इतिहास र नौ

२०६८ पुस १२ गते, मंगलवार ११:३०:१५ बजे

 इतिहास कसैले बङ्ग्याउँदा बाँङ्गिदैन । यदि जबरजस्ती बङ्ग्याइए पनि एकदिन अबश्य सीधा रेखामा आउँछ । आज यतिखेरको इतिहास सोझिएको यदि छ भने त्यस इतिहास कोट्याउँदै छु राजनीतिक साँस्कृतिक धार्मिक रुपमा । नेपाल अस्थिरताको जालोमा अल्झिएको धेरै भयो । आर्थिक सामाजिक सांस्कृतिक शैक्षिक यी सबै अस्थिरताको कारक तत्व अस्थिर राजनीति नै हो । स्वतन्त्र अभिब्यक्ति राख्न राष्ट्रिय मुद्दाहरुमा आफ्ना राय प्रकट गर्न नपाउँदाको तयो कष्टकर उकुसमुकुसको कालखण्ड त्यतिबेला नेपाली सचेत विकासप्रेमी क्रान्तिकारी परिवर्तनमुखी शक्ति नेपाली जनताले एक कलंक निरंकुश राणा शासनलाई अपदस्त मात्र गरेन सदाका लागि अन्तिम घाटमा सलामी दियो ।
जनताको छोरो जसलसमाजवाद प्रजातन्त्र राष्ट्रियता साहित्यमा अराजकतामाथि आफ्नो स्पष्ट भिजन दिँदै अगाडि बढेको थियो त्यही व्यक्ति २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्यो । दृष्टिकोण भएका नेताको अहिले पनि नेपालमा खाँचो छ । बीपी कोइराला नेपाली राजनीतिक आकासमा भिजन भएका नक्षत्र थिए । उनलाई पाचायती लौरोले पन्छाइदियो र नेपाली शान्तिपि्रय जनतामाथि हावापानी र माटो सुहाउँदो भन्दै पाचायती ब्यबस्था लाद्ने काम भयो । मुठ्ठीभरका पाचहरुले          राजनीतिक दलमाथि नै प्रतिबन्ध लगाइदिए ।
देशको भविष्य बोकेका विद्यार्थी शक्तिले २०३६ सालमा सुधारिएको पाचायत कि जनमत संग्रह गर्नुपर्छ भनी बलियोसंग आवाज उठायो । नभन्दै जनमत संग्रह त भयो तर भारी मतान्तरले निर्दलीय ब्यबस्थाले नै जित्यो । त्यसबेला बंङ्ग्याइएको इतिहास २०४६ सालमा सोझियो ।           राजनीति रुपले यस कालखण्डसम्म धेरै उतारचढाव देखिन्छ राणाहरु शाहहरु पाचहरु बोलेर आगो निकाल्ने तर विकास भने डढाउँदै खरानी उँडाउथे । राज्य किन यतिबेलासम्म चरम विकासमा पुगेन भन्ने प्रश्नको उत्तर रहन्छ राजनीतिले मात्र देश चल्ने होइन तर पछाडि नीति जोडिएका नजोडिएका सबै शब्द साजालको वरिपरि अबश्य नै  राजनीतिको ठूलो हिस्सा रहन्छ ।
यो त्यही ४० बुँदेहरुको भाषा हो इतिहासमा यस्तो भाषाको प्रयोग भएको छ छैन थाहा छैन । नेपाली जनताका युवायुवती छोराछोरीलाई बन्दूक बोकाएर जंगल पस्यो माओवादी यताभने प्रधानमन्त्रीको जागिर खानेको लाइन । रेडियो फुक्थ्यो पत्रपत्रिका लेख्थ्यो ठाउँ ठाउँमा मुठभेड यतिको हत्या  यतिद्वारा आत्मसमर्पण । अझ युवापुस्ता देश बनाउने शक्ति परिवर्तनकारी युगान्तकारी राष्ट्रवादी मान्छेहरुको जमात आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी दाबी गथ्र्यौ । सरकार ढल्दै अर्को बन्दै गथ्र्यो । देश झन अराजक द्वन्द्व संकटकालको भुमरीमा परेको बेला राष्ट्रमा प्रधानमन्त्रीको जागिर खानेहरु जनताका समस्या समाधान गर्ने समस्या सुन्ने भनिएका राजनीतिक पार्टीका शीर्ष नेताहरु पार्टी परित्याग नयाँ पार्टी खोल्ने गर्थे । सेतो घरको घुम्नेकुसर्ीमा बस्न र राजखानदान चाख्न कालो सिसा भएको पजेरो  चढ्न ।
