टाइयो ।
सबैले असंभव जस्तो ठानेको ? मलाई थाह छ नेपाली समाज नकारात्मक बढि छ ? संविधान सभाको चुनाव भयो जसमा तपाईको दल प्रथम र तपाई भोटमा पनि पढाईमा जस्तै सर्वप्रथम हुनुभयो । गोर्खाली जनताले तपाईप्रति अगाध आस्था, माया देखाए । तपाईले प्रतिदन्दीले भन्दा ४०००० हजार मत बढि ल्याएर, जो नेपालको राजनितिमा विरलै हुने गर्दछ, विजयी हुनु भयो । तपाईको पार्टीको नेतृत्वको सरकार बन्यो र त्यसको तपाई अहिले अर्थमन्त्री हुनुहुन्छ । तपाईले आफैले ?उडि छुनु चन्द्र एक? भनेर ?महत्वकांक्षी? बजेट प्रस्तुत गर्नुभयो । वास्तवमा तपाईले पेश गरेको बजेटलाई मान्छेहरुले तर्क दिएर विरोध गरेनन् खाली महत्वकांक्षी र त्यसलाई कार्यान्वयन गर्नको लागि संयन्त्रको अभाव मात्र देखाए । विपक्षीहरुले तर्कपूर्ण खण्डन गरेको देखिएन । यद्यपी तपाईले पेश गरेको बजेटमा प्रसस्त सच्याउनु पर्ने ठाँउ थियो । तपाईले अझै पनि सच्याउदै हुनुहुन्छ । कहिले कर्मचारीको सुझाव सुनेर त, कहिले व्यपारीको कुरा सुनेर त्यो राम्रो कुरा हो । सवै चिज पूर्ण कहाँ हुन्छ र ?
नेपाली जनताले ठुलो आशा गरेका तपाईको पार्टीको नेतृत्वको सरकारका प्रारम्भिक दिनहरुका आशा जगाउने खालका पटक्कै छैनन् । यस सरकारको चौतार्फी आलोचना भईरहँदा अध्यक्ष प्रचण्डले समेत बजेट कार्यान्वयनको पाटोलाई आफ्नो सरकारको सफलतासँग हेर्न भनेका छन् । यस अर्थमा तपाईको स्थान अब माओवादी पार्टीलाई सफल भएको देखाउनेमा मात्र सिमीत छैन । यो देशको आर्थिक विकासको गोरेटो कोर्ने हिसावले पनि महत्वपूर्ण छ । देशको मेरुदण्ड मानिएको अर्थ मन्त्रालय र त्यसले वनाउने योजनाहरुको प्रमुख तपाई हुनुहन्छ । तपाईले अर्थ मन्त्रालय सम्हालेपछि माओवादी नेतृत्वको सरकार अन्य क्षेत्रमा ज्यादै फितलो देखिएपनि राजश्व भने अनुमान गरे भन्दा बढि उठाउन सफल भएको छ, निर्धारित अवधीमा । त्यसमा तपाई र तपाईको टिम धन्यवादको पात्र हुनुहुन्छ । यतिखेर जसले त्यति राजश्व उठ्नै सक्दैन भनेर कुर्लेका थिए तीनीहरुको स्वर तपाईले गरेर नै देखाइ दिएपछि मथ्थर भएको प्रतित हुन्छ । उनीहरु अब आफ्ना कुराहरु माथि पार्न यो बजेट अन्तराष्ट्रिय अर्थतन्त्रमा आएको ह्रासले प्रभावित हुने भन्न थालेका छन् । यो हल्लै हल्लाको देश हो । प्रभावित पनि होला थोरवहुत । माफ पाँउ म यो इतिहासको कुरा गर्न तिर पो लागे तर इतिहासको कुरा नझिकी वर्तमान कहाँ पूर्ण हुन्छ र ?
