सरकारद्वारा पत्रकारको नयाँ न्युनतम् पारिश्रमिक निर्धारण

२०६८ पुस २० गते, वुधवार १६:०७:२४ बजे

काठमाडौं, पुस २० न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार प्रतिष्ठानमा कार्यरत् श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको न्युनतम पारिश्रमिकमा पुनरावलोकन गर्ने निर्णय गरेको छ। यही २०६८ पुस १८ गते सोमबार सरकारले नेपाल राजपत्र खण्ड ६१ सङ्ख्या ३६ भाग ५ मा सूचना प्रकाशित गरी श्रमजीवी पत्रकार ऐन २०५१ को दफा ११ बमोजिम न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सबै सञ्चार प्रतिष्ठानहरुमा लागु हुने गरी सञ्चार प्रतिष्ठानमा कार्यरत् श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको न्युनतम पारिश्रमिक देहायबमोजिम निर्धारण गरिएको छ।

यसमा तपाईको प्रतिक्रिया