एचआइभीसँग लड्ने एन्टिबडी प्रोटिन
२०६८ पुस १२ गते, मंगलवार १२:२१:२८ बजे
अमेरिकी अनुसन्धानकर्ताले एचआइभी भाइरसको संक्रमण रोक्ने दुई शक्तिशाली प्रतिरक्षात्मक एन्टिबडी प्रोटिनको आविष्कार गरेका छन् । प्रयोगशाला परीक्षणका क्रममा यसले रोगको संक्रमण निस्तेज पार्न ९० प्रतिशत काम गरेको ।भिआरसीओ १ र भिआरसीओ २ नामक एन्टिबडी नेसनल इन्स्िटच्युट अफ हेल्थका वैज्ञानिकहरूले पत्ता लगाएका हुन् । यसले शरीरका कोषहरूमा एचआइभी संक्रमण रोक्छ । यसबाट रोगविरुद्ध लड्ने प्रोटिन पाउन कसरी सम्भव छ भन्ने देखाउन पनि अनुसन्धानकर्ताहरू सफल भएका छन् ।
यसले एचआइभी भाइरसविरुद्धको खोप विकास गर्ने काममा सहयोग पुर्याउने वैज्ञानिकहरूको विश्वास छ । अनुसन्धानको नेतृत्व गर्ने वैज्ञानिकहरू पिटर क्वाँ, जोन मास्कोल र ग्यारी नबेल छन् ।
भाइरसजन्य ठाउँमा रहेको एन्टिबडीले अरूको कोषमा असर गर्नबाट रोक्ने नबेलले बताए । भाइरस परिवर्तन नहुने भागमा एन्टिबडी पुगेपछि एचाआइभी संक्रमणलाई निस्तेज पार्ने उनको भनाइ छ ।
एचआइभी भाइरसविरुद्धको खोपमा मात्र नभई अरू रोगका लागि एन्टिबडी थेरापीका लागि पनि गतिशील सफलता भएको वैज्ञानिकहरूको टिप्पणी छ । एचआइभीविरुद्धको भ्याक्सिनलाई विश्वव्यापी प्रयोगलाई बढाउन यी उपलब्धि उत्साहपूर्वक रहेको नेसनल इन्स्िटच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजका निर्देशक डा. एन्थोनी फाउसीले बताए ।
नयाँ एन्टिबडी पत्ता लगाउन त्यो टिमले प्रयोग गरेको प्रविधिले नौलो रणनीतिको प्रतिनिधित्व गर्छ । यो अरू रोगविरुद्धको खोप डिजाइनमा पनि प्रयोग गर्न सकिन्छ फाउसीले भनेका छन् । उनैको संस्थाका अनुसन्धानकर्ताले एन्टिबडी आविष्कार गरेका हुन् । यो टिमले प्राकृतिक रूपमा एन्टिबडी पत्ता लगाएका थिए । यो एचआइभी संक्रमितको रगतमा पाइएको थियो । आफैँले बनाएको नयाँ आणविक उपकरण प्रयोगबाट अनुसन्धानकर्ताले एन्टिबडी बनाउने र भाइरस रहेको कोषमा मात्र काम गर्ने एन्टिबडी प्रोटिन बनाइएको वैज्ञानिकले बताए ।
यसमा तपाईको प्रतिक्रिया
थप उपयोगी जानकारी
- एक सेकेण्डमा एक खर्ब वटा तस्वीर खिच्ने क्यामरा
- स्मरणशक्ति बढाउने मनोवैज्ञानिक विधि
- Nepal Tourism Year 2011
- जसलाई पनि लाग्न सक्छ मुटुरोग
- तातो चियासँग सचेत रहौँ
- प्रथम नेपाली माहिलाहरु
- कम्प्युटरलाई भाइरसबाट कसरी बचाउने ?
- The ways of learning English
- संसारको सबैभन्दा सानो चरा
- SEVEN STAR HOTEL
- STAR HOTEL
- CAN Info-Tech 2010
- विस्वकै सबैभन्दा महँगो मोबाइल
- Swine फ्लु: सानो जानकारी
धेरैले पढेको