गोरखामा तिन पार्टीको हैकम

२०६८ पुस १२ गते, मंगलवार ११:२७:५२ बजे
एकिकृत नेकपा माओवादी नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त वैठकले जिल्लामा आफुहरुको राजनैतिक दल वाहेक अन्य दलको उपस्थितलाई अस्विकार गरीएको छ । 
निकै लोकतान्त्रिक मानिएको तिन राजनैतिक दलको यो गतिविधी देखेर िसंगो गोरखाली जनता भने तिन छक परेका छन । आफुलाई निकै लोकतान्त्रि भएका दावी गर्ने माओवादी र प्रजातन्त्र संगै गणतन्त्र स्थापना पछि निकै कुर्लीएको नेपाली काँग्रेस र नेकपा एमालेले जिल्लामा अन्य राजनैतिक दलको अत्तिव स्विकार नगनु कहाँ सम्मको गणतन्त्र वादी हुन त्यो भने नेपाली जनताले ति राजनैतिक पार्टीका नेतालाई प्रश्न गनु पर्ने अवस्था आएको छ ।
गणतन्त्रमा सवै को विचार समान हुने भएता पनि गोरखा जिल्लामा तिन राजनैतिक दल मात्रको भन्ने शब्द प्रयोग गरी विकासे काममा आफ्नो हात मात्र देखाउन खोज्नु तानाशाह प्रवृत्ति वाहेक केही हुन नसक्ने मावन अधिकार वादी नेताहरुको समेत ठहर रहेको छ ।

तिन राजनैतिक दलको वैठक पछि जारी विज्ञप्तीमा स्पष्ट रुपमा 'जिल्लामा विकास निर्माण सम्वन्धी भएको गत्यावरोध अन्त्य गर्न अन्य राजनैतिक दलहरुको अस्तित्व एवं कि्रयाशिलता नभएकोले ३ पार्टीहरु......गर्ने निर्णय गरीयो' भन्ने शब्द राखीएको छ ।

जिल्लामा अहिले पनि राप्रपा नेपाल राप्रपा नेपाल मजदुर किसान पार्टी नेपाल परिवार दल समता पार्टी नारायण िसं पुनःको मृत्यु पछि केही शिथील देखीएको पार्टीहरुले गएको संविधान सभा निर्वाचनमा आफ्नो सहभागीता जनाएका थिए । तर पनि किन त यसरी पार्टीको अतित्वनै स्वीकार नगरीएको हो त भन्ने हाम्रो प्रश्नमा भने एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी प्रकाशले गोरखा जिल्लाको हकमा भने तिन पार्टी वाहेक अन्य राजनैतिक दलको कुनै पनि गतिविधी एवं राजनैतिक र सामाजिक कृयाकलाप नदेखीएकोले सापेक्षित रुपमा यो निर्णय गरीएको वताउनु भयो भने नेपाली काँग्रेसका गोरखा सभापति एवं पूर्व अर्थ सहायक मन्त्रि चिनकाजी श्रेष्ठले तिन राजैनितक पार्टीको भन्दा अन्य दलको जिल्लामा कार्यालय तथा कार्यकता नदेखीएको र उनीहरुको सामाजिक गतिविधी समेत नदेखीएकोले त्यस्तो निर्णय गरीएको वताउनु भयो भने नेकपा एमाले गोरखाका अध्यक्ष रामशरण वस्नेतले समेत श्रेष्ठकै धारणा ब्यत्त गर्दै अरुको पार्टी तथा गतिविधी खोज्दै जाने कुरा नभएकोले त्यस्तो निर्णय गरीएको वताउनु भयो ।
तर तिनै पार्टीका प्रमुखले भने अवका दिनमा अन्य पार्टीको गतिविधी एवं सामाजिक काम देखीएमा उनीहरुलाई समेत समेटेर लाने वताउन भने चुक्नु भएन । तर पार्टी नेतृत्वले जे भनेको भएता पनि राप्रपा नेपालले भने जिल्लामा विभिन्न गतिविधी गर्दै आएका छन ।

के कतै यो निर्णयले अरु पार्टीको अतित्व लाई नस्विकार्दा तिन पार्टीलाई मात्र शेर हुन खोजेका त होइनन । यसको खोजी भने सर्व साधारण जनता र अन्य पार्टीले गनु जरुरी भएको छ ।
यसमा तपाईको प्रतिक्रिया

थप लेख रचना