गोरखा राज्यको आवश्यकता र् माग सहितको नयाँ संघिय नेपाललाई एक पत्र!!!

२०६८ पुस १२ गते, मंगलवार ११:२९:५२ बजे

आदाराणिय साथी,दाजुभाइ,दिदिबहिनी तथा गोरखाली समुदाय!
सामुदायिक गाउले अभिबादन!!!


मलाई खुशी लागेको छ हामी गोरखाली हरु आफ्नो मात्री परिचयका साथ सामुहिक सह-आस्तित्वोको र सहयोगी अनी समान्वयको लागि सामुहिक गोरखाली समुदायमा एकत्रित भयर रहन पायको अनी सकेकोमा, अनी मलाई गौरब लगेको छ हामी(म)गोरखाली हुन पायकोमा किनकी गोरखाले हाम्रो मात्र परिचय नभैकन बिस्वोमाझ एक पक्ष र एक द्रिस्ट्रिले सम्पूर्ण नेपालको नै परिचय बोकेको छ!तर मलाई कताकता सन्का,र दु:ख अनी तेत्तिनै आशा पनि लागेको छ कि हामी गोरखाली भाई रहन सक्छौ वा पाउछौ भन्ने कुरामा! हामीलाई एक आपशमा बाध्ने यो एितिहाशिक परिचयको डोरी रहिरहने छ र हामी यसभित्र एकताबद्द भाई रहने छौ भन्ने कुरामा!


भेला या कार्यक्रम आयोजना गर्ने बन्धु हरुमा आभार प्रकट गर्दै आफु यस् समय भौतिक उपस्थिती हुन असमर्थ भयकोमा दु:ख र क्षमा-याचना सहित् माफि पनि माग्दछु तर उजागार गर्दछु तन,मन मेरो गोरखाली यही वोरिपरी रुङिरहेको पाउनुहुनेछ!
बिभिन्न कारण र बाध्यता बस हामी एक आपसमा अझै सशक्त रुपले सह-अस्तित्वमा बाधिन नसकेको कुरालाई सत्य थाहार्याउदै यस्को लागि हामी एक अर्को मा निरन्तर अन्तर्कृया र आबस्यक सामुहिक बहस हुनुपर्ने आवश्यकता देखी तेस्को अध्ययन गरी उपाए पत्तालगायर निर्क्यौल र निर्मुल गर्न सम्बन्धित सबैलाई म आग्रह गर्दछु!


आज यो कार्यक्रममा आफु पुर्ण्तया उपस्थिती हुन नसके पनि पहिले देखी मेरो मन र सोचमा लागेको कुरालाई यहाँहरु समक्ष राखी छलफल गर्ने मेरो चाहना स्वोरुप म यो पत्र लेख्दैछु र तेस्को लागि अनुमती चाहन्छु, धन्यवाद!!!


महिले पहिले पनि भनी सके गोरखा हाम्रो मात्र नभयर बिस्वोमाझ नेपालकै परिचय बन्न पुगेको छ या भनौ बन्न गयको छ, यसलाई बढी व्याख्या गरी रहनु आबस्यक देख्दिन तेसैले म अर्को तहको बिषय केलाउनतिर अनुमती चाहन्छु,
हामी सबैलाई थाहा भयकै कुराहो हालको नेपालको परिवर्तन एउटा निश्चित प्रकृया पुरागरी नितान्त नयाँ राज्यब्याबस्थामा रुपान्तरण हुन गाई रहेको छ र कारीब कारीब राज्य ब्याबस्था पुन:संरचनाको अन्तिम अवस्थामा अै पुगेको छ! अब नेपाल एउटा गणतान्त्रिक संघिय ब्याबस्थामा रुपान्तरित हुँदैछ जुन एक हदसम्म खुशीको कुराहो! तर यहाँ मेरो दु:ख र पिडा भनेको यो नयाँ राज्य ब्याबस्था रुपान्तरित हुनगै रहेको संघिय नेपालमा कतै हाम्रो परिचय र हामिलाई एकताबद्द गर्ने छतरी अनी बिस्वोमाझ नेपालको पर्यायवाची परिचय बनेको गोर्खा निमिट्यान्न र निर्मुल हुने त होइन? के हामी तत पस्चात पनि गोर्खाली समाज भयर एकता बद्द भई रहनेछौ त? बिस्वो माझको नेपालको अर्को परिचय अनी नेपाल माझको हाम्रो गौरब साली परिचय रहिनै रहने छ त? यो हामीले हाम्रो पुर्खाबाट प्राप्त गरेको नाशो हाम्रो भबिस्यलाई गौरबताको साथ हस्तान्तरण गर्न पाउछौत? हामी सम्पूर्ण गोरखाली हरुले सकृयाताको साथ र आमा नेपाली हरुले यसमाथि ससक्त बहस पूर्ण बिचार गरेर सहि निर्णय गरी सहि कदम लिनु नितान्त आबस्यक देखी म आग्रह गर्दछु!
ईतिहास र बर्तमान दुबइ साक्षी छ बिखरियर रहेको अब्याबस्थित नेपाललाई तत्कालिन आबयकतामा एकत्रित र ब्याबस्थित गर्ने जिम्मेबारी गोरखा र गोरखालिले निभायको थियो तत्कालिन समयमा त्तेती कदम नाउठायको हुदोंहो त आज नेपाल भन्ने देश र हामी नेपाली रहिरहन्थ्योउ भन्ने कुरा निकै संकामा राख्नु पर्ने हुन्छ!अनी घाम नास्ताउने देश बनाउने उधघोस् स्वोरुप आफ्नो शक्ती र क्षेत्र फैलाउदै गयको सम्राज्यबादी संघ नझुकी आफ्नो देशको रक्षा र निरन्तरता दिन योगदान गर्ने गोरखाली हरुको सहास् को आफ्नै परिचय आज आफ्नै भुमिमा संकटमा परेको छ र यस्ले हामी सम्पूर्ण गोरखाली हरुलाई पुकार आह्वान अनी रक्षाको माग गरी रहेको छ!हामी आफ्नै परिचय र आफ्नै स्वो अस्तित्वको रक्षाको लागि केही सोच्नुपर्ने र केही गर्नु पर्ने अवस्थामा अै पुगेकाछौ!


