कम्प्युटरलाई भाइरसबाट कसरी बचाउने ?

२०६८ पुस १२ गते, मंगलवार १२:२१:१७ बजे
राम्रोसँग चलिरहेको कम्प्युटर अचानक ढिलो हुनसक्छ, टा?क म्यानेजरले काम गर्न छोड्नसक्छ, रजि?ट्री सम्पादन गर्न नमिल्नसक्छ, टुल मेन्युबाट फोल्डर अप्सन हराउनसक्छ, कमान्ड प्रम्ट नखुल्नसक्छ - य?तो भएमा भाइरसले तपाइँको कम्प्युटरलाई आफ्नो चपेटामा लिइसकेको बुझ्नुहोस्।

कम्प्युटरमा निर्भर हुँदै गइरहेको विश्वलाई हिजोआज भाइरसले साह्रै दुःख दिन थालेको छ । सुरुका दिनमा भाइरस बनाउनेहरूको मुख्य उद्देश्य कम्प्युटर प्रयोगकर्तालाई दुःख दिनु रहेको थियो । समयक्रमसँगै मह?वपर्ूण्ा फाइलहरू दराजबाट कम्प्युटरभित्र छिर्न थालेपछि केही भाइरसका प्रोग्रामरहरूको ध्यान ती फाइलको चोरीबाट आर्थिक फाइदा लिनेतर्फजान थाल्यो । भाइरसका प्रकार र भाइरस बनाउनेको ध्येय अनुसार भाइरसले पुर्‍याउने असर पनि फरक फरक हुन्छ । नेपालमा प्रयोग भएका कम्प्युटर पनि भाइरसको असरबाट अछुतो छैन । कम्प्युटर भाइरसको विकाससँगसँगै यसबाट बच्ने उपायहरू पनि पत्ता नलागेका भने होइनन् ।

हामीमध्ये धेरैजसो 'विन्डोज एक्सपी अपरेटिङ् सि?टम' चलाउँछौँ । विन्डोज ९८ भाइरसबाट सुरक्षाको दृष्टिकोणले अत्यन्त कमजोर मानिएको छ । त्यसकारण तपाईं विन्डोज ९८ चलाउँदै हुनुहुन्छ भने विन्डोज एक्सपीबाट काम लिनथाल्नु तपाईँका लागि उचित सल्लाह हुनसक्छ । हुन त हालै माइक्रोसफ्टले 'विन्डोज भि?टा' नामक नयाँ अपरेटिङ् सि?टम निकालेको छ । यसलाई माइक्रोसफ्टले सबैभन्दा सुरक्षित अपरेटिङ् सि?टम मानेको छ तर नेपालमा प्रयोग गरिने कम्प्युटरहरूको र्‍याम र ग्राफिक्स प्रोसेसरलाई विचार गर्दा धेरैजसो कम्प्युटर विन्डोज भि?टा हाल्न मिल्ने न्यूनतम मापदन्डभित्र पर्दैनन् । ५१२ एमबीको र्‍याम र १२८ एमबीको ग्राफिक्स कार्ड विन्डोज भि?टाको न्यूनतम मापदन्ड हो । हालसम्म ९९ प्रतिशतभन्दा बढी भाइरस माइक्रोसफ्टका अपरेटिङ् सि?टमलाई लक्षित गरी बनाइएका छन् । त्यसकारण चलाउन जाने लिनक्स अपरेटिङ् सि?टम सबैभन्दा सुरक्षित विकल्प हो । माइक्रोसफ्टको विन्डोज एक्सपीलाई एडमिनि?ट्रेटिभ प्रिभिलेजको एकाउन्टबाट चलाउँदा अथवा एडमिनि?ट्रेटरबाट चलाउँदा भाइरस छिर्नसक्ने सम्भावना धेरै बढ्छ । त्यसकारण कम्प्युटरको प्रयोग सकेसम्म एडमिनि?ट्रेटर एकाउन्टबाट गर्नु हुँदैन । लिमिटेड एकाउन्टबाट चलाउँदा भाइरस प्रवेश गर्ने सम्भावना कम हुन्छ ।

