धार्मिक तथा पर्यटकिय स्थलहरु
तल्लो दरबार
२०६८ पुस १८ गते, सोमवार ०७:३५:५९ बजेगोरखा वजारको मध्य भागमा अवस्थित यो दरवार पनि नेपालको शाह वंशीय राजाहरुको ईतिहाससँग सम्वद्ध छ । यस दरवारले मल्लकालिन वस्तुकलाको नमुनाका रुपमा प्रतिनिधित्व गरेको देखिन्छ । यस दरवारको झ्याल ढोका र टुँडालहरुमा अनुपम काष्ठ कलाको नमुना देख्न पाइन्छ ।उपलकोटः
२०६८ पुस १८ गते, सोमवार ०७:३५:५३ बजेगोरखा दरबारबाट करीव १ कि.मी. उत्तर पूर्वमा पर्ने उपल्लो कोट दृष्यावलोकनका लागि उपयुक्त स्थानको रुपमा रहेको छ । यस स्थलबाट विहानीको सूर्योदयको रमणीय दृष्ण् हेर्न सकिन्छ । यस स्थलले ऐतिहासिक महत्व समेत बोकेको छ । हालको गोरखा दरवार निमार्ण हुनु अघि राजा राम शाहको दरवार यसै स्थानमा रहेको मानिन्छ ।गोरखनाथको गुफाः
२०६८ पुस १८ गते, सोमवार ०७:३५:२४ बजेगोरखा दरबारको पूर्व खण्डको वगलमै गोरखनाथको मन्दिर एवं गुफा आकर्षणको अर्को केन्द्रको रुपमा रहेको छ । बाबा गोरखनाथको मन्दिरमा नित्य पुजा हुने र अष्टमीमा रोट चढाउने प्रचलन रहेको छ । गोरखनाथको पुजारीका कनफट्टा योगीहरु रहेका छन् ।गोरखा दरवार
२०६८ पुस १८ गते, सोमवार ०७:०६:०६ बजेनब नेपालको इतिहासको पानामा गोरखा जिल्लाको नाम सुनौलो अक्षरमा कोरिएको
तथ्यलाई नर्कान सकिन्न । विशाल नेपालको निर्माता श्री ५ बडामहाराजाधिराज
पूथ्वीनारायण शाहको जन्म भएको गोरखा दरवार यहाँको आकर्षणको केन्द्रको रुपमा
रहेको छ । सदरमुकामबाट करीव ४० मिनेटको पैदल यात्रामा पुग्न सकिने यो
दरवार डाँडाको टुप्पोमा रहेको छ । यो दरवार राजा रामशाहको पालामा नै
निर्माण भएको हो भन्ने भनाई छ ।
प्रतिक्रियाहरू
paslangz : paslang
Pachimkali mandir ko photo pani rakana kaso hola.......
यसमा तपाईको प्रतिक्रिया