मुस्ताङी सौन्दर्यले मलाई गुणस्तरीय हुन सिकायोः प्रवल गुरुङ

२०७१ मंसिर ९ गते, मंगलवार १८:३०:५२ बजे

prabal_gurung-1अमेरिकी प्रथम महिला मिचेल ओबामादेखि बेलायती राजकुमारीसम्मको रोजाइका फेसन डिजाइनर प्रबल गुरुङ गत हप्ता मुम्बइको एक भव्य समारोहमा आकर्षणको केन्द्र थिए ।

फेसनको दुनियामा पश्चिमाको दबदबालाई तोड्न सफल भएको भनि प्रसंसा गरिएका प्रबल गुरुङको सम्बोधन सुन्नका लागि दिनभर भारतका नाम चलेका फेसन डिजाइनरहरुले समेत प्रतिक्षा गरिरहे ।
नेपाली कला र सम्पदालाई आफ्नो डिजाइनमा मिसाएर प्रस्तुत गर्ने प्रबलले उक्त समारोहमा फेसन तथा ग्लामर लगायतका विषयमा कुरा गरे । समारोहमा उनीसँग भएका छलफलको सम्पादित अंश लाइभमिन्टले प्रकाशन गरेको थियो । जसको नेपाली भावानुवाद यहाँ प्रस्तुत गरेका छौं ।-

तपाईंलाई नेपाली मूलका अमेरिकी डिजाइनरको रुपमा चिनिन्छ । यो परिचय एउटा डिजाइनरको हो वा व्यक्तिको ?
पहिचानलाई मैले कहिल्यै इस्यु बनाइँन । तपाईं आफ्नो पहिचानबाट कहिल्यै टाढा भाग्न सक्नुहुन्न । म मूलरुपमा नेपालबाट आएको हुँ, मेरो परिवार त्यहाँ बस्नुहुन्छ । तर म सिंगापुरमा जन्मिएँ र भारतमा हुर्किएँ । दिल्लीकै नेसनल फेसन इन्स्िटच्युटमा पढेको हुँ । मेरो करियर न्यूयोर्कमा सुरु भयो । मलाई यी ठाउँको मायाले बाँध्यो । मेरो डिजाइन पनि यी कुराबाटै प्रभावित छन् । म कुनै जातिय डिजाइनर होइन तर, मैले मेरो डिजाइनमा विभिन्न खाले प्रभाव झल्काउँछु । मैले यसलाई अमेरिकी स्पोर्टसवेयरसँग बाह्य चिजको विहे पनि भन्ने गरेको छु ।

तपाईंको अटम र विन्टर २०१४ को कलेक्सन उनका न्याना ज्याकेट र बुनाइका शैलीमा डिजाइन थिए । २०१५ को डिजाइन भने नयाँ देखियो । प्रायः पूर्वी डिजाइनरहरुले शाही शान तथा कलात्मक पहिरन छान्ने गरेकोमा तपाइँले किन हिमालय छान्नुभयो ?

सन् २००९ यता मैले जतिपनि डिजाइन गरेको छु, ती विशुद्धरुपमा सम्पदाबाटै प्रभावित छन् । बच्चामा म नयाँ कुरा सिक्न चासो राख्थेँ । साहसिक खेलमा रुचि थियो । हिमालयमा ट्रेकिङ गर्न जान्थेँ । पछिल्लोपटक मैले मुस्ताङमाथि अन्वेषण थालेँ । मलाई अहिले पनि यस्तो गर्न मन लाग्छ । मलाई पहाडका ती एकान्तले सँधै प्रभावित र मर्मस्पर्शी तुल्याए । सामाजिक संजालमा यी कुराको चर्चा सँधै महत्वपूर्ण हुने गर्छ ।

मुस्ताङले मलाई जहिल्यै रङ र टेक्सचरमा शान्त एवं गुणस्तरिय हुन सिकाएको छ । यो हामीसँग नमिल्दो सौन्दर्य हो । मुस्ताङी सौन्दर्यलाई मेरा डिजाइनमा स्थान दिनुपर्छ भनेर लागेको हुँ । म प्रायःजसो आफ्नो ट्रेकिङमा प्राप्त अनुभवलाई डिजाइनमा उतार्ने गर्छु ।

केही फोटो र हिमालयबाट प्रभावित भएर मैले बुनेका डिजाइन फ्रान्स र इटालीमा बनेका थिए । डियोर कोउटर र भ्यालेन्टिनोले ती डिजाइन बनाए । हामी केही सिक्न भारत आउँँथ्यौं र न्यूयोर्कमा त्यसलाई बुन्ने काम गरिन्थ्यो । यो सन्दर्भमा यो काम निकै ग्लोबलाइज हो ।

prabal-gurung-2

प्रत्येक सिजनमा लुक्समै पूर्ण परिवर्तनभन्दा तपाईं फेसनलाई कथात्मक निरन्तरता दिन चाहनुहुन्छ नी किन ?

