एक सेकेण्डमा एक खर्ब वटा तस्वीर खिच्ने क्यामरा
२०६८ पुस १२ गते, मंगलवार १२:२३:२९ बजे
मंसिर २९, काठमाण्डु ।
अमेरिकामा वैज्ञानिकहरुले विश्वमा सबैभन्दा उच्च गतिको क्यामरा निर्माण गरेका छन् । म्यासाच्युट्स इन्स्िटच्युट अफ टेक्नोलोजीको मिडिया ल्याबमा कार्यरत तीनजना वैज्ञानिकहरुले एक सेकेण्डमा १ खर्ब वटा तस्वीर खिच्न सक्ने क्यामराको आविष्कार गरेका हुन् ।
भारतीय मूलका सहप्राध्यापक रमेश रास्कर तथा एन्डि्रया वेल्टन र माउंगी बावेन्दीले यस्तो क्यामरा बनाएका हुन् ।
यसको क्षमता अहिलेसम्मको सबैभन्दा तेज टिभी क्यामरा भन्दा ४० अरब गुणा बढि छ । अहिले प्रयोग हुने सबैभन्दा धेरै क्षमताको क्यामराले एक सेकेण्डमा २५ वटासम्म तस्वीर खिच्न सक्छ ।
नयाँ आविष्कार गरिएको उक्त क्यामराले प्रकाशको गतिमा रहेको कुनैपनि वस्तुको समेत तस्वीर खिच्न सक्छ । यो क्यामरा बनाउन अढाइ लाख डलर वा २ करोड रुपैयाँ भन्दा बढि खर्च भएको छ । यो क्यामराको नाम द वल्र्ड स्लोवेस्ट फास्टेस्ट क्यामरा राखिएको छ ।
यो क्यामराले प्रकाशको सबैभन्दा सुक्ष्म तरंग (फोटोन) लाई क्याप्चर गरी डाटालाई आफ्नो सफ्टवेयरमा रेकर्ड गर्छ । यस प्रकार झण्डै एक करोड स्क्यानलाई एकत्रित गरेर पूर्ण तस्वीर बनाउँछ ।
- स्मरणशक्ति बढाउने मनोवैज्ञानिक विधि
- Nepal Tourism Year 2011
- जसलाई पनि लाग्न सक्छ मुटुरोग
- तातो चियासँग सचेत रहौँ
- एचआइभीसँग लड्ने एन्टिबडी प्रोटिन
- प्रथम नेपाली माहिलाहरु
- कम्प्युटरलाई भाइरसबाट कसरी बचाउने ?
- The ways of learning English
- संसारको सबैभन्दा सानो चरा
- SEVEN STAR HOTEL
- STAR HOTEL
- CAN Info-Tech 2010
- विस्वकै सबैभन्दा महँगो मोबाइल
- Swine फ्लु: सानो जानकारी