प्रेम एकअर्काको आत्मीयता, साझापन र लगावको अनुभूति
२०६८ पुस १२ गते, मंगलवार ११:४०:१४ बजे
१८ वर्ष लामो भूमिगत जीवन पछि र्सार्वजनिक हुनुभएको छ, प्रकाश (नाराणकाजी श्रेष्ठ) । उहाँ खुला राजनीतिमा आएको खुसियालीमा माओवादी अध्यक्ष प्रचण्ड समेत भावविभोर हुनुभयो ।
सावर्जनिक जीवनमा उहाँ देश, जनता र पार्टी आवश्यक देखे उहाँ जुनसुक्रै भूमिकामा रहन तयार हुनुहुन्छ । तर, पदमुखी भन्दा पनि जनमुखी हुन चाहनुहुन्छ । उहाँ भन्नुहुन्छ- सरकारमा जानैपर्छ भन्ने पनि छैन, सरकारमा जानु नै गलत हो भन्ने पनि मेरो धारणा छैन । शान्ति प्रक्रियामा उहाँको योगदान अनि दक्षता, क्षमता र कौशलका कारण सरकारमा नै जानुपर्छ भन्नेहरु पनि प्रशस्त छन् ।
२०१७ सालमा गोरखाको जौबारीमा नारायणकाजी श्रेष्ठको रुपमा उहाँको जन्म भएको हो । प्रकाश- मेघ नारायण श्रेष्ठ र ज्योतिमाया श्रेष्ठका ठाइँला छोरा हुनुहुन्छ । उहाँका दाजुहरु बालनारायण, पूर्णनारायण, चिनकाजी र मानकाजी दाजु र भाइ हिराकाजी हुनुहुन्छ । उहाँको शिक्षा दीक्षा स्थानीय परोपकार आदर्श मा. वि मा भयो । २०३२ सालमा एसएलसी उत्तिर्ण गरेपछि उहाँ काठमाडौं पस्नुभयो । त्यतिबेला राम्रा विद्यार्थीले मेडिसिन पढ्ने चलन थियो । उहाँले पनि प्रमाणपत्र तहसम्म मेडिसिन नै पढ्नुभयो । त्यसपछि उहाँ अर्थशास्त्र र जनप्रशासनतिर लाग्नुभयो । उहाँ जनप्रशासनमा स्नातकोत्तर हुनुहुन्छ ।
प्रकाश हाल सम्म पनि अविवाहित हुनुहुन्छ । उहाँको एजेन्डामा विवाहको सोच नै छैन । तर, जीवनमा सधैं सोचका कुरा मात्र हुँदैनन् । प्रेममा आधारित विवाह गर्न उहाँले भ्याउनुभएन । उहाँ अहिले पनि युवा नै हुनुहुन्छ । तर, उहाँले कहिल्यै युवाकाल भोग्नुभएन । १६ वर्षा नै राजनीतिक अभियोगमा जेल परेको मान्छे हो, प्रकाश । उहाँलाई प्रेम गर्ने, डेटिङ जाने अनि प्रेमपत्र लेख्ने फुर्सद त भएन तर २०३६ सालतिर कसैसित घनिष्ट सम्बन्ध भए जस्तो, पत्रचार भएजस्तो घुर्मैलो सम्झना चाहिँ छ ।
प्रकाशको शब्दमा प्रेम एक अर्काको आत्मीयता, साझापन र लगावको अनुभूति हो । सेक्स चाहिँ मानव जीवनको निरन्तरता दिन हुने शारीरिक प्रक्रिया हो । र, यसमा मानवीय आनन्द पनि जोडिएको छ । के नेपाली जनताका प्रिय नेता प्रकाश अहिलेसम्म कुमार नै हुनुहुन्छ त ? तर, यसबारे प्रकाश र्सार्वजनिक रुपमा कुनै कुरा भन्न चाहनुहुन्न ।
नेपाली कम्युनिस्ट राजनीतिमा चामत्कारिक व्यक्तित्वको नाम हो, प्रकाश । उहाँको दूरदर्शी सोचको फल हो, १२ बुँदे समझदारीदेखि गणतन्त्र नेपालको कार्यान्वयनसम्म । विपरीत ध्रुवका राजनीतिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने मध्यस्थको भूमिकामा प्रकाश नरहेको भए के हुन्थ्यो, अहिले अनुमान गर्न सकिन्छ । उहाँकै दिनरातको परिश्रम, लगनशीलता र खुबीले नै यो सम्भव भयो ।
