बारपाक र नारदपोखरी चिनाउ गोरखा बारपाकका सात दिदी वहिनी

२०६८ पुस १२ गते, मंगलवार ११:३९:२० बजे
Barpark in gorhaगोरखा जिल्लाकै अति मनोरम गाउँ मानिने बारपाक र पयर्टनको सम्भावना वोकेको नारदपोखरी चिनाउनको लागी बारपाकका सात दिदी वहिनी तल्लीन भएर लागेका छन । 

विश्व युद्व पछि गजे घलेले पाएको भि।सी।पदवी पछि झनै विश्वमा नै चर्चामा आएको उत्त गाउ गोरखा सदरमुकाम देखी १८ कोष उत्तर अर्थात ४५ किलो मिटर कच्ची सडक भै पुग्न सकिने उत्त स्थान समुन्द्र सतह देखी एक हजार नौ सय मिटर उचाइमा रहेको छ ।

सम्भवत नेपालकै ठुलो गाउँ मानिएको बारपाकमा एक हजार एक सय तिस घर धुरी रहॆको छ । वौध हिमालको काखैमा रहेको उत्त गाउँमा घले गुरुङ्ग र परियार जातीको वसोवास रहेको छ ।
Barpark in gorha
बारपाकमा नै जन्मेर काठमाण्डौंलाई कर्म थलो वनाएका दल कुमारी घले पुष्पा घले भिम कुमारी घले पुर्णिमा घले टिलु घले आश कुमारी घले र खेम मायाँ घलेले अहिल उत्त गाउँ र गाउँ जिकै रहेको नारद पोखरीलाई देश र विदेशमा चिनाउने उद्वेश्यका साथ वृत्त चित्र समेत तयार पारी सकेका छन ।
३१ मिनेटको उत्त वृत्त चित्रमा बिशाल नेपाल भन्दा अगाडी घले राजाहरुले राज गरेको बारपाक गाउँ र एक दिनको पैदल हिडेर पुग्न सकिने नारद पोखरीलाई पयटक भित्राउने उद्वेश्यका साथ सस्कृति वातावरण र स्थान विशेषको परिचय राखीएको छ ।
जनै पुर्णीका दिनमा देशको कुना कुना देखी नुहाउनेहरुको भिड लाग्ने नारद पोखरीमा उत्त दिन नुहाएमा चिताएको सवै कुरा पुग्ने जन विश्वास रही आएको छ । उत्त स्थानमा पुग्नका लागी गोरखाको बारकिलो वाट छेपेटार हुदै चनौटे वजार सम्म मोटर वाटो प्रयोगगरी सात घण्टामा पुग्न सकिने छ भने गोरखा सदरमुकाम हुदै दरौदीको तिरै तिर एक दिनमा पुग्न सकिने छ । नारद पोखरी भने बारपाक देखी एक दिनको पैदल यात्रा तय गरी पुग्न सकिने छ ।

बारपाक गाउँमा अहिले म्यागासासे पुरस्कार विजेता महाविर पुनःको सहयोगमा वायरलेस नेट इमले इन्टरनेट प्रयोगमा आई सकेको छ भने मोवाइल सेवा र टेलिफोन समेत संञ्चालनमा रहेको छ । मनोराजनका लागी पुल स्नुकर स्थानिय लोक संस्कृतिका नाच तथा स्वास्थ्य संस्था र प्रहरी चौकी रहेको छ ।
यसमा तपाईको प्रतिक्रिया