अब लागौं म के लेख्न खोज्दैथिए भन्ने तर्फ ? तपाईले गरेका केहि साना कुराहरु मात्रै अरुले सिकिदिए साँच्चै नयाँ नेपालमा एउटा जग वस्ने थियो भन्ने ठम्माई मेरो हो यद्यपी ती पर्याप्त छैनन् । तपाईले विदेश भ्रमण जाँदा लिइने दोहरो खर्च काटेको र त्यसको शुरुवात आफै अमेरिका आँउदाबाट गरेको कार्य प्रसंसनिय छ । तपाई अमेरिका आँउदा नियम अनुसार होटलमा वस्न पाउने सुविधा उपयोग नगरि राजदुत निवासमा लत्रिनु भयो । तपाई कतार भ्रमणमा जाँदा पनि खर्चको लागि पेश्की रकम ८४४०० मध्येमा होटेल खर्च आयोजकले नै व्यहोरेको भनि खर्च नभएको रकम ५९४२८ सरकारलाई फिर्ता गर्नु भयो । काठमाडौंमा घर भएकाहरु खाई पाउने घरभाडाको सुविधा वुझ्छन् नयाँ नेपालमा तर तपाईले जे भएपनि इमानदारीताका साथ फिर्ता गर्नु भयो । बर्षौ अघि पदमा वस्दा लगेको गाडि फिर्ता नगर्नेहरु, कार्यालयका सामाग्रीहरु घरमा लगेर आफ्ना बनाउनेहरु, खर्च नै नभएको वील पेश गर्नेको सुची लामो छ नेपालमा तर तपाईले लगेको पैसा पनि फिर्ता गर्नु भयो । रकम निकै सानो होला तर प्रतिकात्मक रुपमा त्यसको ठुलो अर्थ छ त्यसको शुरुवात हुनु महत्वपूर्ण हो ।
मलाई थाह छ, यदि तपाईले त्यति नै रकम विदेश गएर तपाई पाउने सुविधा अनुसार कै होटलमा बसेर खर्च गरिएको भए, नेपाली मिडियाले त्यो खवरलाई ठुलो स्वरले फुक्ने थियो सर्वहारा नेताको यो चाला भन्दै । तर तपाईले गरेको सकारात्मक कामको चर्चा कतै भएन । के हामीले सधै ?व्याड न्युज इज गुड न्युज? भन्दै नकारात्मकता मात्रै पस्किने हो त ? यस्ता प्रश्न मैले मन मनै गरे, हाम्रो कुरा कस्ले सुन्छ र ? सुधारको लागि तैले नराम्रो गरिस भनेर दोष देखाउनु मात्र पर्याप्त होइन, राम्रो गरेकाहरुलाई उदाहरणको रुपमा पेश गरेर त्यसको अनुसरण गरौं भन्न पनि सक्नुपर्दछ, जस्तो मलाई लाग्दछ । खैर, तपाईबाट भएको यस्ता सकारात्मक शुरुवातले निरन्तरता पाओस् । तपाईका पार्टी भित्रका र बाहिरका खाओवादीहरुले यसबाट सक्दो शिक्षा लिन पर्दछ । तपाईले त्यसको शुरुवात गरेको नाताले पनि उनीहरुलाई दिक्षित गर्ने कामको अगुवाई पनि तपाईले नै गर्नुपर्दछ जस्तो मलाई लाग्दछ ।
मन्त्रीको सम्पत्ति विवरण वुझाउने नियम अनुसार तपाईले प्रचलित कानुनले तोकेको समयमा सिमा भित्र नै सम्पति विवरण वुझाउनु भयो, भएको नभएको जे छ । पुराना नेपालका मन्त्रीहरु कतिले यो नियमलाई धोतीकछाड बनाए पुराना नेपालको के कुरा गर्नु र ? सुन्दैछु, नयाँ नेपालका प्रधानमन्त्री र तपाईका पार्टीका अन्य केहि मन्त्रीहरुले अझैसम्म सम्पत्ति विवरण बुझाएका छैनन् रे । ?