उहाँ पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्रि प्रचण्ड दुवैको विश्वास जित्न सफल हुनुभयो । कोइरालासित निकै नजिक रहेर काम गर्नुभयो उहाँले । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला नै गिरिजाप्रसाद र माओवादी अध्यक्ष प्रचण्डबीच उहाँले टेलिफोन कुराकानी गराउनु भएको थियो । त्यसभन्दा पहिले पनि उहाँले नै भारतमा उहाँहरुबीच भेट गराउनुभएको हो । प्रकाशले भनेपछि गिरिजाबाबु केन्द्रीय समितिको बैठक समेत छाडेर हिँड्नुहुन्थ्यो । प्रकाश भन्नुहुन्छ, - कतिपय सीमा र कमजोरीका बाबजुद पनि गणतान्त्रिक नेपालमा गिरिजाबाबुको ठूलो योगदान छ । उहाँको सकारात्मक र उच्च मूल्यांकन हुनुपर्छ भन्ने मेरो धारणा हो ।
सात दल र माओवादीबीच वार्ता गराउन मध्यस्थता गर्नुभएको थियो, प्रकाशले । तर झिनो प्राविधिक समस्या देखाएर झण्डै १२ बुँदे समझदारी नहुने अवस्था थियो । वार्ता गर्न आठै दल तयार थिए । तर, प्रचण्डहरु आफ्नो आधार इलाका रोल्पामा वार्ता गर्न चाहने, गिरिजाबाबुहरु त्यसरी सुरक्षालाई छलेर रोल्पा जान नसक्ने । रोल्पामा वार्ता गर्दा स्वयं माओवादीलाई पनि संकट आउने भन्ने गिरिजाबाबुहरुको भनाइले डेढ लकको अवस्था बन्यो । रोल्पा वा काठमाडौं भन्दा अन्यत्र वार्ता गर्ने कुरा सात दलले राखे । त्यो अन्यत्र भनेको भारत नै थियो । अन्ततः प्रकाशले स्थान ठूलो कुरा होइन, वार्ता प्रमुख कुरा हो भनेर प्रचण्डलाई सहमत गराउनुभयो अनि भयो भारत वार्ता । प्रकाश भन्नुहुन्छ- मेरो सानो गल्तीले माधव नेपाल ५, १० दिन बढी भारतमा बस्नुपर्यो । प्रचण्डले रोल्पामा वार्ता हुन्छ भन्नुभएको रहेछ, मैले दिल्ली भन्ने बुझेँ ।
नेता प्रकाशमा राजनीतिक रुझान विद्यालय पढ्दादेखि नै थियो । उहाँको व्रि्रोही स्वभाव त्यसको कारक बन्न पुग्यो । पञ्चायतको आवरणमा सक्रिय राजतन्त्रविरोधी मोर्चामा लाग्न चाहिँ जननायक बीपी कोइरालाले तरुणलाई आह्वान गरेको पर्चा अनि तरुण पत्रिकाले प्रेरित गरे । भूमिगत रुपमा गाउँमा पुगेका ती सामग्रीले उहाँलाई निकै उत्साही तुल्यायो । १४, १५ वर्षा कलिलो ठिटोको राजनीतिक प्रारम्भ कांग्रेसको आदर्शबाट भयो । २०३२ सालमा त उहाँ जेल नै पर्नुभयो । उहाँ त्यतिबेला विद्यार्थी आन्दोलनका दौरान महाराजगन्जमा पक्राउ पर्नुभएको थियो । उहाँलाई गोलघरमा राखियो । त्यहाँ संयोगबस फाँसीको सजाय सुनाइएको क्याप्टेन यज्ञबहादुर थापासित भेट भयो उहाँको ।
