साक्षी लिएर पत्रकार नारायण बजारमा
२०६८ पुस १२ गते, मंगलवार १२:०३:१३ बजे
बीबीसी साझा सवालका प्रस्तोता पत्रकार नारायण श्रेष्ठ कवितासंग्रह ?साक्षी? लिएर आएका छन् ।
पहिलो पुस्तक निस्केको सात वर्षपछि उनको दोस्रो पुस्तक आइतबार ललितपुरको मोक्ष क्याफेमा सार्वजनिक भयो । ?देशको पछिल्लो राजनीतिक र सामाजिक उथलपुथलको ममात्र होइन करोडौं साक्षी बने,? नारायणले भने, ?त्यही भोगाइ छन् कविता संग्रहमा ।?
फाइनप्रिन्टले प्रकाशन गरेको कवितासंग्रह चार खण्डमा विभाजन छ- समाज तथा राजनीति, एक्लोपन, प्रेम र २४ वर्षको उमेर अनुभव ।
पत्रकार तथा कवि मणि लोहनीसँग मञ्चमा कुरा गर्दै नारायणले आफ्नो कविता पढ्नुपर्ने दुई कारण दिए, ?यो समयको साक्षी हो र काव्यिक अभिव्यक्तिको कदर हुनुपर्छ।? पुस्तक कवि तुलसी दिवसले विमोचन गरेका थिए।
यसमा तपाईको प्रतिक्रिया
थप मनोरञ्जन
धेरैले पढेको