प्रचण्ड एक अज्ञात बिद्रोही? पढ्नेलाई थाह होला, प्रचण्डको सम्पत्ति उनले उनका वुवालाई आग्रह गरेर धेरै पहिला नै पार्टी चलाउनमा खर्चिएको कुरा तर सारा नेपालले त प्रचण्डलाई एउटा सामान्य नियम पनि पालना नगर्नेको प्रधानमन्त्रीको रुपमा हेरेको छ । दैनिक २,३ उद्घाटन गर्न भ्याउनु हुने प्रधानमन्त्रीको सम्पत्ति विवरण वुझाउन नभ्याउने अर्थात नियम मिच्ने कुरा अस्वभाविक लाग्दछ । देशको प्रधानमन्त्रीले यसरी साना ठुला नियम मिच्ने कुरा गर्दछन् भने अन्यले के गर्लान ? प्रधानमन्त्रीले पनि यस मानेमा तपाईबाट सिक्नु पर्दछ । उहाँले बलमिच्याई नगरेकै वेस् ।
तपाईको जिल्लावासी भएको नाताले तपाई गोरखा जिल्ला जानु भएका खबर निरन्तर थाह पाँउदछु, आधुनिक संचारले दिएको सुविधा मार्फत । तपाईले चुनावको अभियानताका आफु विजय भएमा कम्तिमा महिनाको एकपल्ट जिल्ला आँउछु भनेर वाचा गर्नु भएको थियो त्यो भिडियो रिकर्ड मसँग अझै सुरक्षित छ । आजसम्म नौं महिना भयो प्रत्येक महिना जिल्ला पुगेर त्यो वाचा पुरा गर्नु भएको छ । नेपालका नेताहरुले कहिलै नटेकेको गोरखा सदरमुकामबाट सात दिनको पैदल हिडेर पुगिने सामागाँउमा तपाई पुग्नु भयो । यी शब्द टाइप गरिरहँदा (शुक्रवार) तपाई गोरखामा नै हुनुहुन्छ होला । यो भ्रमण पनि सायद तपाईले गरेको प्रतिवद्वताको निरन्तरता होला । चुनाव जितेपछि अर्को चुनावसम्म जिल्लामा नछिर्ने पुराना नेपालका पुराना नेताहरुको के कुरा र ? नयाँ नेपालका अन्य नेताहरु आफ्ना चुनावी क्षेत्रमा कति पल्ट गए चुनावपछि त्यो मलाई थाह छैन । तर नयाँ पुराना नेताहरुले कम्तीमा महिनाको एकपल्ट आफ्नो जिल्ला जाने तपाईको कदमबाट सिक्नु पर्दछ । आफ्ना जनतासँगको प्रत्यक्ष संवाद संविधान निर्माणको यो घडिमा झन् आवश्यक छ, म ठान्दछु ।
अब लागौं, तपाईको वहुचर्चित सामाजिक सन्जाल ?फेसवुक? तर्फ तपाईले निरन्तर मान्छेसँग सुझाव, सल्लाह र अर्न्तक्रिया गर्नको लागि फेसवुकको खाता खोलेको केहि समयमा नै त्यसमा यति धेरै साथीहरु वनाउनु भयो फेस वुकले दिएको निर्धारित संख्या काट्यो । सुन्दैछु त्यो भन्दा अझ प्रभावकारी होस् भन्ने हेतुले तपाईबाट आफ्नै वेभसाईट खोल्दै हुनुहुन्छ रे । हो यो अति आवश्यक छ पनि छ विज्ञान प्रविधीले दिएको फाइदा किन नलिने । न्युर्योक टाइम्समा ओवामाको जीतको अनेक कारण मध्येमा उहाँको वेभसाईट पनि एक कारण हो भनेर लेखिएको थियो । यद्यपी निकै कम संख्याले मात्र इन्टरनेट चलाउने नेपालमा, त्यसमा पनि विजुलीको यो हाहाकार भएको वेलामा तपाईको वेभसाईटले ओवामा वा अन्य नेताको जस्तै सफलताको दोहराउला त म भन्न सक्दिन तर नेपाली युवा पुस्तालाई केन्द्रित