श्री गोरखकाली दर्शन विधि !
२०६८ पुस १८ गते, सोमवार ०७:३८:५० बजे
ॐ भूर्भुव: स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो : न: प्रचोदयात्।
श्री गणेशायः नमः
सर्वप्रथम गोरखा दरबारको पश्चिमपट्टि रहेको श्री गणेशको दर्शन गर्नु, त्यसपछि गोरखकाली मन्दिरको ढोकामा श्री भबानी कालिकाको दर्शन गर्नु र पूर्वपट्टि रहेको पण्डित पटीमा नृसिंह र राधाकृष्णको दर्शन गर्नु अनि पूर्वतर्फ लागि धुनिपाटीमा गई गुरु श्री गोरखनाथ बाबाको धुनिको दर्शन गर्नु र गुरु श्री गोरखनाथको गुफामा गई गुरु श्री गोरखनाथको सिंहासनको दर्शन सकी गुफाबाहिर आई पूर्वपट्टि रहेकी भगवती गुह्यश्वरीको प्रतिकको दर्शन गर्नु र पञ्चमुखी पशुपतिको दर्शन गर्नु । अनि पूर्वतिर ओरालो झरी चौधरा भवन अगाडि रहेकी श्री विध्या भगवतीको दर्शन गर्नु त्यसपछि हनुमान भन्ज्याङमा झरी श्री हनुमानजीको दर्शन गर्नु रनजीकै रहेकि हातमा खड्ग र पुस्तक धारण गरेकी श्री सरस्वतीको र तेत्तीसकोटी देवीदेवताहरुको दर्शन गर्नु । त्यहाँबाट पूर्वतर्फ उकालो चढ्दै गुरु श्री गोरखनाथ बाबाको पादुका राखिएको शिलाको पादुकाको दर्शन गर्नु र भन्ज्याङमा चण्डी भगवतीको दर्शन सकेर पूर्वतिर उकालो चढ्दै उपल्लोकोट पुगेर भज्रभैरवको दर्शन गर्नु । यहाँबाट चारैतिरको मनोरम दृष्य हेर्न पाईन्छ । यसरी गोरखकाली दर्शन पुरा हुन्छ ।
sitaadhikari : nawalparasi
hamro ghrkha dharai ramro 6
- गोर्खा पर्यटन
- श्री काली वर्णन
- राधा बल्लभेश्वर मन्दिर
- मु गुम्बा
- गोरखनाथ मन्दिर
- राज गणेश मन्दिर
- जर्नेल धारा
- चौघेरा भवन
- भीमसेन मन्दिर
- विरिमकाली मन्दिर
- श्रीनाथ मण्डलीस्थान
- कग्र्यु छोलिङ गुम्बा (पेमा छोलिङ गुम्बा)
- श्रृङगी गुम्बा (सङचेन रप्तेन नोर्वुलिङ गुम्बा)
- राजेन गुम्बा (राजेन ज्याङछुयु छयोलिङ गुम्बा)
- भीम वीरेश्वर मन्दिर
- गणेश मन्दिर (सत्यरुपेश्वर सिद्धि विनायक)
- रामेश्वर मन्दिर
- मुरलीधर नारायण मन्दिर
- दुध पोखरी
- सीतागुफा