लिमिटेड एकाउन्ट बनाउन start->run df nusrmgr.cpl टिाइप गरी OK थिच्नर्ुपर्छ, त्यसपछि Create a new account थिच्नर्ुपर्छ, नयाँ एकाउन्टलाई एउटा नाम दिनर्ुपर्छ र next थिच्नर्ुपर्छ, pick an account type df LImited छान्नर्ुपर्छ र Create Account थिच्नर्ुपर्छ । यसैगरी लग अन गर्दा पहिला दिएको नामबाट गर्नुपर्छ । लिमिटेड एकाउन्टबाट कम्प्युटर चलाउँदा नयाँ प्रोग्राम हाल्न सकिँदैन र भाइरस छिर्न पनि सक्दैन । नयाँ सफ्टवेयर प्रोग्राम हालिरहन पर्नेहरूका लागि भने फेरि फेरि लग अन र लग अफ गरिरहनर्ुपर्ने विकल्प उपयुक्त नहुन सक्छ । यस सम?याबाट पार पाउनका लागि हाल्नुपर्ने नयाँ सफ्टवेयर प्रोग्रामलाई राइट क्लिक गरी Run as... मा थिच्नर्ुपर्छ र प्रयोगकर्ता परिवर्तन गरेर पनि चलाउने गर्न सकिन्छ । ?क्रीप्टमा आधारित भाइरसहरू बाहेक अन्य सबैजसो । exe भाइरसहरू लिमिटेड एकाउन्टबाट कम्प्युटर चलाउने गर्दा रोकिन्छन् । कम्प्युटर भाइरससम्बन्धी सम?याबाट बच्न अर्को अति आवश्यक सफ्टवेयर एन्टिभाइरस हो । राम्रो एन्टिभाइरसले इमानदार प्रहरीले ज?तै हाम्रो कम्प्युटरको सुरक्षा गर्छ । एन्टिभाइरस हाल्दा कम्प्युटर ढिलो हुन्छ भनी हाल्दै नहाल्ने गर्दा भाइरस छिरी मह?वपर्ूण्ा डाटा हराएका उदाहरण पनि छन् । त्यसैले सधैँ नचलाए पनि कम्प्युटरमा एन्टिभाइरस हाल्नु भने पर्छ । इन्टरनेट जोड्दा र सिडी, फ्लपी र पेन ड्राइभ ज?ता झिक्नसकिने साधन हाल्दामात्र एन्टिभाइरस चलाउने, अरु बेला निष्त्रिmय राख्न पनि सकिन्छ ।

एन्टिभाइरस हालेर मात्र पुग्दैन, त्यसलाई अद्यावधिक पनि गरिरहनर्ुपर्दछ । दिनदिनै नयाँ नयाँ भाइरसहरू नि?कने गर्दछन्, नयाँ भाइरसहरूका लागि त्यही अनुसारका नयाँ औषधि चाहिन्छ । अद्यावधिक गरिएन भने एन्टिभाइरस राख्नुको कुनै अर्थ हुँदैन । एभा?ट र एभीजीज?ता पmी एन्टिभाइरसहरू पैसा तिरी किनिएका एन्टिभाइरसहरू जत्तिकै राम्रा छन् ।

 इन्टरनेटलाई पनि कम्प्युटरमा भाइरस छिर्ने एक माध्यम हो । फायरवाल बिनाइन्टरनेट चलाउँदा हृयाकरहरू कम्प्युटरमा छिर्नसक्छन् । त्यसकारण इन्टरनेटमा धेरै काम गर्नुपर्ने भए फायरवाल पनि राख्नर्ुपर्छ ।
यसमा तपाईको प्रतिक्रिया