मिहनेत मरुभुमीमा गरे पनि खेर जाँदैन
२०६८ पुस १२ गते, मंगलवार ११:३९:०५ बजेरोजीरोटीका लागी कामको खाजी गर्दै वैदेशिक रोजगारमा कतार आएका गोर्खाका एक साधारण युवक अहिले चर्चित नेपाली व्यवसायी भएका छन् । ती हुन् गोरखा असरांगका बद्रीप्रसाद पाण्डे ४३ । खाडी राष्ट्रको कतारमा काम सुरु गरेको डेढ दशक अवधिमा अथक मिहिनेत लगनशिलता र इमान्दारीले नै उनलाई यो स्थानमा पुर् याएको हो । उनी अहिले कतारी व्यवसायी सरह अरुलाई भिसा दिन र ठूलो लगानी गर्नसक्ने नेपाली व्यवसायी बनेका छन् । अब उनको लगानीको साजाल कतार र नेपालमा मात्र सीमीत नभएर अमेरिका बेलायत र क्यानडासम्म पुगेको छ ।
सन् २००२ देखी आफ्नै व्यवसाय सुरु गरेपछि उनले निर्माणसम्बन्धी १ सय १० वटा ठूला परियोजना सम्पन्न गरेका छन् । १९९३ सेप्टेम्बर २०५० भदौताका कतार आएर पाण्डे सुरुमा प्राविधिकका रुपमा निर्माण कम्पनीमा काम गर्थे । व्यवसायी बनेपछि यहाँका पूवएकानुनमन्त्रीसहितका निजी घर धेरै तलाका व्यवसायीक भवन र सुपरमार्केट भवनको निर्माण गरिसकेका छन् उनले । उनी हाल निर्माणसम्बन्धी १७ ठूला परियोजनामा संग्लन छन् । पाण्डेले कतारको औद्योगिक क्षेत्र सनैयामा निर्माणसम्बन्धी काममा लागी आवश्यक पर्ने कार्पेनट्री र एल्मुनियम फ्याक्ट्री पनि खोलेका छन् । नेपालबाट सन् २००२ मा सात जना कामदार ल्याएर कतारमा व्यवसाय सुरु गरेका पाण्डेको मातहतमा अहिले साढे पाँच सय कामदार कार्यरत छन् । अल फज् एन्ड कन्ट्रुक्टिङ् कम्पनीका प्रबन्ध-निर्देशक पाण्डे भन्छन् परिश्रम इमान्दारीले नै मलाई यहाँसम्म पुर् याएको हो । अहिले मेन कन्ट्रुक्टु मुख्य ठेकेदार का रुपमा काम गर्ने उनको कम्पनीले लिएको काम सब कन्ट्रुक्टुमा अरुलाई समेत दिने गरेको छ । नेपालीसहित बंगाली पाकिस्तानी र सिरियाली कम्पनीहरुले उनको कम्पनीबाट काम लिएका छन् ।
पाण्डे कतारमा समुद्र किनारमा निर्माणधीन अत्याधुनीक सहर पर्ल कतारमा भवन किन्ने तीन नेपालीमध्येका एक हुन् । जसलाई कतार सरकारले ९९ वर्षको भिसा गि्रनकार्ड दिएको छ । पर्ल कतारमा भवन किन्ने अन्य दुई नेपालीमा कतारमै निर्माण कम्पनी साचालन गरेका देवकाजी डंगोल रहाल लन्डनमा कार्यरत अशोक श्रेष्ठ छन् । यहाँ भवन किन्ने जोसुकैले पनि कतारी नागरिकसरह व्यावसाहीक अधिकार पाउँछन् । अघिल्लो वर्ष ८ करोड ५० लाख कतारी रियाल करिब १ अर्ब ७० करोड रुपियाँ बराबरको कारोबार गरेका पाण्डेले आर्थिक मन्दीको सामना गरेर पनि उस वर्ष करिब नौ करोड कतारी रियाल करिब १ अर्ब ८० करोड रुपियाँ को परियोजना साचालन गरिरहेका छन् । गत वर्षको मूल्यांकन अनुसार कतारमा पाण्डेको अचल सम्पत्ति २ करोड २० लाख कतारी रियाल करिब ४४ करोड रुपियाँ थियो । उनले क्यानडा अमेरिका र बेलायतमा पनि रियलस्टेट घरजग्गा कारोबारमा आफ्नो लगानी विस्तार गरेका छन् ।
