गोरखाली ठिटा साङ्गीतिक क्षेत्रमा चर्चित आलोकश्री
२०६८ पुस १२ गते, मंगलवार १२:०२:१७ बजे
गोर्खाको आँपपिलबाट २०४४ सालमा काठमाडौं छिरेका १५ वर्षे गाउँले ठिटोले एक दिन नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित बनुँला भनेर शाएदै सोचेका थिए । गाउँमा बस्ने रोदी र माघे सङ्क्रान्ति अनि दशैं र तिहारको रमझममा काकाहरुको पछि लागेर रमाउँदै हिँड्नु र छिमेकीको घरमा बजेको रेडियोमा बज्ने गीतहरु आँगनीमा बसेर रातिको ११ बजेसम्म सुन्नु उनको दिनचार्य जस्तै थियो । हो यिनै गाउँले ठिटो आजका चर्चित नेपाली सङ्गीतकारका रुपमा परिचित आलोक श्री हुन् । आफ्ना सङ्गीतमा करिब ५०० गीत रेकर्ड गरएका २० एल्बम निकाली सकेका र आधा दर्जन चलचित्रमा सङ्गीत भेका आलोकसँगको भटमा आफ्नो गाउँले जीवन सम्झदै थिए । उनले भने यसरी नाम कमाउँला सङगीतकार बनुँला भन्ने पटक्कै थिएन तर एक दिन काठमाडौं जाउँला र रेडिो नेपाल हेरौंला भन्ने चाहना भने हुन्थ्यो । आजका आलोक श्रीलाई सूर्यकुमार खातीका नामबाट चिन्नेहरु कमै होलान् । काठमाडौं छिरेपछि २०४६ सालमै सुरुमा उनले यही नामबाट रेडियो नेपालमा पहिलो पटक आफ्नो सङ्गीतमा पूर्ण परिवारको स्वरमा तिमी जति टाढा भए पनि तिम्रो याद आउँछ? । बोलको गीत रेकर्ड गराएका थिए । सुरुवातमा २०४४-०५२ का बीच दिनमा उनले काठमाडौंमा जीविकोपार्जनकै लागि निक्कै संघर्ष गर्नु परेको थियो । ती दुःखका दिनहरु सम्झदा आज उनलाई आफ्नै जिन्दगी सपना जस्तै लाग्छ । उनी सम्झन्छन् भयङ्कर दुःखका दिन थिए बिरामी हुँदा औषधि गर्ने पैसा थिएन् अभाव यतिसम्म हुन्थ्यो कि साथीको डेराबाट आधा लिटर मट्टितेल मागेर स्टोभ बाल्नु पथ्र्यो । कति दिन त एक प्लेट मःम खाएर छाक टारियो । उनले पहिलो गीत रेकर्ड गराउँदा रेडियो नेपालबाट रु १५० पारिश्रमिक पाएका थिए तर त्यो रकम पाउने अवसर पनि बिरलै जुर्दथ्यो । सूर्यकुमार खातीका रुपमा केही लोक आधुनिक अल्वम निकाल्नुका साथै सङ्गीतहरु गरे पनि उनको चर्चा नेपाली साङ्गीतिक क्षेत्रमा हुन सकेन् । तर २०५५ सालमा जब उनका निष्ठुरीले छाडेर गई हाली? मेरो हजुर? जस्ता गीतसहितको छाँया नामक अल्बम बजारमा आयो त्यसपछि पछाडि फर्केर हेर्नै परेन । त्यसपछिको आशा अल्लममा समेटिएको थोरै थोरै रिस अनि धेरै धेरै माया? बोलको गीतबाट उनी सूर्यकुमार खातीबाट आलोक श्री बन्न पुगे ।
त्यसपछि आरोह आभार हिउचुली लय उपहार उपमा सहित लगातार निस्किएको २० अल्बमले आलोक श्रीलाई नेपाली सङ्गीतको शिखरमा पुर्यायो । भन्नै सकिन हिम्मत-२ जीवन-मृत्यु जस्ता चलचित्रबाट उनी सिने क्षेत्रमा पनि छाउन थालेका छन् । उनलाई अहिले भ्याइ-नभ्याइ नै छ । २०५८ सालमा गुाजन नामक रेकर्डिङ स्टुडियो समेत खोलेका उनी अहिले एउटा गीतमा सङ्गीत भरेको रु १० हजार भन्दा बढी पारिश्रमिक लिन्छन् । त्यसो त आलोक श्रीले आफ्ना सङ्गीत र कामले नेपाली साङ्गीतिक क्षेत्रमा अरुभ्नदा अलग पहिचान बनाएका छन्् । लाखौं प्रति बिक्री भएको उदितनारयण झाको पहिलो आधुनिक अल्वम उपहार उनैले निकालेका हुन् । भारतीय चर्चित गजल गायक जगजीत िसंहलाई उनैले नेपाली गजल गाउन लगाएर अल्बम निकाले । पछिल्लो समयमा पनि उनले हिम्कमत-२ चलचित्रमा इण्डियन आइडल प्रशान्त तामाङको स्वर समेटेका छन् । २०६१ सालमा बीबीसीले गरेको सर्वेक्षणमा ७० बर्ष यताको लोकपि्रय गीममा उनकै बिहानै उठ्ने बित्तिक्कै हिमाल देख्न पइयोस्? छानिएको थियो । रेडियो नेपालको २०६४ सालको उत्कृष्ट १० कलाकारको सूचिमा समेत परेका छन् । पहिलो नेपाली तारा साङ्गीतिक प्रतिस्पर्धामा पनि उनले निर्णयकको भूमिका निभाएका थिए ।
प्रतिभाशाली सङ्गीतकारसँगै आलोक श्री अव्ब्ल गीतकार पनि हुन् । उनले लेखेका दुई दर्जन गीतहरुमध्ये यो ज्यानले रोज्यो तिमीलाई टुना मुना लायौं कि जन्तरले हान्यौं कि नौजाले मायालु?। जस्ता गीतहरु निक्कै चर्चित छन् । अब भविष्यमा आफू गीत गाउने सोच रहेको उनले बताए । आफ्नो प्रगति र सफलता उनलाई अझै पनि सपना नै लाग्छ । आफ्नौ मिहनत र कडा परिश्रमले सफल बनेका उनी भन्छन् कहाँ गाउँको मान्छे कहाँ आइपुगे म आफूलाई भाग्यमानी ठान्छु ।
सङ्गीतयात्राकै क्रममा १० भन्दा बढी देशको भ्रमण गरेका आलोक श्री सङ्गीतमा दीप श्रेष्ठ दिलमाया खाती देखि नयाँ पुस्ताकी गायिका मल्लिका कार्कीसम्मले स्वर दिएका छन् । सुगम सङ्गीतको एक प्रकारको अलग्गै धार लिएर अघि बढेका आलोक अबका दिनमा प्रयोगात्मक सङ्गीतका साथ प्रस्तुत हुने बताउँछन् । कवि एसपी कोइरालाको शब्दमा उपमा नामक आफ्नो २० औं अल्बम भर्खरै बचारमा ल्याएका आलोक बाचुाजेलसम्म नै सङ्गीत सिर्जनामा लागिरहन चाहन्छन् । उनले भने जीवनको अन्तिम क्ष्णसम्म पनि म सङ्गीतमै समर्पित हुन चाहन्छु ।
स्रोतः गोरखा दिप
यसमा तपाईको प्रतिक्रिया
थप मनोरञ्जन
धेरैले पढेको