गरेर बनाउन लागिएको त्यो वेभसाईट हामी जस्ता विदेशीएका नेपालीहरुले राष्ट्र निर्माणमा काम लाग्ने सक्ने जानेवुझेको सुझाव, सल्लाह दिने र अर्न्तक्रिया गर्ने थलोको रुपमा विकशित होस् भन्ने शुभकामना । आशा गर्छु यसमा आएका सुझावहरुलाई तपाईले रद्दीको टोकरीमा फाल्नु हुने छैन । नेपाली समाजमा सुझाव दिन तत्परता देखाउनेको निकै कमि छ, गाली गर्नेको जमात बढि छ । तैपनि समाजमा विद्यमान यो ?इन्जाइटी?, यो नकार विस्तारै सकारमा बदलिनेछ भन्नेमा म पूर्ण आशावादी छु ।
नयाँपत्रिकामा तपाईले विदेशमा आएकाहरुलाई पलायन भएको भन्दै युवाहरुलाई दुनियाँदेखि नभाग दुनियाँलाई वदल भनेर भन्नु भएको रहेछ । हुन त आफुपनि त्यो वर्गमा पर्ने भएर होला, मलाई पलायन शब्दप्रति नै अलिकता धृणा छ । एउटा वैज्ञानिक खुद्रा पसल गरेर बसेमा वा कलाक्षेत्रमा लागेको मान्छे स्याण्डविच वनाएर वसेको अवस्थालाई अर्थात आफ्नो विशेषज्ञता भन्दा फरक काम गरेकोलाई पलायन भनिन्छ भन्ने मेरो बुझाई हो । हुन त यसमा आफुलाई बचाउनको लागि हालिएको कुतर्कको पर्दा पनि ठानिएला । तर जसरी कुनै देशले गरेको ज्ञानविज्ञानको खोज, आविस्कार कुनै देशको मात्र हुदैन सम्पूर्ण मानवजातीको हुन्छ त्यसरी नै आफ्ना ज्ञान, शीप बढाउन ज्ञान विज्ञानको क्षेत्रमा केहि योगदान दिनको लागि फरक ?स्पेस? वा ?निच? (niche) हरु खोज्दै हिडेकाहरुलाई पलायनको संक्रिण दृष्टीले नहेरौं भन्ने मेरो आग्रह हो ? कम्तीमा तपाईहरु जस्तालाई । निश्चित रुपमा फेरि आफनो समाजप्रति देशप्रतिको दायित्व बढि हुन्छ नै । मलाई के लाग्दछ भने, भौगोलिक रुपमा नेपालीहरु जो जँहा वसेका छन् जुन वाध्यताले वसेका छन् नेपाललाई आफ्नो छात्तिमा टासेर वसेका छन् ।
अहिले पलायन भनिएका समुह भनेको अवसरको खोजीमा लागेको समुह मात्रै होइन, देशले आफ्नो ज्ञानलाई, दक्षतालाई नचिनेर, देशमा आफुले सिकेको शिपलाई देखाउने ठाँउ नभएर विदेश लागेका समुह पनि हो । म मान्दछु, सवै महावीर पुन वा भगवान कोइराला जस्ता ?रोलमोडल? हुन सक्दैनन् वा सवै तपाई जस्तो त्यागी वावुराम पनि । समाजमा धेरै कम मान्छेहरु मात्रै संघर्षको कठिन बाटो रोज्दछन्, उनीहरु सफल पनि हुन्छन् तर धेरै मान्छेले यो आर्दश मनमा राख्दै सामान्य जीन्दगी जीउँदछन् । यहि विविधता नै समाजको वास्तविक परिचय हो । तपाई डक्टर वावुरामको यसकारण महत्व र चर्चा भईरहेको छ कि यहाँ अन्य डक्टर वावुरामहरु छैनन् । त्यसकारण अधिकांश मान्छे आफ्नो बाटो आफैले निर्माण गर्न सक्दैनन् । अरुले हिडाएका बाटोमा हिडछन् । निश्चित रुपमा हामी दे

यसमा तपाईको प्रतिक्रिया

थप लेख रचना