गोरखा - त्रिशुली :
२०६८ पुस १२ गते, मंगलवार ११:५९:३२ बजे
मार्गचित्रमा मध्य हिमाली पदयात्रा कोलाहलमय भिडभाड तथा आधुनिकताका नाममा कुरूप भइसकेका शहरी क्षेत्रवाट वाट पर शान्त र सुन्दर प्राकृतिक दृष्यावलोकन गर्दै पदयात्रामा निष्कन चाहने सौखिन पदयात्रीहरूका लागी नेपाल अनेकौं रोमाञ्चक पदमार्गहरूको खानि नै हो भन्दा अत्युक्ति नहोला । यिनै अनगिन्ती पदमार्गहरूमध्ये मध्य हिमाली पदयात्राको एक अलग्गै स्वाद लिन चाहने पदयात्रीहरूका लागी त्रिशुली ? गोरखा पदयात्रा एक आकर्षक गन्तव्य हुन आउंछ । प्राकृतिक सुन्दरताका साथै सांस्कृतिक रूपले सम्पन्न ग्रामीण वस्तिहरू संगै सासै रोकिएला जस्तो वनाउने विकट पहाडी भुगोल र घना तथा वाक्ला जंगलहरू पार गर्दै मनमोहक हिमाली भेग सम्मको अनौठो अनुभव गर्न पाइने यस पदयात्राको अर्को आकर्षक पक्ष भनेको राजधानी काठमाण्डौंवाट ऐतिहासीक तथा वर्तमान नेपाल एकिकरणको प्रमुख अभियानकर्ता र सुत्रधार भुमी गोरखासम्मको यात्रा गर्नुपनि हो ।
त्रिशुली, वेत्रावती, स्याफ्रुवेंसी चिलिमे खोलाजस्ता प्राकृतिक दृष्यका धनी मध्यपहाडी भुभाग हुंदै गणेश हिमाल (Ganesh Himal,7429m.), मनासलु (Manasalu 8163m.), हिमालचुली (Himalchuli 7540m.) आदिजस्ता विशीष्ट श्रेणीका हिमाली क्षेत्रमा हिउंसंग लाप्पा खेल्दै, लाङटाङ हिमश्रृंखलासम्मका प्राकृतिक छटाहरूको दृष्यावलोकनवाट जिन्दगीकै अविष्मरणीय अनुभवहरू एकै पटकमा समेट्ने अवसरका साथै एकता अनि विरताको परिचायक ऐतिहासीक स्थल गोरखासम्मको चुनौतिपुर्ण यात्रा गर्न पाइने यो पदमार्ग सधैं प्रकृतिप्रेमी पदयात्रीहरूको प्रमुख रोजाइमा पर्ने गर्दछ । यसका अलावा विभिन्न वहुमुल्य जडिवुटि र जैविक विविधताले सम्पन्न रहेको यो क्षेत्र अध्ययन अनुसन्धानप्रति चासो राख्नेहरूका लागी झनै उपयुक्त स्थल मानिन्छ ।
राजधानी काठमाण्डौंवाट गोरखा वजारसम्मको लागी निर्धारित यस यात्राको लागी निम्नअनुसारको मार्गचित्र तय गरिएको छ :
पहिलो दिन : काठमाण्डौं वाट त्रिशुली हुंदै वेत्रावती (Kathmandu ? Betrawati).
दोश्रो दिन : वेत्रावती वाट धादिङको देउराली (Betrawati ? Deurali).
तेश्रो दिन : देउराली वाट झार्लाङ (Deurali ? Jharlang).
चौथो दिन : झार्लाङ वाट वोराङ (Jharlang ? Borang).
पांचौं दिन : वोराङ वाट खादिङ खर्क (Borang ? Khading Kharka).
छैटौं दिन : खादिङ खर्क वाट लापु फेदि / वेंसी (Khading Kharka ? Lapu Phedi / Besin).
सातौं दिन : लापु फेदि वाट आरूघाट वजार (Lapu Phedi ? Aarughat Bazar).
आठौं दिन : आरूघाट वाट खाञ्चोक वजार (Aarughat Bazar ? Khanchock Bazar).
नवौं दिन : खाञ्चोक वजार वाट गोरखा वजार (Khanchock Bazar ? Gorkha Bazar).
दशौं दिन : गोरखा वजारमा आराम (Rest Day, Gorkha Bazar).
यस यात्रामा आठौं दिन आरूघाट वजारवाट कतिपय पदयात्रीहरू खाञ्चोक वजार हुंदै जानुको सट्टा वुढिगण्डकीको किनारै किनार गोरखाको अर्को ऐतिहासिक स्थल वोर्लाङ (Borlang) हुंदै गोरखा वजार पुग्नेपनि गर्दछन् ।