पर्यटकीय स्थलहरु
२०६८ पुस १२ गते, मंगलवार ११:५८:५४ बजेगोरखा जिल्ला पर्यटनको अपार सम्भावना बोकेको जिल्ला हो । जिल्लाको माथिल्लो क्षेत्र साहसिक पर्यटन अनुसन्धान भ्रमण तथा प्राकृतिक रुपमा पनि सुन्दर ठाउ भएकाले प्राय विदेशी पर्यटकहरु आउने गर्दछन् । हिमाल चढ्ने पदयात्रा गर्न मनपराउने पर्यटकहरुका लागि यो क्षेत्र उत्तम मानिन्छ । मनासलु क्षेत्रमा वर्षेनी ५ हजार भन्दा बढी पर्यटकहरु आउने गर्दछन् । गोरखा जिल्ला ग्रामीण पर्यटनका लागि निकै आकर्षण मानिन्छ ।
गोर्खा स्थित मनकामना मन्दिर धार्मिक पर्यटकीय दृष्टिले निकै प्रसिद्ध मन्दिर हो । मनकामना मन्दिरमा वर्षेनी लाखौ आन्तरिक तथा बाह्य पर्यटहरु आउने गर्दछन् । गोरखा जिल्लाकै अर्को मन्दिर गोरखकाली मन्दिर पनि जिल्लाको अर्को आकर्षण हो । यस मन्दिरले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको छ । नेपालको ऐतिहासिक महत्व बोकेको गोरखा दरवार यस जिल्लामा पर्ने भएकाले पनि पर्यटकीय आकर्षणमा गोरखामा धेरै आयामहरु छन् ।
प्रतिक्रियाहरू
civic : lazimpart kat
ramro 6
bipa tiwari : patandhoka
I like your this web page
bipa tiwari : patandhoka
I like your this web page
PRAKASH RIJAL : KAWSOTI
HAMRO GORKHA MALAI MAN RAR6
pradip raj : pandey
really nice this website
यसमा तपाईको प्रतिक्रिया
थप पर्यटन
धेरैले पढेको