२०३३ सालमा बीपी राष्ट्रिय मेलमिलापको नीतिसहित निर्वासनबाट स्वदेश र्फकनुभयो । त्यसपछि उहालाई उपचार्रार्थ अमेरिका लगियो । तर, त्यही बेला क्याप्टेन थापालाई चाहिँ हत्या गरियो । त्यसबाट उहाँमा असन्तोष पैदा भयो । बीपीलाई उपचारका लागि विदेश पठाउने अनि थापालाई मार्ने - यसले उहाँ गम्भीर हुनुभयो । अनि स्वदेश फर्केपछि बीपीलाई आफ्नो डिसेन्ट राख्नुभयो । सोध्नुभयो- तपाईंको मेलमिलाप नीति के सफल भयो त? उहाँलाई कांग्रेसको सम्झौतापरस्त नीति मन पर्न छाड्यो । उहाँ २०३८ सालमा कम्युनिस्ट आन्दोलनतिर लहसिनुभयो । प्रकाश भन्नुहुन्छ, `म त्यतिबेला निरंकुशताविरोधी प्रतिनिधि पार्टी रुपमा म कांग्रेसमा जोडिएको हुँ । तर, कांग्रेसमा लागेर प्रजातान्त्रिक आन्दोलनलाई पूण्ाता दिन सकिँदैन भन्ने लागेर विचार, दर्शन र सिद्धान्तका आधारमा कम्युनिस्ट बनेँ ।`
त्यतिबेला नेकपा (चौथो महाधिवेशन) नै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी थयो । त्यसमा मोहनविक्रम सिंह, निर्मल लामाहरुले नेतृत्व गर्नुभएको थियो । प्रकाशलाई चौमको सदस्यता दिने नेता हुनुहन्थ्यो, श्रीनाथ अधिकारी । उहाँ अहिले माओवादीमा हुनुहुन्छ । त्यसपछि लगातार उहाँले काठमाडौंमा रहेर काम गर्नुभयो । चौममा विभाजन आयो । प्रकाश निर्मल लामासित रहनुभयो । मोहनविक्रम सिंह, मोहन वैद्यहरु छुट्नुभयो । अनि उहाँ चौमको केन्द्रीय सदस्य बन्नुभयो । २०४७ सालमा नेकपा चौम, नेकपा मशाल र र्सवहारावादी श्रमिक संगठनबीच एकीकरण भयो र नेकपा एकता केन्द्र बन्यो । प्रकाश त्यसको पोलिट ब्युरो सदस्य हुनुभयो । त्यतिबेला प्रचण्ड पछि दोस्रो वरियताका नेता उहाँ नै हुनहुन्थ्यो । जनयुद्धमा जाने कि नजाने भन्ने मतभेदले एकता केन्द्रमा विभाजन आयो । पार्टी बहुमतले नेकपा माओवादीका नाममा जनयुद्धमा जाने निर्णय गरेपछि प्रकाश एकता केन्द्रको महामन्त्री बन्नुभयो । ०५८ सालमा नेकपा एकता केन्द्र र नेकपा मसालको एकीकरण भयो । मोहनविक्रम त्यसको महामन्त्री र प्रकाश सहमहामन्त्री हुनुभयो । एकताकेन्द्र-मसालमा विभाजनपछि उहाँ महामन्त्रीका रुपमा नेतृत्व गरिरहनुभएको छ ।
प्रकाशको नेतृत्वमा रहेको एकता केन्द्र-मसाल अव माओवादीसित एकता गर्ने तयारीमा छ । १३ वर्षछि फेरि किन एकैठाउँमा त रु उहाँ भन्नुहुन्छ- `हिजो पनि प्रचण्ड र म रोएर छुटेका हौं, अव हामी देश, जनता र क्रान्तिका लागि एकजुट हुँदैछौं । हामीबीच क्रान्तिकारी निष्ठा र रणनीतिमा अन्तर थिएन । खाली सशस्त्र संर्घष्ामा जाने कि नजाने भन्ने सवालमा एकैठाउँमा रहन सम्भव भएन ।` एकता केन्द्रमा हुँदा प्रचण्ड, बादलल गायतका नेताहरुसित प्रकाशको घनिष्ट सम्बन्ध थियो । पुरानो पीडा बिर्से अव एउटै पार्टी भेट हुने दिन धेरै टाढा नरहेको उहाँको निष्कर्षछ । माओवादी अध्यक्ष प्रचण्डको क्रान्ति प्रतिको निष्ठा, परिस्थिति अनुसार अघि बढ्ने गतिशीलता र निर्ण्र्ाालिन सक्ने क्षमता र साहस उहाँलाई मनपर्छन् ।