आज हामीले आफ्नो ईतिहास र परिचय स्थापना सहित् निरन्तरता दियर भबिस्यको हाम्रो पुस्ताहरुलाइ हस्तान्तरण गर्नको लागि पूर्ण सचेत भयर गोर्खा राज्यको निरन्तरता माग गर्नु पर्ने बेला आयको छ र हामी तेसप्रती सजग भयर नेपालको राज्य पुनर्संरचना समिती सहित् सम्पूर्ण राजनैतीक पार्टी समुदाय सहित् देश र जनसमुदाय माझ आवाज उठाउन र माग गर्नु नितान्त जरुरी भाई सकेको छ, मेरो आग्रह छ ढिला गरी पछुतोमा नपरौ!
यसरी हामीले स्वोनिर्णय र स्वोअधिकारको गोरखा राज्यको माग नेपालको नयाँ बन्न जाने राज्य संरचना र राज्य ब्याबस्थामा ऐतिहासिकताको निरन्तरता र नितान्त अलग अनी उत्कृष्ट नमुनाको राज्य बन्न जानेकुरामा म पूर्णतया सहमत् छु। यो राज्यमा न कुनै जातियताको बर्चस्वो रहने छ न कुनै आरोप र प्रयागाधिकार रहने छ! यो एउटा ऐतिहासिक र सामाजिक शाहीश्णुताको पर्याय पूर्ण राज्य बन्ने छ! यस्को स्थापनार्थ आवश्यकतानुशार हालको सिमानामा हेरफेर गर्नसकिने कुरा यथाबत रहने कुरा हामीले नकार्ने छैनउ तर नयाँ बन्ने शंघिय नेपालमा गोर्खा राज्यको स्थापना र निरन्तरता अटुट रहेको छ र खट्कियको छ!


यही कुरालाई हृदय देखी मनन गर्दै आफु गोरखाली भयको गौरब गर्दै म यही पत्र द्वारा यो भेला लाई आग्रह गर्दै राज्य पुनर्संरचना समिती,सन्बिधान सभा साथइ सम्पूर्ण नेपाली जनसमुदाय समक्ष गोर्खा राज्यको गहन माग गर्दछु र यस्मा सहमत् हुन आह्वान गर्दछु!

 

जय देश! जय नेपाल!! जय गोरखा!!!


पुश्कर क्षेत्र, बिश्णु पान्चायन, पदेली गोर्खा: गोर्खा दरबार बाट एक द्रिश्य!

गोर्खा दरबार एक कोण: शिद्द पाइला बाट गोरखा दरबार लाई द्रिस्ट्री गर्दा!

 

Nepal,
The Country of Birds!
The Country of Mountains!!
Tha Country of GODS!!!

(this three we have more than any countrys of the world)

Beuty of Gorkha.

ॐ नम: शिवय!!!

Gorkha Bazzar, a view from Kuireveer.
कुइरे भिर बाट गोर्खा बजार हेर्दा!

The one and only in Gorkha!

Our river, one view.
सुन्दरता सहस्र बगिरहेको मेरो गोर्खा!

I can fly high in Gorkha.

I live in sky in Gorkha.

It's a dreamland, The Gorkha.

यसमा तपाईको प्रतिक्रिया

थप लेख रचना