गोरखा राज्य र पृथ्वी नारायण शाहको जीवनकाल
२०६८ पुस १२ गते, मंगलवार ११:२९:१९ बजेपृथ्वी नारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ मा यिनको जन्म भएको थियो । वि.सं. १७९९ मा बिस बर्षको उमेरमा पृथ्वी नारायण शाह गोरखाका राजा भएका थिए ।
आधुनिक नेपालका जम्मदाता हुन यिनले नै साना साना राज्यहरूमा विभाजित नेपाललाई एकिकृत गर्न शुरू गरे, नेपाल प्राचिन कालदेखी एकिकृत हुँदै विभाजित हुँदै गरिरहेको थियो हुन त पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथी उल्लेखित राजाहरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकालका बाडेर गए ।
तर पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछी नेपाललाई पुनःविभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए ।पृथ्वीनारायण नेपाल एकीकरणको अभियान सुरु गरेका हुन् । पृथ्वीनारायण शाहको जन्म वि. सं. १७७९ साल पौष २७ गते गोरखाका राजा नरभूपाल शाहको माहिली रानी कौशल्यावतीको गर्भबाट सात महिनामा भएको थियो ।
उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए । सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो ।
धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपुर्ण थिए । पृथ्वीनारायणको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो । मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो । उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो । वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए । राजा हुनुअगावै उनले काठमाडौं उपत्यकाको राजनीतिक रहनसहन आदि राम्रोसँग अध्ययन गरिसकेका थिए । पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी गोत्रसमेत परिवर्तन गरे । उनले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे ।
पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन् । तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए । पृथ्वीनारायण जति वीर थिए त्यति नै उनी वीरहरूको कदर गर्न जान्दथे । राजकीय व्यवहारमा कूटनीति, सरलता र दया उनका विशेषता थिए, तर दया र सरलतालाई उनले कमजोरीका रूपमा कसैलाई उपयोग गर्न दिएनन् ।पृथ्वी नारायण शाहले आधुनिक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट,कास्की,लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंसलाई पुरै नेपालको राजवंसमा रूपान्तरण गरिदिए ।नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा राजकुमार बाहदुर शाह लगायतले अगाडी बढाइ रहे ।
नेपाल एकीकरण अभियानको पुर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाइ एङ्गलो-नेपाल युद्ध (१८१४?१६) पनि भनिन्छ पछी भयो ।उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जावका पर्ने केही साना सतलज नदी पारीका पाहडी रजौटा समेत पर्दथे भने पुर्वमा दार्जीलिङ, देखी लिएर टिष्टा नदी सम्मको तराइ तथा पहाडी भुभाग ब्रिटिश इस्ट इण्डिया कम्पनि सरकारलाई सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्यो । तर ब्रिटिश ले नेपाललाई १८२२ मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखी माहाकाली बिचको तराइ भुभाग १८६० मा फर्काएका थिए । भारत ब्रिटिसबाट स्वतन्त्र भएपछि सुगौली सन्धि खारेज भइ नेपालको भु भाग त्यागनु पर्नेमा हाल ती भुभाग हडपेर बसेको छ।
उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको [[उतरान्चल राज्य]] , [[हिमन्चल राज्य]] तथा पन्जावका पर्ने केही साना सतलज नदी पारीका पाहडी रजौटा समेत पर्दथे भने पुर्वमा [[दार्जीलिङ]], देखी लिएर [[टिष्टा नदी]] सम्मको तराइ तथा पहाडी भुभाग [[ब्रिटिश इस्ट इण्डिया कम्पनि]] सरकारलाई [[सुगौली सन्धी]] अन्तर्गत सुम्पनु पर्यो [[सिक्किम]]माथीको अधिकार पनि त्याग्नु पर्यो । तर [[ब्रिटिश]] ले नेपाललाई १८२२ मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखी माहाकाली बिचको तराइ भुभाग १८६० मा फर्काएका थिए ।
यसमा तपाईको प्रतिक्रिया
थप लेख रचना
- ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म
- इतिहास र नौ
- पवित्र महिना
- सञ्चार संबन्धि ऐन कानुन विभेदकारी : शाही
- माओवादीलाई पुराना पार्टिको रोग सर् यो : डा. भट्टराई
- डक्टर बाबुराम भट्टराईलाई खुलापत्र
- देह ब्यापार पिडा आ-आफ्नै
- पत्रकारले कुनै पक्षप्रति Position लिनुहुदैन -पत्रकार नारायण श्रेष्ठ
- अमेरिका, ओबामा र सपना : नारायण श्रेष्ठ
- पर्यटनको सम्भावित गन्तव्यस्थल लिगलिगकोट अझै ओझेलमा
- गोरखा राज्यको आवश्यकता र् माग सहितको नयाँ संघिय नेपाललाई एक पत्र!!!
- माओका योगदान र नेपाली क्रान्तिको कार्यभार
- पर्यटन बर्ष'११' सँगै लम्केको गोरखा
- बडादसैँको राग मालश्री,रामशरण दर्नाल
- सहिद स्मृति उच्च मा.वि. को स्वर्ण महोत्सवले हामीलाई जिम्मेवारी बोधको प्रेरणा प्रदान गरोस्
- नेपाल भ्रमण वर्ष २०११ वारपाक र सेभेन सिस्टर
- The ways of learning English
- गोरखामा तिन पार्टीको हैकम
- नेपालको सामुदायिक वन र कार्वन व्यापारको सम्भावना
- रमजान
धेरैले पढेको
- The ways of learning English
- इतिहास र नौ
- गोरखा राज्य र पृथ्वी नारायण शाहको जीवनकाल
- पवित्र महिना
- ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म
- देह ब्यापार पिडा आ-आफ्नै
- पत्रकारले कुनै पक्षप्रति Position लिनुहुदैन -पत्रकार नारायण श्रेष्ठ
- रमजान
- माओका योगदान र नेपाली क्रान्तिको कार्यभार
- गिरिजाबाबु, प्रचण्ड र लक्ष्मणबाबु