म निरन्तरतामा विश्वास गर्छु । यद्यपि हठी बन्ने कुरा बेग्लै हो । मैले पुनरावृत्तिमा विश्वास गर्छु । वास्तवमा तपाइँले आफुलाई परिभाषित गर्नकै लागि कुनै काम गर्नुहुन्छ ? के सबैजना प्रत्येक समय यस्तो गर्न सक्षम हुन्छन् ? के तपाईं प्रत्येक समय परिवर्तनशिल हुनसक्नुहुन्छ ? सायद सक्नुहुन्न । त्यहाँ रोकावटहरु आउन सक्छन् तर, लक्ष्य भने सधै रहिरहन्छ ।

तपाईंको डिजाइनको मूल्य कति-कति हुन्छ ?
पि्रन्ट गरिएको टिसर्टको मूल्य २५० अमेरिकी डलर र ड्रेस तथा अन्य गार्मेन्टको मूल्य ९९९ देखि २० हजार अमेरिकी डलरसम्म पर्छ । यसकारण यहाँ मैले भन्न खोजेको कुरा के भने यदि कोही संसारको यो ठाउँबाट मसँग आउँछ र ऊ लक्जरी डिजाइन खरिद गर्न सक्षम छैन भने मैले उसलाई पिँजडाको जस्तो ठान्नुहुन्न । म स्वयम आफ्नो अवरोधलाई तोड्न चाहन्छु ।

महिला प्रबल गुरुङलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ ?
मेरा लागि सबैभन्दा महत्वपूर्ण मूल्य भनेको निरन्तरता तथा वस्तुपरकता हो । एउटा पुरुषले सोच्ने सेक्सी महिला -यदि मैले यस्तो भन्थेँ भने, प्रबल गुरुङ महिला हुने थियो । आफ्नो वास्तविक शक्तिद्धारा आफ्नो नारीत्वको पहिचान गर्ने बौद्धिक व्यक्ति नै महिला हो । आफ्नो लैंगिक पहिचानलाई अस्वीकार गर्ने जस्तै, मैले आधुनिक फेमिनिस्टका लागि डिजाइन गरेको हुँ । चाहे एम्मा वाट्सन होस् वा एन्जेलिना जोली, समाचारदेखि कलासम्म आफूलाई योङ, फेसनबेल र निडर ठान्नेका लागि मेरो डिजाइन लक्षित छन् ।

तपाईंको डिजाइन विश्वका धेरै सेलेव्रिटीले लगाएका छन् । के तपाईंलाई सेलिव्रटी भनेका आफ्ना फेसनका रोयल्टी हुन् भन्ने लाग्छ ?

मैले सँधै भन्ने गरेको छु, चाहे त्यो हलिउड, बलिउडको सेलेव्रिटी होस वा सामान्य मान्छे, हामी सधै सचेत हुनुपर्छ कसले हाम्रो डिजाइन चाहेको छ । संसारकै सफल महिला होस् वा आफूलाई अरुभन्दा सुन्दर ठान्नेबारे यस्तो हुनु हुँदैन । तर, केही सेलेवि्रटी जो भिन्न देखिन चाहन्छन् र तपाईंलाई कफी पिउन मन लाग्छ जस्तै डेमी मुरे, जोय साल्दाना र सराहा जेसिका पार्कर । यी सेलेव्रिटी फेसन कन्सस लाग्छन् र कस्तो डिजाइन लगाउनुपर्छ भन्ने कुरा पनि थाहा छ । अर्थात सोनम कपुर, दीपिका पादुकोण र प्रियंका चोपडा जसले आफूलाई त्यसतर्फ उन्मुख गरिरहेका छन् ।

म प्रायः स्वतस्फूर्त निर्णय लिन्छु कि कुन सेलेवि्रटी हाम्रो उत्पादनको दूत बन्नसक्छ भनेर । र, मैले आफ्नो स्टाइलको दर्शनलाई सबैजनासँगको पहुँच हुने ढंगले बनाएको छु । तर, केट मिडल्टन र मिसेल ओबामाजस्ता महिलालाई लिएर म केही गम्भिर र चुजी पनि छु जसले हाम्रो ब्रान्डलाई विश्वब्यापी ब्रान्ड बनाएका छन् । जब अमेरिकी प्रथम महिलाले मेरो डिजाइन लगाइन्, तब मैले यो क्षणलाई आफूभन्दा पनि ठूलो ठानेँ ।

कुन प्रेरणाले तपाईं शिक्षा फाउन्डेसन नेपाल स्थापना गर्न लाग्नुभयो ?

मेरो ब्यवसायको दोस्रो वर्षमा मलाई सबैकुरा आफूभित्र मात्र सीमित गर्नुहुँदैन भन्ने लाग्यो । यसका लागि लक्ष्यतर्फ दृढ भएर लाग्ने मिहेनत, सोँच तथा विचारलााई दिशानिर्देश गर्ने चिज जरुरी हुन्छ । अनि हामीले नेपालका १२ जना गरिब बालिकाबाट नेपालका गरीब बालबालिकाहरुलाई शिक्षा दिने गैरसरकारी संस्था खोल्यौँ । अहिले ८० जना पुगिसकेका छन् ।
मेरी आमा नेपालमा बस्नुहुन्छ र १० वर्षमा ३ सय बालबालिकालाई शिक्षा दिने मेरो लक्ष्य छ । त्यसबाट आउँदो २० वर्षमा नेपाललाई प्रगतिशील तथा सम्वृद्ध समाजतर्फ उन्मुख गराउने जनशक्ति निर्माण हुनेछ । जुन दिन पृथ्वीका प्रत्येक महिलासँग मेरो डिजाइनको लुगा हुन्छ, त्यही दिन मेरो काम पूर्ण हुनेछ ।

साभार अनलाईन खबर
यसमा तपाईको प्रतिक्रिया

थप अन्तवार्ता