इतिहास भन्छ नेपालीको हरमा एक नयाँ टालो नफेरिई नेपालमा प्रधानमन्त्री फेरिन्छ । प्रधानमन्त्रीको त अब उप्रान्त राष्ट्रलाई यस्तो बनाउछु उस्तो बनाउछु भन्ने दृष्टिकोण हुनुपथ्र्यो नि । दृष्टिकोण नहुने प्रधानमन्त्रीको देशलाई के आबश्यकता  पहिरोले अनायासै माटो झरेको बेला राष्ट्र राएको बेला हाम्रो पुस्ता यस धर्तीमा जन्म लिन्छ । चेतना र ज्ञान भएका सकारात्मक सोच बिचार बिधिको शासन मान्ने यस धर्तीको सर्बश्रेष्ठ प्रााणी मान्छे हो । चेतनामात्र भएका तर ज्ञान नभएका जनावर मान्छे होइनन् । ती पशु हुन जसले  राजतन्त्रको ब_िक्सस खानेगरी संविधान माथि राजालाई राख्यो । मुठ्ठीभरका ब्यक्तिहरुले जनताको कानून लेख्ने चलन कस्तो थियो नेपालको  के यस्तो चलन मास्न किन सकेनौ  एक राजनीतिक दलहरु  कहिँ नभएको जात्रा हाडीगाउँमा भने झै औंले शक्तिहरुले क्रान्तिप्रेमी विकासप्रेमीहरु शान्तिप्रेमी यत्रो हिस्सालाई शासन गर्ने कानुन बनाउने  यस्तो नीति बिरुद्ध इतिहासमा कसैले बिरोध नगरेको इतिहास बताउँछ ।
जे उल्लेख भए ती नयाँ होइनन् इतिहासको पन्नाका साभारित अक्षरहरु हुन् । अब इतिहासको अर्को पानाका मसी नसकेका अक्षरहरु ????? । माओवादी नामको पार्टी सुरु भयो ४० बुँदा बोकेर । ४० बुँदाहरुमा असहमति रहेको कुरा सरकारलाई सुनाउन गयो  एक समूह । कुर्चीमा बसेका सरकारका दानापाती खाएका मोजमस्तीमा डुलेका तर जनता भुलेकालाई के वास्ता ४० वुँदाको अर्थ र परिभाषा  बोलीले नभएर होला नेपाली जनताको केही हिस्सा बोक्न थाल्यो गोली र हान्न थाल्यो प्रतिक्रान्तिकारी शक्तिलाई भ्रष्टाचारीलाई जनविरोधीहरुलाई अरुले नबुझेपनि २०२६ सालमा नेपाल टपेका  बाबुरामजीले नेपाली जनताको चाहना  आबश्यकता र नेपाल विश्वकै शान्त देश भनी चिनाउन सक्लान् भन्ने ब्यक्तिगत रुपमा ठानेको छु । चर्चामा रहेका सबैले प्रधानमन्त्री भएपनि देशमा अमनचयन शान्ति अगाडि बढ्दैन भन्नेहरु पनि हाम्रो समाजमा छन् तर यसको बिकल्पमा विदेशबाट प्लेन र ट्रेनमा राखेर नेता ल्याउन पनि असम्भब छ ।
राणाकालदेखि गणतन्त्रसम्मका कालखण्डमा नेतागिरी गरेका ब्यक्तिहरुसंग आफ्नो भिजन नभएर देश चलाउने नेतामा यदि नौ वटा 'सी' छ भने अबश्य देश अगाडि बढ्छ र शान्तिप्रकि्रया निश्चित समयमा नै सकिन्छ । राष्टिूय सरकारको नेतृत्व नौ सी भएका नेताबाट गरौं ।
1 Curiosity (जिज्ञासु)
2. Creativity  (सिर्जनात्मक क्षमता भएको)
3. Communicative (स्पष्टवक्ता)
4. Character (चरित्रवान)
5. Couragious (साहसी)
6. Conviction (आत्माविस्वासी)
7. Charisma (गुणवान)
8. Competent (प्रतिष्पद्र्धी गुण भएको)
9. Common Sence (बिबेकशील)

राष्ट्रिय सहमतिको एउटै रटान भएका बेला दिउसै लाल्टिन बाली सर्बसम्मत नेता खोज्न नसकेका बेला नौ सी लाई ध्यान दिए राष्ट्रिय सहमति र नेपाल नेपालमै अगाडि बढ्थ्यो । शान्ति र संविधान सहमतीय राष्ट्रिय सरकार र शान्ति प्रकि्रयाले चाँडो निश्कर्ष पाओस् ।
 (लेखक :प्रशन्न पोख्रेल,गोरखा क्याम्पस गोरखा बिएड् प्रथम बर्षमा अध्यनरत विद्यार्थी हुन्)

यसमा तपाईको प्रतिक्रिया

थप लेख रचना