मनास्लुका मनै छुने दृष्य

२०६८ पुस १२ गते, मंगलवार ११:५९:५३ बजे

यातायात, सरकरी सेवा र सुविधाबाट बन्चित भए पनि प्राकृतिक स्रोत र साधनले धनी छ उत्तरी गोरखाको नुब्रि क्षेत्र (बिही, प्रोक, ल्हो र सामागाउँ गाविसलाई नुब्रिर भनिन्छ)

 

 यो क्षेत्र जति रमाईलो छ, यहाँका बासिन्दालाई त्यति नै पीडा पनि छ । गोरखा सदरमुकामबाट एक हप्ताको पैदलयात्रामा पुग्न सकिन्छ यो क्षेत्रमा । पर्यटकीय सम्भावना प्रचुर रहे पनि उचित प्रसारप्रसार र राज्यको वेवास्ताका कारण ओझेलमा छ नुब्री क्षेत्र ।

 

सरकारले गोरखाको सातवटा गाबिस समेटेर सन् १९९८ मा मनास्लु संरक्षण क्षेत्र आयोजना घोषणा गर्यो । सरकारी घोषणापश्चात मनास्लुमा पर्यटनको ढोका खोल्ने काम सरकारले गर्यो । सरकारले मनास्लु क्षेत्रको ढोका त खोल्यो तर, केहि पनि नगरेको स्थानिय ब्यबसायीको गुनासो छ । उनीहरुका अनुसार सरकारले पर्यटनका लागि चाहिने आधारभूत आवश्यकता समेत उपलब्ध नगराउँदा पर्यटकले त सास्ती बहोर्नु परेको छ नै गाउँले तथा स्थानिय बासिन्दाले समेत श्रोत साधनवाट फाइदा लिन सकेका छैनन् ।

उत्तरी गोरखाको सबै नुब्रिर क्षेत्रलाई एक्यपाले सन् १९९१ सम्म पूर्णरुपमा निषेधित क्षेत्र घोषणा गरेको थियो । तर, त्यसपछि पर्यटनका लागि समूहगत रुपमा जान मिल्ने भनेर अर्धनिषेधित क्षेत्रको रुपमा लागू गर्यो । सरकाले पूर्णरुपमा खुल्ला गर्नु पर्ने भन्दै नुब्रिबासी अहिले लागि परेका छन् । सरकारले यस क्षेत्रलाई खुल्ला नगरेसम्म आफूहरुको अभियान जारी रहने उत्थान समितिका अध्यक्ष लाक्पाडुण्डुप लामाले बताउँछन् ।

सरकारले पर्यटन बर्ष घोषणा गर्ने समयमा निषेधित क्षेत्र खुल्ला गर्ने योजना रहेको बताएका थिए तर, तत्कालीन पर्यटन मन्त्रीले घोषणा नगरेको उनले बताए । निषेधित क्षेत्र हटाउनु पर्ने भन्दै नुब्रिका बासीन्दाले प्रधानमन्त्रीदेखि लिएर सम्बन्धित जिल्लाका सभासद तथा पर्यटन बोर्डलाई समेत गुहारिसकेका छन् ।

नुब्री क्षेत्र आउने प्रत्येक पर्यटलकबाट एक हप्तामा ९० डलर लिने गरेको छ, सरकारले । सरकारले पैसा त लिन्छ तर, त्यसबाट पर्यटक लाई सेवा दिने चासो देखाएको छैन भने स्थानिय बासीन्दालाई पनि केही सहयोग गरेको छैन । यदि निषेधित क्षेत्र हटाएमा जसरी अन्नपूर्ण पर्यटकहरु गएका छन् त्यसै गरी यस क्षेत्रमा पनी पर्यटकहरु आउनेछन् भन्ने हिसाबले आफूहरुले पर्यटन मन्त्रालय लगायतका सम्पूर्ण निकायमा जानकारी गराउनुका साथै माग पत्र समेत पेश गरेको अध्यक्ष लामाले बताए ।

यहाँ आउने पर्यटक पैसा भएका मात्र नभएर सामान्य पर्यटहरु पनि आउने भएकाले निषेधित क्षेत्र हटाउनुपर्ने नुब्रिका बासीन्दाको माग रहेको उनको भनाई छ । यहाँ पुग्नका लागि गोरेटोबाट बाहेक अन्य कुनै विकल्प छैन । यसकारण सरकारले अध्ययन गरेर नुब्रि क्षेत्रका पायक पर्ने गरी एयरपोर्टको समेत ब्यबस्था गरेमा राम्रो हुने उनको तर्क छ । यस्का लागि अध्ययन भएको तर, कार्यन्वयन समेत नभएका कारण यसतर्फ सरकारले ध्यान नदिएको उनले बताए ।

यसमा तपाईको प्रतिक्रिया