मिस नेपालको उपाधि जेनिशा मोक्तान २०६६
२०६८ पुस १२ गते, मंगलवार १२:०२:२५ बजे
काठमाण्डौ असोज ८ / यस वर्षको मिस नेपालको उपाधि जेनिशा मोक्तानले जितेकी
छिन्। उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरी फर्स्ट
रनर अप रिचा थापा मगर भएकी छिन्। उनले फिलिपिन्समा हुने मिस अर्थमा भाग
लिनेछिन्। त्यसैगरी सेकेन्ड रनर अप कुन्छन तामाङ मोक्तान भइन्। दुई
वर्षदेखि हुन नसकेको मिस नेपाल प्रतियोगिता अन्तर्गत नागरिक मिस
फ्रेन्डसिप अवार्ड आयुषा कार्कीले जितेकी छिन्। उनलाई नेपाल रिपब्लिक
मिडिया प्रालिका निर्देशक शोभा ज्ञवालीले अवार्ड वितरण गरेकी छिन्।
त्यसैगरी फोटोजेनिक र कम्पलेक्सन पनि आयुषा कार्की, ब्युटिफुल हेयर पदमिनी
झा, बेस्ट स्माइल पुनम थपलिया, बेस्ट वाक जेनिशा मोक्तान, पर्सनालिटी र
ट्यालेन्ट रिचा थापा मगर र
मिस पब्लिक च्वाइस आकृति श्रेष्ठले जितेकी
छिन्।
यसमा तपाईको प्रतिक्रिया
थप मनोरञ्जन
धेरैले पढेको