तातो चियासँग सचेत रहौँ

२०६८ पुस १२ गते, मंगलवार १२:२२:३१ बजे
hot tea in gorkha सामान्यतया धेरै मानिस तातो चिया पिउँछन् । तपाईंको बानी पनि यस्तै छ भने सावधान हुनुहोस् । तातो चियाको मीठो चुस्कीले घाँटीको क्यान्सर निम्त्याउन सक्छ । हालै मात्र बि्रटिस मेडिकल जर्नलमा छापिएको एक अध्ययनले तातो चिया खाने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठगुण्ाा बढी रहेको तथ्य देखाएको छ । अनुसन्धानअनुसार तातो चियाले घाँटीको कोमल तन्तुमा असर गर्छ । 'चिया पाक्नेबित्तिकै पिउने मानिसमा ४ अथवा ५ मिनेटपछि पिउने मानिसको तुलनामा क्यान्सरको खतरा पाँचगुण्ाा बढी हुन्छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन करिब ५० हजार मानिसमा गरिएको हो । विशेषज्ञहरूका अनुसार चिया कपमा हालेको दस मिनेटपछि पिउनुपर्छ ।
यसमा तपाईको प्रतिक्रिया