खास म रोएको वा गला अबरुद्ध भएको कुनै कुरा होइन

२०७१ माघ १२ गते, सोमवार ०८:१२:०२ बजे

नेम्बाङले भने-म रोएको होइन

क्यामेराको लाइटको कारण हो कि के हो, आँखाबाट आसु आउँदो रहेछ। त्यसलाई देखेपछि बाहिर रोएको देखिएछ। खास म रोएको वा गला अबरुद्ध भएको कुनै कुरा होइन
संविधानसभा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले माघ ५ गते संविधानसभाभित्र एमाओवादी गठबन्धनले तोडफोड गरेको दिन आफू रोएको भनी मिडियामा आएको खबर साँचो नभएको बताएका छन्।
 
संविधानसभाको आइतबारको बैठक पछि उनको कार्यकक्षमा केही सञ्चारकर्मीले सोधे, 'तपाई अस्ति पनि तपाईको आखामा आँसु देखियो, गला अबरुद्ध भएको देखियो। आजको बैठकमा पनि समिति गठनको प्रस्ताव राख्दै गर्दा बोली रोकिएजस्तो र आखाँमा आसु देखियो। बास्तवमा तपाई रुनु भएकै हो?'
 
अनौपचारिक छलफलका क्रममा पत्रकारहरुले सोधेको प्रश्नको उनले हाँस्दै जवाफमा भने, 'यो मैले पनि मिडियामा हेरेर र पढेर थाहा पाए। बास्तवमा म रोएको वा गला अबरुद्ध भएको दुबै होइन।'
 
नेम्वाङले आफूलाई कहिलेकाहीं अनायास बाडुली लागेजस्तो भएर सास रोकिँदा विचवीचमा गला अबरुद्ध भएजस्तो देखिने बताए। त्यसका साथै आँखामा आँसु बगेको विषयमा पनि प्रष्ट्याउदै भने, 'अस्ति पनि टेलिभिजन हेरेपछि घरबाट फोन आएको थियो। परिवारका सदस्यले पनि सोधे, तपाई रुनु भएको हो? आज पनि केही मिडियामा त्यस्तै समाचार आएको थाहा पाएँ। तर वास्तवमा आजभोलि किन हो कुन्नी त्यो बैठक कक्ष र बाहिर टेलिभिजन क्यामेराको लाइटको कारण हो कि के हो, आँखाबाट आसु आउँदो रहेछ। त्यसलाई देखेपछि बाहिर रोएको देखिएछ। खास म रोएको वा गला अबरुद्ध भएको कुनै कुरा होइन।'

साभार सेतोपाटी
यसमा तपाईको प्रतिक्रिया

थप राष्ट्रिय समाचार
धेरैले पढेको