पाण्डे वैदेशिक रोजगारकालागी सन् १९९३ मा ओभरसियरका रुपमा कतार आएका हुन् । त्यतिबेला उनी खानेपानी विभाग अन्तर्गत म्यागदीमा काम गर्थे । दुर्गममा काम गर्दा घरायसी कारणले उनले राजधानीमा सरुवा मागेर नपाएपछि विदेश हान्निने योजना बनाएका रहेछन् । सुरुमा उनी म्यानपावर एजेन्सीमार्फत ६० हजार रुपियाँ तिरेर कतार छिरेका हुन् । सुरुमा उनले अल मदर कम्पनीमा काम गरे जुन कतारको राम्रो निर्माण कम्पनी थियो । त्यहाँ काम गर्दै गर्दा उनले चिनजानका आधारमा एउटा भवन निर्माणको काम लिए जसलाई उलने एक वर्षमा सक्नुपर्ने थियो । त्यो काम निर्धारित समयमा पूरा गरे ४४ हजार रियाल हालको करिब नौ लाख रुपियाँ बोनस पाउने सर्त थियो । त्यो काम गर्न पाँच सय कामदारसँग उनी सुपरभाइजरका रुपमा खटिएका थिए । त्यसमा उनी यति खटिएछन् कि ११ महिनामै निर्माण कार्य सम्पन्न भयो । बिहान ६ बजे साइट पुग्थेँ र राति १२ बजे फर्किन्थेँउनी सुनाउँछन् मिहिनेत लगाएर मैले काम पूरा गरेँर बोनस पाएँ ।
कतारको कानुन अनुसार कतारीले ५१ प्रतिशत र गैरकतारीले ४९ प्रतिशत लगानी गर्न पाउने प्रावधान छ । अल पलजर एन्ड कन्टाक्टिङ् कम्पनीमा ४९ प्रतिशत लगानी गरी काम सुरु गरेको डेढ वर्षमै कम्पनीका संस्थापक मोहम्मद मुबारक मुबारक अल नैमाले उनलाई आफूसरह काम गर्ने सम्पूर्ण अधिकार दिए । मलाई उहाँले माया लागेर होइन मेरो मिहिनेत परिश्रम र विश्वसले जिम्मेवारी दिनुभयो पाण्डे भन्छन् । उनले सन् २००२ देखी आफ्ना साझेदारबाट त्यो अधिकार पाएका हुन् । अहिले उनको कम्पनी दसौं नम्बरबाट सरु हुने गे्रडिङ्को चौथो नम्बरमा छ जसले एउटा परियोजनाका लागी पाँच करोड अमेरिकी डरल करिब चार अर्ब रुपियाँ बराबरको लगानी गर्न पाउँछ ।
मरुभुमिमा पाँच वर्ष काम गरिसकेपछि उनी स्वदेश फर्किए र नेपाल विल्डस्र नामको निर्माण कम्पनी खोले उसले एक वर्षमा ठेक्का लिएर ५५ वटा घर बनाए । त्यतिबेला नेपालमा सशस्त्र द्वन्द्व बढ्दै थियो । द्वन्द्वकै कारण विकास निर्माण कार्य पभावित भएपछि उनी सम्पत्ति बेचेर डेढ वर्षमा फेरी कतार आए दुई ठाउको अनुभवले उनलाई काम गर्न पानी खाए जस्तो भयो र दोहामै कम्पनी खोलेर काम गर्न सकिने आँट आयो । तत्पश्चात काम गर्दै सफलता पाउदै गएर यस मुकामसम्म आइपुगेका छन् ।
यसमा तपाईको प्रतिक्रिया
थप नागरिक र जीवन
- UMass Boston PhD Candidate Uttam Shrestha Receives Conservation Trust Grant
- नारायणलाई हेर्न तँछाडमछाड
- प्रेम एकअर्काको आत्मीयता, साझापन र लगावको अनुभूति
- Prof. Malla Ramesh B., Ph.D. (University of Massachusetts - 1986)
- Deputy Inspector General (DIG) Parvati Thapa Magar
- अमेरिकादेखि आरुपोखरीसम्म
- बारपाक र नारदपोखरी चिनाउ गोरखा बारपाकका सात दिदी वहिनी
धेरैले पढेको
- नारायणलाई हेर्न तँछाडमछाड
- Deputy Inspector General (DIG) Parvati Thapa Magar
- Prof. Malla Ramesh B., Ph.D. (University of Massachusetts - 1986)
- प्रेम एकअर्काको आत्मीयता, साझापन र लगावको अनुभूति
- अमेरिकादेखि आरुपोखरीसम्म
- बारपाक र नारदपोखरी चिनाउ गोरखा बारपाकका सात दिदी वहिनी
- UMass Boston PhD Candidate Uttam Shrestha Receives Conservation Trust Grant
- मिहनेत मरुभुमीमा गरे पनि खेर जाँदैन