महिला सुत्छन् मज्जाले

२०६८ पुस १२ गते, मंगलवार १२:०२:३३ बजे
sleeping womanकाठमाडौ, २०६६ आश्विन २४ - हाम्रो समाजमा सामान्यतया के मान्यता छ भने महिलाहरू पुरुषको दाँजोमा कम सुत्छन्, किनकि उनीहरूले सबेरैदेखि चुलाचौकामा लाग्नुपर्ने हुन्छ । तर एउटा अनुसन्धानअनुसार महिलालाई पुरुषको दाजोमा बढी निद्रा मात्र आउँदैन, उनीहरू बढी मात्रामा सुत्छन् समेत । मज्जाले निदाउँछन् । यसको कारण के हो भने उनीहरू निस्पिmक्री सुत्छन् ।

अलि पाका महिलाहरू के ठान्छन् भने उनीहरूलाई पुरुषको तुलनामा कम निद्रा लाग्न थालेको छ । तर उक्त अनुसन्धानमा उल्लेख भएअनुसार महिलाहरूको यो ठम्याइ भ्रम मात्रै हो । उनीहरूलाई पुरुषको भन्दा बढी निद्रा चाहिन्छ र त्यो पूरा गरिरहेका पनि हुन्छन्, इरासमस मेडिकल सेन्टरद्वारा गरिएको र 'स्लिप' पत्रिकामा प्रकाशित उक्त अनुसन्धानले यसै भन्छ ।

जति निद्राले पुरुषको काम चल्छ त्यति नै मात्राको मस्तनिद्रा महिलाका लागि पर्याप्त हुन्छ भन्ने आवश्यक छैन । महिलाको निद्रा पुरुषले गर्दा खराब हुन्छ भन्ने आम धारणा पाइन्छ । तर  अनुसन्धान अनुसार पुरुषलाई लाग्ने निद्रा कम र खराब गुणस्तरको हुन्छ ।

उक्त अनुसन्धानमा ५९ देखि ७९ वर्षसम्मका ५६ व्यक्तिलाई सामेल गरिएको थियो । त्यसमा सामेल महिलाहरू पुरुषको दाजोमा औसत रूपमा १६ मिनेट बढी सुतेका थिए । यतिमात्र नभई महिलाहरूको निद्रा कम खलबलिन्छ, यसैले निद्राको स्तर पुरुषको भन्दा राम्रो हुन्छ ।
sleeping man
यसमा तपाईको प्रतिक्रिया