नयाँ नेपाली राजनीतिका हिरो प्रकाशको लामो समय जेल बस्नुपरेको चाहिँ छैन । २०३३ सालमा केन्दि्रय कारागारमा १९ दिन, २०३६ सालमा गोरखा जेलमा डेढ महिना र २०४५ सालमा राजकाजमुद्दामा ललितपुर प्रहरी कार्यालयमा १५, २० दिन हिरासतमा बसेको उहाँको अनुभव छ । त्यसपछि उहाँ भूमिगत भइ हाल्नुभयो । २०४६ सालतिर उहाँ सिर्द्धार्थ वनस्थली स्कुल र क्याम्पसमा उहाँले पढाउनुभयो । २०४६ सालको जनआन्दोलनका बेला मानवअधिकारवादी नेता प्रकाश कापmले र उहाँले पत्रिका पनि निकाल्नुभक्एो थियो । त्यतिबेलाको मूल्याकंन साप्ताहिक, गर्जन साप्ताहिक तथा जनमत पत्रिकामा पनि उहाँले सम्पादन गर्नुभयो ।
पृथ्वीनारायण शाहको ठाउँमा जन्मेको भए पनि राजतन्त्रप्रति उहाँ कहिल्यै सकारात्मक हुनुभएन । र, कहिल्यै आदरभाव पनि पलाएन । आजीवन राजतन्त्रको अन्त्यका लागि लडेका प्रकाश सदैव त्यसका आलोचक रहनुभयो । गणतन्त्र कार्यान्वयन भएको दिनलाई उहाँ जीवनकै खुसीको क्षण मान्नुभएको छ ।
क्रान्तिकारी एवं विद्वान नेता प्रकाशलाई रायोको साग, गुन्द्क र भटमास मनपर्छ । र्सट, पाइन्ट उहाँलाई सुहाउने लुगा हुन् । उहाँ पूजापाठका लागि भनेर मन्दिर जानुभएको छैन । तर, एकपटक आमालाई लिएर पशुपति गएको चाहिँ विर्सनुभएको छैन । रक्सीको स्वाद उहाँलाई थाहा छ । तर, उहाँ नियमित पिउने मान्छेचाहिँ होइन । जनमतसंग्रहताका केही समय चुरोट पिएपछि उहाँले छाड्नुभयो । उहाँले हेरेको पछिल्लो चलचित्र हो भगतसिंह । नेपाली चलचित्रमा उहाँले हेरेको सिन्दुर प्रेमपिण्ड हो । उहाँलाई साथीहरु चलचित्र र संगीतमा चाख नदिने नेताका रुपमा लिन्छन् । उहाँ भन्नुहुन्छ- एक पटक साथीहरुसित प्रेमपिण्ड हेन गएको थिएँ । तर, म त हलमा नै निदाएछु । भूमिगत जीवन बिताएकाले उहाँले त्यति घुम्न पाउनुभएको छैन । प्रकाशको विचारमा दुःख जीवनको पाटो हो । तर त्यस दुःख भित्र पनि आनन्द छ । दुःख स्वाभाविक हो । त्यसलाई सुखमा रुपान्तरण गर्नु आवश्यक छ । गणतान्त्रिक नेपालमा सरल मिजास अनि वाक्पटुता भएका नेता प्रकाशको भविष्य उज्जवल छ ।
- UMass Boston PhD Candidate Uttam Shrestha Receives Conservation Trust Grant
- नारायणलाई हेर्न तँछाडमछाड
- Prof. Malla Ramesh B., Ph.D. (University of Massachusetts - 1986)
- Deputy Inspector General (DIG) Parvati Thapa Magar
- अमेरिकादेखि आरुपोखरीसम्म
- बारपाक र नारदपोखरी चिनाउ गोरखा बारपाकका सात दिदी वहिनी
- मिहनेत मरुभुमीमा गरे पनि खेर जाँदैन
- नारायणलाई हेर्न तँछाडमछाड
- Deputy Inspector General (DIG) Parvati Thapa Magar
- Prof. Malla Ramesh B., Ph.D. (University of Massachusetts - 1986)
- प्रेम एकअर्काको आत्मीयता, साझापन र लगावको अनुभूति
- अमेरिकादेखि आरुपोखरीसम्म
- बारपाक र नारदपोखरी चिनाउ गोरखा बारपाकका सात दिदी वहिनी
- UMass Boston PhD Candidate Uttam Shrestha Receives Conservation Trust Grant
- मिहनेत मरुभुमीमा गरे पनि खेर जाँदैन